कोरोना त्रास : सुनसान हुन थाले जमघटस्थल
०४ चैत्र २०७६
•
१० मिनेट पाठ
कोरोना त्रास :  सुनसान हुन थाले जमघटस्थल
काठमाडौं – चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित भइरहेको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि त्रास फैलिएको छ। अहिलेसम्म विश्वका करिब १ सय ६२ देशमा कोरोना संक्रमण फैलिसकेको छ। यस भाइरसको संक्रमणबाट ७ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ भने १ लाख ८२ हजार ७ सय सय जना यो भाइरसबाट संक्रमित भएका छन्। डब्लुएचओले नेपाललाई उच्च जोखिमको सूचीमा राखेर सावधानी अपनाउन आग्रह गरेको छ। अहिलेसम्म पचास भन्दाबढी देशले शैक्षिक संस्था बन्द गरेका छन् भने चीन अमेरिका लगायत युरोपका देशहरूले भिडभाड हुने स्थलहरू बन्द गरेका छन्। इटालीमा डेढ करोड नागरिकलाई क्वारेन्टाइनमा राखेको छ। छिमेकी भारतले स्कुल कलेज बन्द गरेको छ।

युरोपका कतिपय देश र अमेरिकाले संकटकाल घोषण गरिसकेका छन् भने चीन तथा अमेरिकाले बजेट नै छुट्टाएर रोग नियन्त्रणका लागि युद्ध स्तरमा कोरोना भाइसर विरुद्ध लडिरहेका छन्। फ्रान्सले पाँच जना भन्दाबढी नागरिकलाई एकै ठाउँमा भेला नहुन आदेश नै जारी गरेको छ।

नेपालमा पनि सरकारले भिडभाड हुने ठाउँमा नजान जनतालाई आग्रह गरिरहेको छ। तर सरकारले कुनै पनि भिडभाड हुने स्थानलाई आवश्यक पत्र लेखेर भिडभाड कम गर्न आग्रह भने गरेको छैन।

नेपालमा पनि सरकारले भिडभाड हुने ठाउँमा नजान जनतालाई आग्रह गरिरहेको छ। तर सरकारले कुनै पनि भिडभाड हुने स्थानलाई आवश्यक पत्र लेखेर भिडभाड कम गर्न आग्रह भने गरेको छैन।

अत्याधिक मानिसहरुको आवतजावत हुने स्थानमा निर्वाद रुपमा मानिसहरु हिँडडुल गरिरहेका छन्। स्कुल कलेज लगायत, विवाह, भोज तथा विभिन्न कार्यक्रमहरु देशैभर भैरहेका छन्।

अहिले स्कुलहरुमा परीक्षा चलिरहेको छ, साथै चैत ५ गतेपछि एसइइको परीक्षा संचालन हुँदै छ। शैक्षिक सत्रको अन्त्यसँगै स्कुल विदा भएपछि राजधानीमा विभिन्न मनोरन्जन हुने स्थानहरुमा बालबालिका आवतजावत बाक्लो हुने गर्दछ।

यस्तै भिडभाड हुने स्थान मध्ये काठमाडौंको भृकुटीमण्डप पनि एक महत्वपूर्ण ठाउँ हो। यहाँ दैनिकजसो सभा, सम्मेलन तथा प्रदर्शनी भैरहेका हुन्छन्। भृकुटीमण्डप भित्र बगैचा, प्रदर्शनी हल, चमेना गृहहरु, काठमाडौं फनपार्क लगायत करिब ३१ रोपनीमा फैलिएको खुल्ला बजार छ। यो बजारभित्र करिब एक हजार पसलहरु संचालनमा छन्।

फूर्सद वा छुट्टीको समयमा राजधानीका बालबालिका, युवायुवतीदेखि बृद्धवृद्धाहरू मनोरञ्जन लिन भृकुटीमण्डपस्थीत काठमाडौं फनपार्कमा आउने गर्दछन्। उपत्यकाका बालबालिकाका लागि सबैभन्दा सजिलो गन्तव्य हो भृकुटीमण्डपको फनपार्क। यहाँ बालबालिकाले मनोरञ्जन लिने थुप्रै खेल तथा मनोरन्जन सामाग्री छन्।

जब स्कुल कलेजमा लामो विदा मिल्छ, तव फुर्सदिला बालबालिकाहरु आफ्नो घुम्ने रहर पुरा गर्न शहरका विभन्नि खुल्ला स्थानमा पुग्ने गर्दछन्। काठमाडौंको मुटुमा रहेको काठमाडौं फनपार्कका विदाको समयमा झनै भिड हुने गर्दछ।

निरन्तर पढनु, स्कुल जानु, शिक्षक तथा अभिभावकको बन्धनबाट छुटेर रमाइलो गर्ने अवसर पाउन बालबालिकाले विदा नै कुर्नु पर्दछ। उनीहरुका लागि स्कुल छुट्टि हुनु नै रमाइलो गर्ने उपयुक्त समय हो।

उपत्यकामा काठमाडौं फन भ्याली भक्तपुर, हुपील्यान्ड चोभार, टोखा क्येबः मिनी फनपार्क टोखा, सदर चिडियाखान जावलाखेल, फन पार्क, भृकुटीमण्डप लगायत हरेक सपिङ सेन्टरमा बालबालिकाको लागि खेल्ने सामाग्रीको बन्दोबस्त गरिएको हुन्छ।

“पहिलेको तुलनामा फनपार्क आउने मानिसहरुको सङ्ख्या घटेको छ।” काठमाडौं फनपार्कका म्यानेजर बोधराज कट्टेलले भने– “५ बर्ष भन्दा मुनिका, अपाङ्ग र ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई छुट दिँदापनि भिजिटरको संख्या घटेको छ, भूकम्प गएको समयमा पनि भिजिटर घटेका थिएनन् तर अहिले कोरोना भाइरसको त्रासका कारण पहिलेको तुलनामा करिब ५० प्रतिशत भिजिटर घटेको छ।”

'हामीले हाम्रा कर्मचारीलाई अनिवार्य मास्क प्रयोग गर्न लगाइएका छौं', कट्टेलले भने– “यहाँ आउने मानिसहरु घुम्न, रमाउन, समय बिताउन ह्याप्पी मुडमा स्वस्थ मानिसहरु नै आउने भएकाले कोरोनाको त्रास छैन।”

चैत ५ गतेपछि स्कुलहरुमा लामो छुट्टी हुने भएकाले बालबालिका र अभिभावकहरुको चहलपहल फनपार्कमा बढ्छ। कोरोना भाइरसका कारण सरकारले फनपार्क सञ्चालन नगर्न अनुरोध गरे बन्द गर्ने सोच बनाएको कट्टेलले बताए।

खुल्ला बजारमा ग्राहक घटे


२०४९ सालमा खुल्लामञ्चभित्र संचालनमा रहेको खुल्लाबजार तत्कालीन काठमाडौं महानगरपालिकाले अन्यत्र सार्ने र खुल्लामञ्च खालि गराउने निर्णय गरे पश्चात् समाज कल्याण परिषद् अन्तर्गत भृकुटी मण्डपको मातहतमा रहेको जमीनमा २०४९ साल पौष २ गते खुल्ला बजार स्थापना भयो करिब ३१ रोपनी जग्गामा फैलिएको यो बजारमा करिब एक हजार पसलहरु संचालन छन्। झण्डै एक हजार परिवारको रोजीरोटी यो बजारका कारण चलेको छ। यहाँपनि कोरना त्रासले व्यापार खस्किएको व्यापारीहरु बताउँछन्।

पहिलेभन्दा आधा ग्राहक घटिसके कहिले त बुहनी पनि हुँदैन फेन्सी व्यापारी शंकर पौडेलले भने– “यस्तै हो भने त भाडा बुझाउन पनि सकिदैन। कोरोना भाइरसको त्रास त छदै छ व्यापार पनि राम्रो छैन। मानिसहरुको चहलपहल पहिलेको भन्दा आधी नै घटेको छ”

“हामीले बजार सरसफाइमा ध्यान दिएका छौ, साथै सम्पूर्ण व्यापारी साथीहरुलाई सुरक्षित रहन पनि सजग गराएका छौं” खुल्ला बजार निम्न व्यापारी संघका अध्यक्ष लक्ष्मी ओलीले भने– “अहिले सरकारले नै कोरोना भाइरसको त्रास नलिन आग्रह गरेको छ, संक्रमण फैलिने सम्भावना भयो र सरकारले आग्रह गरेमा केही समय भिडभाड हुन नदिन र बजार बन्द पनी गर्न सकिन्छ।”

प्रदर्शनी बुकिङ स्थगित


त्यस्तै भृकुटीमण्डपमा हुने भनिएको प्राय सबै प्रर्दशनीहरु स्थगित भएको भृकुटीमण्डप संचालन कार्यालय प्रमुख संजय कुमार मल्लीकले बताए। मल्लीकले भने– “बुकिङ गरेका संस्थाहरुले बुकिङ रद्द गरेका छन्, सरकारले भिडभाड नगर्नु भनेको बुझेर नै रद्द गरेका होलान्। भाइसरका बारेमा जनता पनि सचेत भएका छन् भिडभाडमा जानबाट सचेत छन्।”

उद्योग बाणिज्य महासंघले गर्ने भनेको अन्तराष्ट्रिय व्यापार मेला र फ्लोरी कल्चर एसोसिएसन अफ नेपालले गर्ने मेला रद्द भएको र यस्ता मेला नहुँदा भृकुटीमण्डप परिसरमा भिडभाड कम भएको मल्लीकले बताए।

भृकुटीमण्डप कै आसपास नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस, आर.आर क्याम्पस र बाल्मीकी क्याम्पस रहेका छन्। यहाँ दैनिक हजारौं विद्यार्थीको चहलपहल हुने गरेको छ। सरकारले भिडभाड हुने स्थान तथा संस्थाको पहिचान गरेर भिडभाड नियन्त्रण  गर्न अहिलेसम्म पहल गरेको छैन।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस