कोही सिसा सार्दै थिए, कोही विभिन्न परिकार बनाउँदै थिए त कोही भाडा माझिरहेका थिए, ‘नौलो रेष्टुरेन्टमा’ । यताउति हेरिरहेकी थिइन, एक कर्मचारी युवती । ग्राहकहरू आउदै गर्दा स्वागत र सेवा दिनकै लागि उभिरहेका थिए तीन रोबर्ट।
केही छिनमा रेस्टुरेन्टका एक सन्चालकले रोबर्टका स्वीच अन गरे । सबै टेबलमा रातो बत्ती बल्यो । टेबलमाथि अटोमेटिक फुडहरू देखा परे । रोबर्टले चिसो पानी लिएर ग्राहकहरूलाई ‘इस्क्यूज मी’ भनेर पानी दिए । त्यहाँ आउने सबै ग्राहकहरू अकमक्क भए । ‘रोबर्टको पनि यस्तो काम गर्छ ?’ अचम्मित हुँदै एक ग्राहकले भने।
रेस्टुरेन्टमा प्रवेश गरेपछि वेटर हेइन, ‘जिन्जर’ र ‘फेरी’ नाम गरेका रोबोर्ट सेवा दिन आउँछन् बसेकै टेबलमा । दरबारमार्गको शालिकबाट नारायणहिटी जाँदै गर्दा देब्रेतर्फको घरको पहिलो तल्लामा छ, ‘नौलो रेष्टुरेन्ट’ । त्यहाँ पुगेर हेर्दा सिलिङमा आकासीय पिण्ड चित्रण गरिएको देखिन्छ । बत्तीलाई पनि बादलको आकार दिइएको छ । रेस्टुरेन्टको डिजाइन हेर्दा अन्तरिक्षमा गएको भान हुन्छ । त्यहाँको टेबुलहरू हेर्दा अन्य रेस्टुरेन्टको भन्दा अलिक फरक छ । डिजिटल टच टेबलमा एउटा ठूलो स्मार्टफोन जस्तो देखिन्छ । खाना अर्डर गर्दा कुनै कागजमा लेखेर दिनु पर्दैन । टेबलको स्क्रिनको अप्सन हेरेर क्लिक गरेको भरमा हुन्छ थरिथरिका परिकारको अर्डर । अर्डर गरेको सबै परिकारहरू ल्याउँछन् रोबोटले । त्यहाँ पुग्ने जोकोही पनि अचम्मित पर्छन्।
रेस्टुरेन्टमा सबै चिजहरू नयाँ भएकोले ‘नौलो रेष्टुरेन्ट’ नाम राखिएको रेस्टुरेन्टका प्रबन्धक विनय राउतले बताए । ‘रेस्टुरेन्टको उद्देश्य खाना बेचेर पैसा कमाउनु मात्र होइन, रोबोटको कामका बारेमा सबैलाई जानकारी गराएर नेपाली युवाहरूले पनि नेपालमा रोबोट बनाउन सक्छन् भन्ने उद्देश्यले खोलिएको हो,’ उनले नागरिकसँग भने, ‘मेड इन नेपाल लेखेको रोवर्ट विश्वभर फैलाउने हाम्रो टिमको सपना छ।’
‘यो नेपालीले नेपालमै बनाएकाले यो रोबोर्ट संसारकै एड्भान्स वेटर रोबोट हुन्,’ अर्का प्रबिल सिन्धुलीयले थपे । उक्त रेस्टुरेन्ट दुई करोडभन्दा माथिको लगानीमा खोलिएको राउतले बताए । रोबोटको लागत भने उनीहरूले खुलाएनन्।
रेष्टुरेन्ट गत साउन १० गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेल उद्घाटन गरेका थिए । उनी नै गएर उद्घाटन गर्ने रेस्टुरेन्ट पक्कै पनि चानचुने होइन।
नेपालीले नै बनाएको रोबोटको उद्घाट्न गर्न पाउँदा मन्त्री पोख्रेल खुसीले ढंग देखिएका थिए । साढे एक महिनासम्म रेस्टुरेन्ट सन्चालन गर्दा ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको संचालकहरू बताउँछन्।
नेपालीभन्दा बढी विदेशीले सेवा लिँदै आएको उनीहरूको भनाइ छ । रेस्टुरेन्टमा जिन्जर नामका तीन वटा र फेरी नामका दुई रोबोर्ट छन् । टेबुलमा पाहुना पुग्नेबित्तिकै फेरी नाम गरेका रोबोर्ट पानी पु-याउन जान्छन् । सेफले खाना तयार पारिसकेपछि जिन्जरले खाना टेबलसम्म पु¥याउन जान्छ । एक पटकमा ५२ ग्राहकले सेवा लिन सक्छन्। बिहान ११ बजेदेखि रातीको १० बजेसम्म रेस्टुरेन्ट खुल्ने गर्छ । रेस्टुरेन्टमै १५ जनाले रोजगारी पाएका छन्।
रेस्टुरेन्टमा छिरेपछि रोबर्टसँग सञ्चार गर्न सकिने त्यहाँ आएका ग्राहक सुनिल राईले बताए । ‘रेस्टुरेन्ट धेरै राम्रो छ, मिठो परिकारहरू बन्छ,’ उनले भने, ‘नेपालमा यस्तो प्रविधि बन्छ भनेर सोचेको पनि थिइनँ ।’ यसबाट नेपाली युवाहरूले पाठ सिक्नुपर्ने उनी बताउँछन् । साढे एक महिनासम्ममा काम गर्दा धेरै कुराहरू सिकेको रेस्टुरेन्टका वेटर कृष्ण भुसालले बताए । ‘रोबर्टसँग काम गर्न पाउँछु भनेर जीवनमा सोचेको पनि थिएनँ,’ उनले भने, ‘हामीबाट गल्ती हुन्छ । तर, रोबर्टबाट हुँदैन।’
उनका अनुसार रोबर्टले कुनै गल्ती नगर्ने भएकाले रेस्टुरेन्टमा काम गर्न सजिलो भएको छ । रेस्टुरेन्टमा ७० भन्दा बढी नेपाली रैथाने खाना र कन्टिनेन्टल परिकार बन्छ । सरकारले पूर्वाधारहरूको विकास गरेमा यस्ता प्रविधिबाट थुप्रै रेष्टुरेन्टहरू खोलेर नेपालको सान राख्न सकिने उनीहरूको भनाइ छ।
को हुन् रोबोट बनाउने व्यक्ति
नौलो रेस्टुरेन्टमा रहेका रोबोट नेपाली युवा इन्जिनियरहरूले नै बनाएका हुन् । पुल्चोक इन्जिरियरिङ कलेजमा पढेका रविन गिरी, सागर श्रेष्ठ, दिपकमल भुषाल, निरज बस्नेत, वसिम अक्रम खान तथा व्यवस्थापन पढेका आयुस कसजु मिलेर पाइला टेक्नोलोजी कम्पनी खोली रोबर्ट बनाएका थिए । विनय राउतले भने भारतमा पढेका थिए । दुःखका साथ चार वर्ष कलेजमा पढ्दै गर्दा रोबोट बनाउने प्राक्टिकल हुन्थ्यो । नेपालमै केही प्रविधिको विकास ग-यौ भन्ने सोचसँगै रोबोर्ट बनाएको उनीहरूले सुनाए । सुरुमा राम्रोसगँ नचल्ने पो हो की भन्ने डर थियो । तर, चल्ने रोबोट बनाएरै छोडे।
उनीहरूको सल्लाह अनुरुप रोबोटको माध्यमबाट चल्ने नौलो रेष्टुरेन्ट सन्चालनमा ल्याए । प्रत्येक रोबर्टमा १८ घण्टासम्म सेवा दिने क्षमता छ । ब्याट्री पनि स्वचालित रूपमा रोबर्ट आफैँले चार्ज हुने गर्छ । यसले कम विद्युत खपत गर्ने गर्छ । अझै पनि अन्य रोबोटहरूको आविश्कार गरी नेपाललाई विश्वभरी चिनाउने उनीहरूको सोच छ।

रेस्टुरेन्टका एक सन्चालकले रोबर्टका स्वीच अन गरे। सबै टेबलमा रातो बत्ती बल्यो। टेबलमाथि अटोमेटिक फुडहरू देखा परे । रोबर्टले चिसो पानी लिएर ग्राहकहरूलाई ‘इस्क्यूज मी’ भनेर पानी दिए।