अनपेड एम्बेसडर
१६ भदौ २०७५
•
१० मिनेट पाठ
अनपेड एम्बेसडर
ज्ञानबहादुर ठकुरी मंगलबार खुसीले फुरुङ देखिन्थे । नगरकोटमा भेटिएका उनको करिअरमा एउटा कोर्स पूरा भएको दिन थियो त्यो । टुर गाइड पेसाका लागि तयार भएका थिए उनी।

अझ, उनलाई खुसीचाहिँ ‘अनपेड एम्बेसडर’ बन्न पाएकामा लागेको थियो । टुर गाइडले देशको भाषा, कला, धर्म, संस्कृति, इतिहास, सम्पदा, राजनीतिक अवस्था जस्ता पर्यटकलाई चाख हुने सबै विषयमा बोल्नुपर्छ । देशको बारेमा बताएर देश चिनाउने भएकाले टुर गाइडलाई अनपेड एम्बेसडर उपमा दिइएको छ । बोलीचालीकै भाषामा भए पनि अनपेड एम्बेसडर बन्न पाएकामा खुसी देखिन्थे ठकुरी।

वर्षेनी नेपालमा पर्यटक संख्या बढ्दो छ । यसैले गर्दा दक्ष जनशक्ति पर्यटन क्षेत्रमा अभाव छ । सिजनका बेला टुर गाइडको झन् अभाव हुन्छ । दक्ष व्यक्तिलाई काम पाउन सजिलो छ । यसैले गर्दा टुर गाइड पेसामा आकर्षण बढ्दो छ ।

‘विदेशीलाई आफ्नो देशबारे बताउन पाउँदा गर्व लाग्छ,’ उनले भने, ‘अनपेड एम्बेसडर भन्दा झनै खुसी लाग्छ ।’ उनका अनुसार गाइडले नेपालको इतिहासदेखि कला, संस्कृति, धर्म, भाषा, सम्पदा, भौगोलिक अवस्था जस्ता विषयमा जानकारी दिनुपर्छ । यसैका लागि पोख्त पार्न नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)ले वर्षेनी तालिम आयोजना गर्छ।

त्यही तालिमको अन्तिम दिन ठकुरी नगरकोट पुगेका थिए । तालिम  समापनसँगै ठकुरी मात्रै होइन, उनीसँगै तालिम लिने दुई सय ३० जनाकै अनुहारमा खुसी छल्किएको थियो । ‘अब चाहिँ पक्का टुर गाइड भइयो,’ तालिम सकेपछि हरि आङ्दम्वे भन्दै थिए, ‘विदेशीलाई नेपाल चिनाउन लागिन्छ अब।’

आङदम्बे पेसाले लेक्चरर हुन् । कलेज पढाउन छाडेर पर्यटन क्षेत्रमा लाग्न टुर गाइड तालिम लिएका । उनी मात्रै होइन, यसरी विभिन्न पेसामा आवद्ध भएर पर्यटन क्षेत्रमा प्रवेश गर्न तालिम लिनेहरु धेरै थिए । ‘टुर गाइड गर्व गर्न लायक पेसा हो,’ तालिम लिइरहका पत्रकार अनुप ओझाले भने, ‘विदेशीसँग संगत गरेर धेरै कुरा सिक्न पाइने, नेपाल चिनाएर आम्दानी गर्न पाइने।’

सामान्यतयाः टुर गाइडले दिनमा दुई हजाररूपैयाँ भन्दा बढी पारिश्रमिक पाउँछन् । त्यसबाहेक पर्यटकलाई खुसी बनाएस्वरुप टिप्स रकम समेत मिल्छ ।

नेपाल पर्यटनको सम्भावना बोकेको देश हो । सरकारले पनि समृद्ध देशको आधार पर्यटनलाई मानेको छ । बर्षेनी नेपालमा पर्यटक संख्या बढ्दो छ । यसैले गर्दा दक्ष जनशक्ति पर्यटन क्षेत्रमा अभावै छ । सिजनका बेला टुर गाइडको समेत अभाव हुन्छ । अर्कातिर टुर गाइड पेसा पार्ट टाइम पनि गर्न मिल्छ । दक्ष व्यक्तिका लागि काम पाउन पनि सहज नै छ । त्यसैले यसमा आकर्षण क्रमशः बढ्दो देखिन्छ।

टुर गाइड तालिम गराउने नाथम कलेज नेपाल सरकारको आधिकारिक संस्था हो । नाथमले वर्षको एकपटक टुर गाइड तालिम चलाउँछ । अघिल्ला वर्षहरूमा कलेजले एक सय २० जनालाई मात्रै तालिम दिन्थ्यो । कुनै वर्ष त त्यही कोटा पनि पूरा हुँदैनथियो । यसपटक भने कोटाभन्दा तीन गुणा बढीको आवेदन प¥यो । कलेजले पनि भिजिट इयर २०२० लाई लक्षित गरेर कोटा बढाएर दुई सय ३० पु-यायो।

‘तीन सयभन्दा बढीको आवेदन परेको थियो,’ नाथम कलेजका प्रिन्सिपल कृष्ण खरेलले भने, ‘सबै विद्यार्थीलाई पढाउन असमर्थ भएपछि प्रवेश परीक्षा लिएर छनोट ग-यौं ।’ उनका अनुसार अत्यधिक आवेदन परेपछि पहिलो पटक प्रवेश परीक्षा लिएर विद्यार्थी छनोट गर्नुपरेको हो।

टुर गाइड पढ्न जुनै विषयमा पनि स्नातक अनिवार्य छ । खरेलका अनुसार तीन महिना तालिम हुन्छ । थ्योरी कक्षा कलेजमै हुन्छ । प्राक्टिकल कक्षा भने फिल्डमै हुन्छ । यसरी तालिम गराउँदा कलेजले २५ हजार दस्तुर लिने गरेको छ । फिल्ड खर्च भने विद्यार्थीले व्यवस्था गर्नुपर्छ।

थ्योरी कक्षामा इतिहास, मानवशास्त्र, धर्म, संस्कृति, पर्यटन नीति, वास्तुकला, पुरातत्व, फोलोर एण्ड फाउन, प्राथमिक उपचार, वाइल्ड लाइफ, मूर्तिकला, भूगोललगायत विषयमा अध्ययन गराइन्छ । प्राक्टिक्लका लागि भने पयर्टकीय आर्कषण मानिने सम्पदा क्षेत्र वसन्तपुर, पाटन, भक्तपुर, चागुँनारायण, स्वयम्भू, बौद्धनाथ, पशुपति, पनौती, धुलिखेल, बुढानिलकण्ठ, शिवपुरी र नगरकोट लगिन्छ । त्यसैगरी प्राक्टिकलका लागि हप्ता दिन उपत्यका बाहिरका पर्यटकीय ठाउँमा लगेर अध्ययन गराइन्छ । उपत्यका बाहिर चितवन, लुम्बिनी, पाल्पा र पोखरामा त्यहाँका महत्वपूर्ण ठाउँ तथा वस्तुका बारेमा अध्ययन गराइन्छ।

‘टुर गाइडले धेरै विषयमा ज्ञान राख्नुपर्छ,’ खरेलले भने, ‘हामीले व्यावहारिक कुरा अध्ययन गरेर सोही अनुसार पाठ्यक्रम विकास गरेका छौं ।’ पर्यटक नेपाल आउँदा जुनै विषयमा पनि सोध्न सक्ने हुँदा सबै विषयको सामान्य जानकारी राख्ने गरी कलेजले अध्ययन गराउँदै आएको उनी बताउँछन् । कलेजले हालसम्म करिब चार हजार जनालाई टुर गाइड तालिम दिइसकेको छ।

तालिम समापनका दिन नगरकोटमा भेटिएका मिलन राईले भने, ‘तालिमपछि पर्यटक घुमाउन दक्ष भएको अनुभूत गरेका छौं ।’ उनका अनुसार तालिमअघि केही जानकारी नभए पनि तालिमपछि धेरै कुराको ज्ञान भएको छ । त्यसैलाई व्यवहारमा उतारेर पर्यटनमा करिअर विकास गर्ने धुनमा छन् उनी।  

उनी मात्रै होइन्, मछिन्द्र आर्चायले पनि जागिर छाडेर पर्यटनमा करिअर खोज्न टुर गाइड तालिम लिएका थिए । नाथमले तालिम समापनपछि परीक्षा समेत लिन्छ । परीक्षामा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेड राखेको छ । परीक्षामा जुन ग्रेड प्राप्त गरे पनि विदेशीलाई खोजेको सूचना दिन सकेमा सफल हुने विश्वास तालिमे नरबहादुर तामाङ (क्षितिज)को छ।

‘टुर गाइडमा सम्भावना राम्रो छ,’ पर्यटन व्यवसायी दीपक महत भन्छन्,  ‘यो क्षेत्र भनेको कामदारलाई मालिक बनाउने क्षेत्र पनि हो ।’ तर, टुर गाइड बन्न इमान्दारीता अत्यन्तै आवश्यक हुन्छ । ‘इमान्दारिता, समयपालक, अध्ययनशील, सेवा गर्न तयार नहुने हो भने पर्यटन उद्योगमा प्रवेश नगरे हुन्छ,’ उनले भने, ‘मेहनती मान्छेका लागि भने सुनको अन्डा पार्ने कुखुरी नै हो पर्यटन उद्योग।’

सामान्यतया टुर गाइडको पारिश्रमिक दैनिक दुई हजार रूपैयाँभन्दा माथि हुन्छ । अंग्रेजी भाषाबाहेक अन्य भाषा जान्ने, धेरै पर्यटकलाई एकैपटक घुमाउन सक्ने गाइडको त्यही अनुसार पारिश्रमिक हुन्छ । साथै राम्रो काम गरेर पर्यटक खुसी बनाएमा टिप्स समेत पाउँछन् । तसर्थ, मेहनतीका लागि पर्यटनमा उज्वल भविष्य रहेको प्रिन्सिपल खरेल बताउँछन्।

नाथमले ट्रेकिङ गाइड तालिम पनि गराउँछ । वर्षको दुई पटक हुने यस्तो तालिमका लागि कम्तीमा एसइई उत्तीर्ण गरेको हुनुपर्छ।
अर्को समाचार
अनपेड एम्बेसडर
०९ भदौ २०७५
•
१० मिनेट पाठ
अनपेड एम्बेसडर
टुर गाइड अध्ययन क्रममा चितवन राष्ट्रिय निकुञ्जमा। तस्बिर : खिलक बुढाथोकी/नागरिक
ज्ञानबहादुर ठकुरी मंगलबार खुसीले फुरुङ देखिन्थे । नगरकोटमा भेटिएका उनको करिअरमा एउटा कोर्स पुरा भएको दिन थियो त्यो । टुर गाइड पेसाका लागि तयार भएका थिए उनी।

अझ, उनलाई खुसी चाहिँ ‘अनपेड एम्बेसडर’ बन्न पाएकामा लागेको थियो । टुर गाइडले देशको भाषा, कला, धर्म, संस्कृति, इतिहास, सम्पदा, राजनीतिक अवस्था जस्ता पर्यटकलाई चाख हुने सबै विषयमा बोल्नुपर्छ । देशको बारेमा बताएर देश चिनाउने भएकाले टुर गाइडलाई अनपेड एम्बेसडर उपमा दिइएको छ । बोलीचालीकै भाषामा भए पनि अनपेड एम्बेसडर बन्न पाएकामा खुसी देखिन्थे ठकुरी।

बर्षेनी नेपालमा पर्यटक संख्या बढ्दो छ । यसैले गर्दा दक्ष जनशक्ति पर्यटन क्षेत्रमा अभाव छ । सिजनका बेला टुर गाइडको झन् अभाव हुन्छ । दक्ष व्यक्तिलाई काम पाउन सजिलो छ। यसैले गर्दा टुर गाइड पेसामा आकर्षण बढ्दो छ।

‘विदेशीलाई आफ्नो देशबारे बताउन पाउँदा गर्व लाग्छ,’ उनले भने, ‘अनपेड एम्बेसडर भन्दा झनै खुसी लाग्छ ।’ उनका अनुसार गाइडले नेपालको इतिहासदेखि कला, संस्कृति, धर्म, भाषा, सम्पदा, भौगोलिक अवस्था जस्ता विषयमा जानकारी दिनुपर्छ । यसैका लागि पोख्त पार्न नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)ले वर्षेनी तालिम आयोजना गर्छ।

त्यही तालिमको अन्तिम दिन ठकुरी नगरकोट पुगेका थिए । तालिम  समापनसँगै ठकुरी मात्रै होइन्, उनीसँगै तालिम लिने २ सय ३० जनाकै अनुहारमा खुसी छल्किएको थियो । ‘अब चाहिँ पक्का टुर गाइड भइयो,’ तालिम सकेपछि हरि आङ्दम्वे भन्दैथिए, ‘विदेशीलाई नेपाल चिनाउन लागिन्छ अब।’

आङदम्बे पेसाले लेक्चरर हुन् । कलेज पढाउन छाडेर पर्यटन क्षेत्रमा लाग्न टुर गाइड तालिम लिएका । उनी मात्रै होइन्, यसरी विभिन्न पेसामा आवद्ध भएर पर्यटन क्षेत्रमा प्रवेश गर्न तालिम लिनेहरु धेरै थिए । ‘टुर गाइड गर्व गर्न लायक पेसा हो,’ तालिम लिइरहका पत्रकार अनुप ओझाले भने, ‘विदेशीसँग संगत गरेर धेरै कुरा सिक्न पाइने, नेपाल चिनाएर आम्दानी गर्न पाइने।’

नेपाल पर्यटनको सम्भावना बोकेको देश हो । सरकारले पनि समृद्ध देशको आधार पर्यटनलाई मानेको छ । बर्षेनी नेपालमा पर्यटक संख्या बढ्दो छ । यसैले गर्दा दक्ष जनशक्ति पर्यटन क्षेत्रमा अभावै छ । सिजनका बेला टुर गाइडको समेत अभाव हुन्छ । अर्कातिर टुर गाइड पेसा पार्ट टाइम पनि गर्न मिल्छ । दक्ष व्यक्तिका लागि काम पाउन पनि सहज नै छ । त्यसैले यसमा आकर्षण क्रमशः बढ्दो देखिन्छ।

सामान्यतयाः टुर गाइडले दिनमा २ हजार रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउँछन् । त्यस बाहेक पर्यटकलाई खुसी बनाएस्वरुप टिप्स रकम समेत मिल्छ।

टुर गाइड तालिम गराउने नाथम कलेज नेपाल सरकारको आधिकारिक  संस्था हो । नाथमले वर्षको एकपटक टुर गाइड तालिम चलाउँछ । अघिल्ला वर्षहरुमा कलेजले १ सय २० जनालाई मात्रै तालिम दिन्थ्यो । कुनै वर्ष त त्यही कोटा पनि पुरा हुँदैनथियो । यसपटक भने कोटा भन्दा तीन गुणा बढीको आवेदन प-यो । कलेजले पनि भिजिट इयर २०२० लाई लक्षित गरेर कोटा बढाएर २ सय ३० पु-यायो।

‘तीन सय भन्दा बढीको आवेदन परेको थियो,’ नाथम कलेजका प्रिन्सिपल कृष्ण खरेलले भने, ‘सबै विद्यार्थीलाई पढाउन असर्मथ भएपछि प्रवेश परीक्षा लिएर छनौट ग-यौं ।’ उनका अनुसार अत्यधिक आवेदन परेपछि पहिलो पटक प्रवेश परीक्षा लिएर विद्यार्थी छनोट गर्नु परेको हो।

टुर गाइड पढ्न जुनै विषयमा पनि स्नातक अनिर्वाय छ । खरेलका अनुसार तीन महिना तालिम हुन्छ । थ्यौरी कक्षा कलेजमै हुन्छ । प्राक्टिकल कक्षा भने फिल्डमै हुन्छ । यसरी तालिम गराउँदा कलेजले २५ हजार दस्तुर लिने गरेको छ । फिल्ड खर्च भने विद्यार्थीले व्यवस्था गर्नपर्छ।

थ्यौरी कक्षामा इतिहास, मानवशास्त्र, धर्म, संस्कृति, पर्यटन नीति, बास्तुकला, पुरातत्व, फोलोर एण्ड फाउन, प्राथमिक उपचार, वाइल्ड लाइफ, मूर्तिकला, भूगोल लगायतका विषयमा अध्ययन गराइन्छ । प्राटिक्लका लागि भने पयर्टकीय आर्कषण मानिने सम्पदा क्षेत्र बसन्तपुर, पाटन, भक्तपुर, चागुँनारायण, स्वयम्भू, बौद्धनाथ, पशुपति, पनौती, धुलिखेल, बुढानिलकण्ठ, शिवपुरी र नगरकोट लगिन्छ । त्यसैगरी प्राक्टिकलका लागि हप्ता दिन उपत्यका बाहिरका पर्यटकीय ठाउँमा लगेर अध्ययन गराइन्छ । उपत्यका बाहिर चितवन, लुम्बिनी, पाल्पा र पोखरामा त्यहाँका महत्वपूर्ण ठाउँ तथा बस्तुका बारेमा अध्ययन गराइन्छ।

‘टुर गाइडले धेरै विषयमा ज्ञान राख्नुपर्छ,’ खरेलले भने, ‘हामीले व्यवहारिक कुरा अध्ययन गरेर सोही अनुसार पाठ्यक्रम विकास गरेका छौं ।’ पर्यटक नेपाल आउँदा जुनै विषयमा पनि सोध्न सक्ने हुँदा सबै विषयको सामान्य जानकारी राख्नेगरी कलेजले अध्ययन गराउँदै आएको उनी बताउँछन् । कलेजले हालसम्म करिब ४ हजार जनालाई टुर गाइड तालिम दिइसकेको छ।

तालिम समापनका दिन नगरकोटमा भेटिएका मिलन राईले भने, ‘तालिमपछि पर्यटक घुमाउन दक्ष भएको अनुभूत गरेका छौं ।’ उनका अनुसार तालिमअघि केही जानकारी नभए पनि तालिमपछि धेरै कुराको ज्ञान भएको छ । त्यसैलाई व्यवहारमा उतारेर पर्यटनमा करिअर विकास गर्ने धुनमा छन् उनी।

उनी मात्रै होइन्, मछिन्द्र आर्चायले पनि जागिर छाडेर पर्यटनमा करिअर खोज्न टुर गाइड तालिम लिएका थिए । नाथमले तालिम समापनपछि परिक्षा समेत लिन्छ । परिक्षामा ए, बी र सी ग्रेड राखेको छ । परिक्षामा जुन ग्रेड प्राप्त गरेपनि विदेशीलाई खोजेको सूचना दिन सकेमा सफल हुने विश्वास तालिमे नरबहादुर तामाङ (क्षितिज)को छ।

‘टुर गाइडमा सम्भावना राम्रो छ,’ पर्यटन व्यवसायी दीपक महत भन्छन्,  ‘यो क्षेत्र भनेको कामदारलाई मालिक बनाउने क्षेत्र पनि हो ।’ तर, टुर गाइड बन्न इमान्दारीता अत्यन्तै आवश्यक हुन्छ । ‘इमान्दारिता, समयपालक, अध्ययनशिल, सेवा गर्न तयार नहुने हो भने पर्यटन उद्योगमा प्रवेश नगरे हुन्छ,’ उनले भने, ‘मेहनती मान्छेका लागि भने सुनको अन्डा पार्ने कुखुरी नै हो पर्यटन उद्योग।’

सामान्यतया टुर गाइडको पारिश्रमिक दैनिक दुई हजार रुपैयाँ भन्दा माथि हुन्छ । अंग्रेजी भाषा बाहेक अन्य भाषा जान्ने, धेरै पर्यटकलाई एकैपटक घुमाउन सक्ने गाइडको त्यही अनुसार पारिश्रमिक हुन्छ । साथै राम्रो काम गरेर पर्यटक खुसी बनाएमा टिप्स समेत पाउँछन् । तर्सथ, मेहनतीका लागि पर्यटनमा उज्वल भविष्य रहेको प्रिन्सिपल खरेल बताउँछन्।

नाथमले ट्रेकिङ गाइड तालिम पनि गराउँछ । वर्षको दुई पटक हुने यस्तो तालिमका लागि कम्तीमा एसइई उत्र्तिण गरेको हुनु पर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस