'भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास'
१३ फागुन २०७६
•
६ मिनेट पाठ
'भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास'
नेकपा गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। साथमा नेकपा गण्डकी प्रदेश इन्चार्ज एवं सोही प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ (बायाँ) र अध्यक्ष हितराज पाण्डे (दायाँ)। तस्बिर: सन्देश/नागरिक
पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले विपक्षीले गैरविषयलाई नै विषय बनाएर सरकारविरुद्ध अनावश्यक प्रचार गरिरहेको टिप्पणी गरे। संसद्मा लगिएको विधेयकको उद्देश्य र विषयवस्तुबारे स्पष्ट भएर भन्दा पनि कुरै नबुझी विपक्षीले विरोध गरिरहेको उनको भनाइ थियो। ‘कुखुराको एउटा चल्ला फट्यांग्रो टिपेर कुद्छ, त्यो चल्लाले के टिप्यो भन्नेसमेत थाहा नपाएका अरू चल्लाहरू पछिपछि कुद्छन्,’ उनले भने, ‘विपक्षीहरू पनि चल्लाहरूझैं कुदिरहेका छन्।’




प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी देशीविदेशी शक्तिको षड्यन्त्र र हमला परास्त गर्दै पार्टी एकता प्रक्रिया अघि बढिसकेकाले सफलतापूर्वक निष्कर्षमा पुग्ने दाबी गरे। अरू पार्टीसँग नेकपाको तुलना हुनै नसक्ने उल्लेख गर्दै उनले नेकपा जनाधारयुक्त पार्टी भएको जिकिर गरे। प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, सार्वभौम सत्ता र स्वाधीनताका विषयमा कोहीकसैसँग सम्झौता हुन नसक्ने स्पष्ट पारे। उनले जनताको त्याग, तपस्या र सहिदको बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्दै त्यसको कार्यान्वयन गरेरै छाड्ने दृढता व्यक्त गरे।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले विश्व समृद्धिको बाधक अमेरिकी साम्राज्यवाद भएको आरोप लगाए। उनले त्यस्ता प्रवृत्तिविरुद्ध जुध्न पार्टी सुदृढ र एकताबद्ध बनाएर अघि बढे मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने धारणा व्यक्त गरे। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताले अनुभूति गर्नेगरी जनताको जीवनमा परिवर्तन नल्याउने हो भने राजनीतिक क्रान्तिको अर्थ नहुने बताए। उनले महाधिवेशनसम्मका लागि कार्यदिशाको विषय थाती राखेको जानकारी दिए। ‘अबको कार्यदिशा जनताको बहुदलीय जनवाद कि एक्काइसौं शताब्दीको जनवाद भन्ने विषयमा अहिले विवाद गर्नुको औचित्य छैन, ‘उनले भने, ‘यसबारे आगामी महाधिवेशनले निर्णय गर्छ।’ त्यसरी महाधिवेशनमा छलफल गर्दा पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र भएर नभई नेकपाका नेता–कार्यकर्ता बनेर छलफल गर्ने र निर्णय गर्ने उनको भनाइ थियो। नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेताहरू नवसामन्तजस्तो भएको टिप्पणी गरे। जनतामाझ नपुग्ने, झुपडीमा नपुग्ने गर्दा जनतासँग पार्टी तथा नेता टाढिँदै गएको र सम्बन्ध बिगँ्रदै उनको भनाइ थियो।

कडा सुरक्षाबीच कालो झन्डा प्रदर्शन

प्रधानमन्त्री ओली पोखरा आउने भएपछि सोमबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो। विमानस्थल र कार्यक्रमस्थल पोखरा सभागृहवरपर पनि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको थियो। तर कडा सुरक्षाबीच नेविसंघका कार्यकर्ताले पोखरा विमानस्थलअगाडि प्रधानमन्त्रीलाई कालो झन्डा देखाएका छन्। प्रधानमन्त्री १२ बजेतिर पोखरा आइपुगेका थिए। प्रदर्शनकारीले सुरक्षण मुद्रण प्रेसमा संस्थागत भ्रष्टाचार भएको, यती होल्डिङ्सलाई सार्वजनिक जग्गा दिएको, नेकपा सरकार भ्रष्टाचारमा डुबेको भन्दै नाराबाजीसमेत गरेका थिए। समाजवादी विद्यार्थी युनियनका कार्यकर्ताको कालो झन्डा देखाउने प्रयास भने सफल हुन सकेन। उनीहरूले पनि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न भने भ्याए।

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने नेविसंघ कार्यकर्ता निर्दोषविक्रम पौडेल र असीम सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर करिब चार घन्टापछि छाडेको थियो। त्यस्तै प्रधानमन्त्रीविरुद्ध नाराबाजीमा उत्रिएका समाजवादी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाईं, गण्डकी प्रदेश अध्यक्ष रेशम सापकोटा, जिल्ला नेता विशाल तिमिल्सिना र पृथ्वीनारायण क्याम्पस अध्यक्ष प्रभास भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर करिब चार घन्टापछि छाडेको जनाइएको छ। प्रधानमन्त्री काठमाडौं फर्किएपछि मात्र उनीहरूलाई छाडिएको कास्की प्रहरीले जनाएको छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
यो पनि पढौँ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस