गाउँको दसैं
१८ असोज २०७६
•
६ मिनेट पाठ
गाउँको दसैं
धेरै वर्षपछि दसैं मनाउन दीपा र दीपक बुबा आमासँगै गाउँ जाने निधो गरे। उनीहरू ४ र ५ कक्षाका लगनशील विद्यार्थी हुन्। सहरमा दसैं मनाएको त राम्रो अनुभव छ। तर गाउँको दसैं के कस्तो हुन्छ ? कसरी मनाउँछन् ? उनीहरूलाई खुल्दुली लागिरहेको थियो।




दीपा र दीपकका हजुरबा आमा गाउँमा नै बस्नुहुन्छ। खेतीपातीको काम गर्नुहुन्छ। आफूलाई चाहिने फलफूल, तरकारी, अन्न, दूध, मासु, घिउ सबै कुरा आफ्नै घर र बारीमा उब्जाउनु हुन्छ। तर यो कुरा दीपा र दीपकलाई जानकारी छैन।

अब भने उनीहरू धेरै कुरा बुझ्ने भइसकेका छन्। त्यसैले गाउँले जनजीवनबारे राम्रो जानकारी लिनेछन्। बुबाले अस्ति नै भनिसक्नु भएको छ– यसपटक दसैंमा गाउँ गएपछि तिमीहरूले गाउँका सबै कुरा हामीलाई सिकाउनुपर्छ है।

भन्दाभन्दै घटस्थापनाको दिन आयो। दीपा र दीपकको विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा पनि सिद्धियो। नौरथाको दोस्रो दिनमा नै उनीहरू गाउँ जाने निधो गरे। दीपा र दीपकले सरले दिनुभएको गृहकार्य गाउँकै बारेमा भएकोले उनीहरूलाई त ‘के खोज्छस् काना आँखो’ भनेझैँ भयो। दुवैले आआफ्नो व्याग ठीक पारे। बुबा आमाले पनि दसैंका सरसामानले भरिभराउ झोला तयार पार्नुभयो।

बिहान सबेरै कोठामै खाना नास्ता खाएर गाउँकै बसमा उनीहरू चढे। केही समयमै बस थानकोटको ओरालो लाग्यो। अनि सुरु भयो दीपा र दीपकको गाउँको यात्रा। नागबेली परेका पहाड, डाँडा, खोला अनि पृथ्वी राजमार्ग माथिबाट हेर्दाको दृश्य सुन्दर र मनोरम थियो। पर देखिएका हिमचुचुरा र वरिपरिका वनपाखा देखेर दीपा र दीपक मनैदेखि फुरुङ्ङ भएका थिए। अझ बढ्ता खुसी त पहिलो पटक आफ्नो रमणीय गाउँ देख्न र हेर्न पाइने थियो।

त्रिशुली नदीको छङछङ आवाजसँगै किनारै किनार गुडेको बस बार बजे कुरिनटारमा पुगेर खानाका लागि रोकियो। त्यहीँबाट बुबा आमाले दीपा र दीपकलाई नेपालकै चर्चित धार्मिक स्थल मनकामना माईको मन्दिर जाने केवलकार पनि देखाउनु भयो। जहाँ केवलकारहरू तारमा झुण्डिएर ओहोरदोहोर गरिरहेका थिए।

अब भने उनीहरूको बस मुग्लिनबाट मस्र्याङ्दी नदीको किनारैकिनार उत्तरतिर लाग्यो। धादिङ, गोरखा र तनहुँ जिल्ला छिचोलेर आफ्नो गाउँ लमजुङ पुगिने कुरा उनीहरूले आज मात्र थाहा पाए। दिउँसो चार बजेतिर उनीहरू गाउँको बजार सुन्दर बजार पुगेपछि गाडी रोकियो। बुबाआमासँगै उनीहरू पनि त्यहीँ ओर्लिए र पैदल हिँड्न थाले। बाटोमा कलकल बगेको पाउँदी खोलाको स्वच्छ पानी देख्दा उनीहरू दङ्ङ परे र एकछिन पुलबाट हेरिरहे।

घर नजिकै डाँडामा पुग्दा घाम अस्ताउनै लागेको रमणीय दृश्य देखेर दीपकले दिदीलाई देखाउँदै भन्यो, ‘आहा, घाम त कति नजिकै !’

घर पुग्नासाथ दीपा र दीपकले हजुरबा आमालाई नमस्कार गरे। बुबा आमाले ढोग गर्नुभयो। दीपा र दीपकलाई देखेर हजुरबा आमा गद्गद् हुनुभयो। अनि काखमा लिँदै भन्नुभयो, ‘यिनीहरू त निकै ठूला पो भएछन्।’

हजुरबाआमाको पहिलोपल्ट काखामा बस्दा दुवै दिदीभाइ मक्ख परे।

एकछिन पछि हजुरआमा घरभित्र पसेर चारै जनालाई एक एक गिलास भरीभरी भैंसीको बिगौती दूध ल्याउनुभो। दीपा र दीपक रमाउँदै स्वादिलो दूध पिउन थाले। दूध पेटभरि पिएपछि हजुरबाले घरबारी घुमाउन दुवैको हात समातेर लानुभयो। बारीमा अम्बा, केरा, मेवा, मौसम, सुन्तला लटरम्म फलेका थिए। हजुरबाले ठूल्ठूला पाकेका अम्बा टिपेर दिदीभाइलाई खाना दिनुभयो। अम्बा कम्ती मिठो थिएन। अझ रमाइलो थियो नजिकै गाउँमा चरर हुइइ गर्दै रोहोटे पिङ र लिङ्गे पिङ खेलेको गाउँले केटोकटी, युवा युवतीहरू। दीपा र दीपकलाई पिङ खेलेको हेर्न कुन बेला पुगूँ जस्तो भयो। बालबालिकाको लागि दसैंको मुख्य आकर्षक नै त्यही हो।

हजुरबाले भोलि बिहानै घरको आँगनमा सानो लिङ्गे पिङ हालिदिने कुरा दीपा र दीपकलाई भन्नुभयो। घरमै पिङ खेल्न पाइने कुराले उनीहरू हुनसम्म खुसी भए।

‘गाउँ त मिठामिठा खानेकुरा, मनोरञ्जन र स्वस्थ वातावरणको भण्डार नै रहेछ है हजुरबा।’ दीपाले कुरै कुरामा भनी। ‘हो त, यस्तो गाउँलाई अहिले सबैले घृणा गरेका छन्।’ हजुरबाले दुखेसो पोख्नुभयो। यही मौकामा दीपा र दीपकले सुटुक्क भने, ‘अब त हामी सधैँ यहीँ बस्ने, यहीँ पढ्ने, हस् हजुरबा !’ उनीहरूको कुराले हजुरबा मुसुक्क हाँस्नुभयो।
अर्को समाचार
दसैँ गाउँमै रमाइलो
१७ असोज २०७९
•
२ मिनेट पाठ
दसैँ गाउँमै रमाइलो
रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन्। गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन्। दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो।




एघार जनाको परिवार रहेको उनका श्रीमान् मृत्यु भयो। छोरा छोरी र नातनातीना बजार झरेपछि उनी एक्लै छिन्। उनी मात्रै हैन अहिले सोही गाउँका अधिकांश घरमा बुढाबुढी मात्रै छन्। तर उक्त गाउँको खुशी दसैँसंगै फर्किएको छ। अहिले गाउँमा दसैँको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुशी भएका छन्।

दसैँ शुरु भएपछि मैनाकुमारी कार्की जस्तै बुढाबुढीको खुशी फर्केको छ। दसैँआएपछि घर लिप पोत गरेर चिटिक्क बनाइको छ भने परिवार दसैँमान्न घरमा आउने क्रम जारी रहेको छ।

“जागिर, व्यवसाय तथा अध्ययनका कारण म बाहेक घरमा कोही छैन, कोही विदेश गएका छन् भने केही बागलुङ सदरमुकाममा छन्” मैनाले भनिन् “तर दसैँ तिहार आएपछि विदेश गएका समेत आए भने बजारमा बस्दै आएका छोरा नाती सबै आउदा मनमा दसैं आएको आभाष भएको छ, एक्लै बस्दा न्यास्रो लाग्ने मलाई दसैँले गर्दा खुशी फर्किएको छ।”

यस्तै हर्कबहादुर जिसीले दशैंमा कोसेलीका रुपमा बारीमा पसाएका दुई घारी केरा पकाउनलाई राखेका छन्। उनले गाउँमा दसैँ आएका परिवारलाई खुवाउनका लागि केरा पकाउन राखेको बताए।

गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिङ्गे पिङ र चर्खे पिङ देखिनै छाडेको भएपनि गाउँ फर्कर्नेको संख्यामा बृद्धि भएको छ।

झार उम्रेका घर आगन समेत सरसफाइ गरेर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाई गरिएको छ। “दसैँमा छोरा नाती आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिप पोत गरेर चिटिक्क छ” उनले भने, “एक वर्ष सम्म बुढाबुढी मात्रै बस्दै वित्छ दशै तिहारमा त छोरा बुहारी र नातनातीना संग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दसैँ।”

बसाइसराइले बन्द रहेको घरमा समेत अहिले दसैँ मनाउन फर्केकाले  सरसफाइ गरेर चिटिक्क बनाएका छन्। अघि पछि गाउँको खुशी नै लुटिएपनि दसैँ आउदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताए। उनले बढ्दो शहरीकरणका कारण र बसाइ सराइका कारण गाउँहरू बिस्तारै उजाडिदै गएको बताए।

“अघिपछि गाउँ शून्य हुन्छ, मर्दा पर्दा समेत समस्या छ, तर दसैँ आएपछि गाउँ मात्रै भरिँदैन गाउँको खुशी नै फर्कन्छ” उनले भने  “गाउँ भरिभराउ हुन्छ, एक वर्षमा भएपनि दशैंको टीका गाउँमै लगाउने जनाउँदै बजारमा घर भएकाहरू समेत गाउँ फर्कन्छन्, अघि पछि शून्य गाउँ दसैँ आएपछि चहल पहल हुन्छ।”

उनका अनुसार गाउँमा मानिसको भीडभाड र परिवारका सबै मानिस जम्मा भएपछि  हुँने रमाइलोले दशैंको महत्वलाई झल्काउने गरेको छ।

नेपालीको मुख्य चाडपर्वका रुपमा रहेको दसैँ, शुभ दीपावली, छठ तथा नेपालसम्बत मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि बागलुङ बजारमा चहल पहल छाएको व्यपारीहरूले बताएका छन्। गाउँ जाने यातयातका साधनहरुले धमाधम गाउँमा यात्रु ओसारीरहेका छन्।

दसैँमा घर रातोमाटो, पहेँलोमाटो र कमेरोले लिप पोत गर्ने, विग्रे भत्केको मर्मत गर्ने, आगन तथा बाटो घाटो सरसफाइ गर्ने प्रचलनले दसैँमा खोसिएको गाउँको खुशी फर्कन्छ।
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १० मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस