लक्ष्यभन्दा पाँच प्रतिशत बढी राजस्व असुली
०३ जेष्ठ २०७६
•
४ मिनेट पाठ
लक्ष्यभन्दा पाँच प्रतिशत बढी राजस्व असुली
आन्तरिक राजस्व कार्यालय दमौली, तनहुँको भवन। तस्बिरः श्रीहरि/नागरिक
तनहुँ– आन्तरिक राजस्व कार्यालय दमौलीले लक्ष्यभन्दा पाँच प्रतिशत बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७५/७६ को मंसिरबाट वैशाखसम्म ६ महिनाको अवधिमा लक्ष्यभन्दा पाँच प्रतिशत राजस्व असुल गरेको कार्यालयले जनाएको छ।




कार्यालयले वैशाखसम्म कुल तीन अर्ब ८४ करोड ८३ लाख राजस्व संकलन गरेको हो। कार्यालयलाई वैशाखसम्म कुल तीन अर्ब ६६ करोड, ८८ लाखको लक्ष्य रहे पनि लक्ष्यभन्दा १७ करोड ९५ लाख रकम बढी असुल गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय दमौलीका सूचना अधिकारी तथा कर अधिकृत मोहनरमन त्रिपाठीले बताए। ‘लक्ष्यभन्दा पाँच प्रतिशत बढी कर असुली गर्न सफल भएका छौं,’ उनले भने।

त्यस्तै, कार्यालयले वैशाख महिनामा मात्र ६६ करोड कर असुली गरेको छ। कार्यालयलाई वैशाख महिनामा कुल ५६ करोड ४६ लाख लक्ष्य रहेकोमा लक्ष्यभन्दा सत्र प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी त्रिपाठीको भनाइ छ।

गत आर्थिक वर्षसम्म करदाता सेवा कार्यालयको रूपमा रहेको कार्यालय यस आर्थिक वर्षबाट आन्तरिक राजस्व कार्यालयको रूपमा तनहुँसहित चार जिल्लामा सेवा दिँदै आएको छ।

आन्तरिक राजस्व कार्यालय दमौलीले आर्थिक वर्ष २०७५/७६ को मंसिरबाट वैशाखसम्म लक्ष्यभन्दा पाँच प्रतिशत बढी राजस्व संकलन गरेको छ।

कार्यालयले आम सेवाग्राहीलाई कर शिक्षासम्बन्धी सचेतनालगायतका कार्यक्रम गर्दै आएको कार्यालयका प्रमुख कर अधिकृत सूर्य सेढाईंले बताए। ‘हामीले मनाङ, गोरखा, लमजुङ तथा तनहुँका विभिन्न स्थानमा पुगेर कर सचेतनासम्बन्धी सचेतनामूलक कार्यक्रम गरेका छौं,’ उनले भने। मनाङको चामे, धारापानी, पिसाङलगायतका स्थानमा कर सचेतना कार्यक्रम सम्पन्न गरेको कार्यालयका प्रमुख कर अधिकृत सेढाईंले बताए।

लमजुङ, गोरखाका विभिन्न स्थान र तनहुँको भिमाद, खैरेनीटारलगातयका स्थानमा करदाता शिक्षाका बारेमा जानकारी गराएको सेढाईंको जिकिर छ। समयसमयमा दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिर्नेलाई नियमअनुसार कारबाही प्रक्रियामा ल्याउनेलगायतका काम अगाडि बढाएको कार्यालयले जनाएको छ।

प्रत्येक दिन कर चेतना र कर तिर्ने वातावरण बनाउन कार्यालय लागिपरेको कार्यालय प्रमुख सेढाईं बताउँछन्। ‘कार्यालयले कर उठाउन प्रचारात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक कार्यलाई अगाडि बढाएको छ,’ उनले भने।

सेवालाई प्रभावकारी एवं विश्वसनीय बनाउन अनलाइन सेवामा आमसेवाग्राहीलाई जानकारी दिने तथा सेवालाई चुस्त बनाउन कार्यालय लागेको कार्यालय प्रमुख कर अधिकृत ढकालको दाबी छ।

आन्तरिक राजस्व कार्यालय तनहुँले यसै आर्थिक वर्ष सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा र मनाङ जिल्लाका करदाताहरूलाई सेवा दिँदै आएको छ।

२०६८ सालदेखि करदाता सेवा कार्यालयको रूपमा रहेको कार्यालय नेपाल सरकारको २०७५ साल असार २० गतेको निर्णयअनुसार चार जिल्ला हेर्नेगरी कार्यालयको स्तरोन्नति गरिएको थियो।
अर्को समाचार
मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी
०९ मंसिर २०८३
•
१ मिनेट पाठ
मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी
पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व सङ्कलन लक्ष्यभन्दा १० प्रतिशत बढी गरेको छ।




कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार कात्तिकमा रु एक अर्ब ३५ करोड १३ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ।

उक्त महिनाका लागि रु एक अर्ब २३ करोड लक्ष्य निर्धारण गरिएकामा लक्ष्यको ११० प्रतिशत राजस्व सङ्कलन भएको हो।

चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा भने कार्यालयले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन। साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो।

त्यस्तै, भदौमा रु एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार र असोजमा रु एक अर्ब ८४ करोड ५० लाख लक्ष्य रहेकामा रु एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

भारतको पश्चिम बङ्गालस्थित पानीट्याङ्कीसँग सीमा जोडिएको काँकडभिट्टा नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल, तयारी पोसाक, सुपारी, सिमेन्टको क्लिङ्कर, सुती कपडा, खरानी, फलामजन्य अवशेष, चामल, कनिका, ग्लेज टायल, स्नेहक तेल, मोबिल, मोटरका ब्याट्री र प्लास्टिकका ट्युब आयात हुने गरेका छन्।

यस नाकाबाट भारत, चीन, बङ्गलादेश, भूटानलगायत मुलुकसँग व्यापार हुने गरेको छ। यहाँबाट चिया, अलैँची, अदुवा, अम्लिसो, मुसुरो दाल, भेनियर सिट, चोकर, आलस, खयरको कत्था, जडीबुटी, फलामे संरचना, सुठो र प्लाइउड निर्यात हुने गरेको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस