महिला तथा बालबालिकामा भाइरस संक्रमण
१९ वैशाख २०७७
•
११ मिनेट पाठ
महिला तथा बालबालिकामा भाइरस संक्रमण
विश्वभरिका मानिसलाई अहिले कोरोना संक्रमणको महामारीले त्राही त्राही पारिरहेको छ । त्यसो त कोरोना नयाँ खालको भाइरस होइन । किटाणु (ब्याक्टेरिया), फ‍गस (ढुसी), परजीवी जस्तै विषाणु (भाइरस) पनि एक खालको जीवाणु हो । अन्य जीवाणुले भन्दा कतिपय भाइरसले केही समयको अन्तरालमा यसले काँचुली फेर्न सक्ने हुनाले पहिले बनाइसकेको खोप वा उपचार काम लाग्दैन । उदाहरणका लागि फ्लु, इन्फ्लुएन्जा, बर्ड फ्लुको कारक भाइरसको प्रकार फरक हुँदै जान्छ ।

अहिले कोरोना भाइरसले वितण्डा मच्चाएको देखेर यसअघि यस्तो त कहिले पनि भएको थिएन जस्तो लाग्छ, तर त्यस्तो होइन । मानव स्वास्थ्यमा प्राचीनकालदेखि नै एकपछि अर्को भाइरसले संक्रमण गर्दै आएको पाइन्छ । महिला तथा बालबालिकामा पनि विभिन्ने खाले भाइरल संक्रमणले आक्रान्त पारेको देखिन्छ ।

बालबालिकालाई जस्तै महिलालाई पनि विभिन्न खाले रुघा, जनै खटिरा, विभिन्न थरिका हेपाटाइटिस, रेबिज, एचआईभी, बर्ड फ्लु, स्वाइन फ्लु, इबोला, चिकन्गुन्या, डेंगी,  लगायतका भाइरल संक्रमण भएको पाइन्छ । समय क्रममा कतिपय भाइरल संक्रमण भएका संसर्ग आई आफूमा उक्त भाइरल संक्रमणको कुनै पनि लक्षण देखा नपरे पनि वयस्क महिलाले प्रतिरोधात्मक क्षमता विकसित गरिसक्ने हुनाले बालबालिकाले भन्दा त्यस्ता भाइरल संक्रमणलाई नियन्त्रणमा राख्न सक्दछ । तर पनि जोखिममा रहेका तथा शारीरिक प्रतिरोधात्मक क्षमता कम भएका वयस्क महिलाले पनि इन्फ्लुएन्जा, हेपाटाइटिस बी लगायतका खोप लिइराख्नु बुद्धिमानी नै हुन्छ ।

बालबालिकाको हकमा विभिन्न खाले रुघा, दादुरा, हाँडे, ठेउला, जनै खटिरा, हेपाटाइटिस, पोलियो, रेबिज, एचआईभी, चिकन्गुन्या, डेंगी, बर्ड फ्लु लगायतका अनेक थरिका भाइरल संक्रमण भएको देखिन्छ । अन्य जीवाणुबाट लाग्ने संक्रमणमा भन्दा भाइरस विशेषले गराउने संक्रमणका लागि विशेष औषधोपचार छैन । भाइरस विशेष विरुद्धको खोप, शरीर आफैँले विकसित गर्ने प्रतिरोधात्मक क्षमता, वा लाक्षणिक उपचार मात्र हो ।

बालबालिकालाई सानै उमेरमा दादुरा, हाँडे, हेपाटाइटिस बी, पोलियो खोप, इन्फ्लुएन्जाको खोप दिनुको कारण पनि त्यही हो । त्यसो त कुनै पनि संक्रामक भाइरस मानव शरीरभित्र पसेपछि प्रतिरोधात्मक क्षमता विकसित गरी रोग वा संक्रमणलाई नियन्त्रणमा राख्दछ । समय क्रममा वैज्ञानिकहरुले भाइरस विशेषलाई हुने खोप विकसित गरेको पाइन्छ । निकै समय लगाएर कतिपय भाइरल संक्रमण विरुद्ध खोप विकसित गरे पनि ब्याक्टेरियाका लागि एन्टिबायोटिक औषधि जस्तै ठेट औषधि भने विकसित हुन सकेको छैन । एक खाले भाइरस भए पनि समयसमयमा काँचुली फेरिराख्ने कारण एकपटक बनाएको औषधि वा खोप अर्को पटकका लागि काम लाग्दैन ।

यसका साथै कतिपय भाइरल संक्रमणको हकमा भाइरस विशेष विरुद्ध विकसित भैसकेको प्रतिरोधात्मक क्षमताले अर्कोपटक उस्तै भाइरल संक्रमणमा काम नलाग्न पनि सक्दछ । त्यसो भएर कोरोनालगायतका भाइरल संक्रमण हुँदा लक्षणअनुसारको ज्वरो, जिउ दुख्ने, टाउको दुख्ने कम गराउने सिटामोललगायतका औषधि, प्रशस्त झोलिलो खानेकुरा, आराम नै मुख्य भरथेगको उपचार हो । त्यसो भन्दै गर्दा चिकित्सा विज्ञानको प्रगतिले विगतमा बिफर उन्मूलन भैसकेको छ भने पोलियो पनि उन्मूलन गर्ने क्रममा छ ।

