हाम्रा राष्ट्रपिता पृथ्वीनारायण शाहले स्वच्छ हृदयले प्रकाश गरेका थिए– हाम्रो नेपाल सबैजातको फेलबारी हो । यो सन्दर, स्वच्छ र स्नेहलेयक्त रमणीयस्थल हो, जो पृथ्वीको सर्वोच्च शिखर सगरमाथालाई शिरमा धारण गरेर समस्त संसारलाई सद्भावना र समानताको सहृदय शिक्षा सदैव दिइरहन्छ । यो मलक छरछिमेकहरूको तलनामा सानो छ । तर, कलाको फाँटमा सर्वोच्च छ। हाम्रा दक्षिणी र उत्तरी छिमेकीहरू भारत र चीन दुवै कयौँ गणा हामीभन्दा विशाल र विस्तृत छन् । तर, कलाका फाँटमा भने तिनले हामीबाटै प्रेरणा र शिक्षा पाएका हन् भन्ने इतिहासले छर्लङ्ग पारेको छ।
नेपाली चेली सीता र भृकटीले यहाँको कला भारत र चीनमा प्रसार गर्न अद्वितीय योगदान दिएका करालाई हामीले गर्वसाथ स्मरण गनपर्छ । त्रेतायुगमा जन्मेकी सीताले भारतको अयोध्याका रामसँग उनको विवाह भएपछि हाम्रो नेपाली कलाको गौरव भारतभरि फिँजाउन जुन योगदान गरिन् त्यसैले हाम्रो वैदिक कलासंस्कृति, साहित्य र संस्कृति सम्पेर्ण भारत सिँगार्न पग्यो ।
मनुजबाबु मिश्र एकातिर कलात्मक प्रतिभाका पुञ्ज हुन् भने अर्कातिर राष्ट्रिय सभ्यताका पक्षपाती अद्वितीय चिन्तक र लेखक पनि ।
भृकटीले मंगोल राजा शङचङ गम्पोसँग विवाह गरी तिब्बत हुँदै सम्पेर्ण चीनमा नेपाली कलाको प्रचार गरिन् । भृकटी र सीताले आफैसँग नेपाली कलाकारहरू नलगेका भए नेपालका मन्दिरमा कँदिएका अद्वितीय कलाहरू ती विशाल छिमेकीहरू कहाँ पुगेर विस्तारित हुन पाउने थिएनन्।
जब मैले अभिन्न मित्र मनोजबाबु मिश्रसँग पहिलोपल्ट भेट्ने सौभाग्य पाएँ र उहाँका अति उज्वल कलाकृतिहरू हेर्ने तथा कथा, निबन्ध र कविता पढ्ने सौभाग्य पाएँ, मलाई इतिहासको ज्ञानले झलमल्ल पा¥यो ! हो, मनजबाब मिश्र एकातिर कलात्मक प्रतिभाका पुञ्ज हन् भने अर्कातिर राष्ट्रिय सभ्यताका पक्षपाती अद्वितीय चिन्तक र लेखक पनि।
शङचङ गम्पोसित विवाह गरेर तिब्बततर्फ जाँदा भृकुटीले आफैंसितै युवक कलाकार अरनिकोलाई पनि सँगै लगेकी थिइन् । सानै उमेरमा पनि अरनिको असाध्यै राम्रा मैर्तिहरू, मन्दिरका गुम्बजहरू र मनुष्यका आकृतिहरू ढुंगा र धातुमा कप्ने वा रङमा चि त्रित गर्ने दक्षतामा प्रवीण थिए । उनले तिब्बतमा निकै बौद्ध मन्दिरहरू, मनुष्यका चित्रहरू र अरु कलाकृति निर्माण गरे । चीनका सम्राट कुब्लाई खाँ ती चित्रहरू र मूर्तिहरू तथा मन्दिर गुम्बा देखेर औधि प्रसन्न भए र तिनको निर्माण गर्ने कलाकारलाई उनले भेट्न चाहे।
अरनिकोलाई प्रथमपल्ट भेट्दा नै उनी औधि आश्चर्यचकित भए । उनले त एक परिपक्व उमेरका व्यक्तिले नै त्यस्ता उच्च कोटिका कलात्मक रचना बनाएका होलान् भनेको त भर्खरका युवक पो रहेछन् ती त ! अनि ‘यस्तो फुच्चे पो !’ भनेर उनले चिनियाँ भाषामा आश्चर्य प्रकट गरे, ‘अनिको (चिनियाँ भाषामा ‘यस्तो फुच्चे पो यत्रो कलाकार !)’ त्यो सुनेर नेपालीहरूले ‘अनिको’को उच्चारण अरनिको गर्न थाले!
बाबुराम आचार्य अरनिकोको वास्तविक नाउँ ‘बलबाहु’ थियो भन्छन्! !
कुब्ला खाँलाई अरनिकोको कलात्मक दक्षता औधि मन प-यो । त्यसैले उनले अरनिकोलाई मागेर आफैँसित चीन लगे । चीनमा उत्तरी सीमामा सयौँ माइलको पर्खाल छ, त्यसको पूर्वी छेउसम्म उनले अरनिकोलाई लगेर कला निर्माणमा लगाए । हाम्रा कलाकार मनुजबाबुले कुदेँको अरनिको हातमा ढुंगा र मार्तोल लिएको स्थितिमा उनैले बनाएका हुन् । यो प्रसिद्ध अरनिको मूर्ति उनको काठ्माडौँको बौद्धस्थित निजी गृह ‘हर्मिताज’को आँगनमा साह्रै राम्ररी उभिएको छ।
अरनिको जीवनभर चीनमै बसे र त्यहीँ विवाह पनि गरे । उनका चिनियाँ पत्नीहरू पनि त्यहीँ उनीसगँ अन्तिम कालसम्म थिए र छोराछोरीहरु पनि भए!
मनुजबाबु कला र साहित्यमा सम्पूर्ण रूपले डुबेर आफ्नै घर हर्मिताजमा एकान्तवासी भएर पछिल्लो काल बिताउन व्यस्त हुँदा मसित धेरै भेट भइरहन्थ्यो । मेरो घर सरस्वतीनगरमा पनि उनी र उनका भाई तथा आफ्नै श्रीमती भेट्न र गफ गर्न आइरहन्थे र म पनि भेट्न गइरहन्थेँ । तर, मनुजबाबु कति साह्रो एकान्तवासी भए भने उनको हर्मिताजमै मात्र वास हुन्थ्यो!
‘स्वप्नसम्मेलन’ उनको अन्तिम साहित्यिक कृति हो, उपन्यास हो । कथा र कविता पनि उनले पाठकको हृदय जित्ने किसिमले लेखेका छन् । कलाको त कुरै भएन । उनी हाम्रो राष्ट्रका महान् र कहिल्यै बिर्सन नसकिने प्रतिभा थिए!
प्रकाशित: १६ भाद्र २०७५ ०६:३९ शनिबार