बालबालिकालाई जस्तै महिलालाई पनि विभिन्न खाले रुघा, जनै खटिरा, विभिन्न थरिका हेपाटाइटिस, रेबिज, एचआईभी, बर्ड फ्लु, स्वाइन फ्लु, इबोला, चिकन्गुन्या, डेंगी,  लगायतका भाइरल संक्रमण भएको पाइन्छ । समय क्रममा कतिपय भाइरल संक्रमण भएका संसर्ग आई आफूमा उक्त भाइरल संक्रमणको कुनै पनि लक्षण देखा नपरे पनि वयस्क महिलाले प्रतिरोधात्मक क्षमता विकसित गरिसक्ने हुनाले बालबालिकाले भन्दा त्यस्ता भाइरल संक्रमणलाई नियन्त्रणमा राख्न सक्दछ ।

तर पनि जोखिममा रहेका तथा शारीरिक प्रतिरोधात्मक क्षमता कम भएका वयस्क महिलाले पनि इन्फ्लुएन्जा, हेपाटाइटिस बी लगायतका खोप लिइराख्नु बुद्धिमानी नै हुन्छ । ह्युमन पापिलोमा भाइरसजस्ता क्यान्सर गराउन सक्ने अन्को भाइरसले पाठेघरको मुख, योनीमार्ग, स्त्री जननेन्द्रिय वरिपरिको भाग (भल्भा) को क्यान्सर गराउन सक्छ । ईब्स्टेन बार भाइरसको संक्रमण र्‍यालबाट सर्ने भएकोले किसिङ डिजिज भनिन्छ, जसले गर्दा किशोरकिशोरी चुम्बन गर्ने क्रममा यो संक्रमण सर्न सक्दछ ।

वयस्क महिलाको हकमा गर्भवती महिला भाइरल संक्रमणको दृष्टिले जोखिम समूहमा पर्दछन् । गर्भावस्थामा हर्पिस, रुबेल्ला, विभिन्न थरिका हेपाटाइटिस, एचआईभीलगायतका भाइरल संक्रमणहरु घातकसावित हुन सक्छ । हेपाटाइटिस ए, बी, सी, डी र ई मध्ये गर्भावस्थामा हेपाटाइटिस बी, सी र ई अति जोखिमयुक्त हुन्छ । गर्भावस्थामा हेपाटाइटिस ई लाग्यो भने करिब २५ प्रतिशत गर्भवती महिलाको मृत्यु हुन सक्छ । विशेषतः पश्चिम नेपालमा विदेशिएका श्रीमान्बाट श्रीमतीमा अनि गर्भवती महिलाबाट गर्भे शिशुमा एचआईभी/एड्स तथा हेपाटाइटिस बी सार्ने गरेको पाइन्छ । रुबेल्ला, हर्पिसलगायतका कतिपय भाइरल संक्रमण गर्भवती महिलामा लाग्यो भने गर्भे शिशुमा शारीरिक विकलाङ्ग तथा विकृति विकसित हुनसक्छ ।  

भाइरस सम्भाव्य आतिथ्य जीवमा पसेर त्यसकै वंशाणु अंश अपहृत गर्दछ त्यसैले यसलाई  अवसरवादी जीवाणुभन्दा फरक पर्दैन । भाइरस कसरी मर्छ कुनै जवाफ छैन किनकि आपैंmमा वंशाणुतत्व भए पनि अन्य जीवित कोषको सहायताबेगर भाइरस आफै‌ बाँच्न सक्दैन । भाइरस परजीवी हो पनि होइन पनि, परजीवी किन हो भने यसको जीवन निर्वाहका लागि अन्य जीवमा भर पर्ने गर्दछ अर्थात् आफैँले खाना बनाउन सक्दैन । परजीवी किन भन्न मिल्दैन भने अन्य परजीवीले आश्रय कोषको वंशाणु तत्वमा दख्खल अन्दाजी गर्दैन र अन्य परजीवी आफैँमा केही दिन बाँच्न सक्छ ।

भाइरस पनि अनेक थरिका हुन्छन् । प्रायः भाइरसले प्राणीको आतिथ्य कोषको वंशाणुअंश अपहृत गरी आतिथ्य कोषको वृद्धिलाई नै मात ख्वाई दिन्छ । यस क्रममा भाइरसले आतिथ्य कोषमा टाँसिने, छिर्ने, परिमार्जन, जैविक निर्माण, वयस्क हुने, ध्वस्त पार्न थाल्ने गरी ६ चरण पार गर्दछ । प्रायः भाइरल संक्रमणमा औसत शारीरिक तापक्रम भन्दा निकै बढ्ता ज्वरो आउँछ । यसका साथै सबैजसो भाइरल संक्रमणमा रुघा लाग्ने, पातलो सिँगान बग्ने, खोकी लाग्ने, वाकवाकी आउने, थकान महसुस हुने, जिउ दुख्ने हुन्छ । भाइरस शरीरमा हुञ्जेल असर बाँकी रहन्छ । यस्ता लक्षण धेरैजसो भाइरल संक्रमणमा केही दिनदेखि दुई हप्तासम्म मात्र रहन्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार ज्वरो हराएपछि पनि घरमै कम्तीमा २४ घण्टा आराम गर्नु पर्दछ । भाइरल संक्रमणमा प्रायः लाक्षणिक उपचार नै गरिन्छ । भाइरल संक्रमणमा ज्वरो कम हुने, दुखाइ कम गर्ने पारासिटामोल औषधि बहुगुणी छ । भोड्का, रम पिएपछि भाइरल संक्रमण अस्थायी तवरमा निको अनुभूति गराए पनि यस कार्यले जलवियोजन गराउन सक्ने हुनाले लक्षण झन् लम्बिन सक्छ ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस