बुबा ब्रिटिस आर्मीको पेन्सनमा आएपछि दुई भाइ पाँच बहिनी छोराछोरी जन्मिए । तीमध्ये छोरीहरू चित्रा र काउँस्यो बिते । माहिँला भाइ गणेशबहादुर लामो समयदेखि अरबमा, कान्छा भाइ केशबहादुर र साहिँली बैनी आमाबुवासँग बेलायतमा बसेकी छिन् । कान्छी बैनी पनि युरोपतिर छिन् । अनि माहिली बैनी काठमाडौंमा बस्छिन् ।
हाम्रो घरमा परिवारका सदस्य सबै सँगै हुँदा धेरै रमाइलो हुन्थ्यो । परिस्थितिले अहिले घर खाली छ जहाँ हामीले गाउँको पर्यटन विकासमा टेवा पु¥याउन होमस्टे चलाएका छौं ।
दुई भाइ गणेशबहादुर र केशबहादुर अनि तीन बहिनी नन्दा, भीमकाशी र हिराकाशी सबैले आआफ्नो क्षेत्रमा राम्रो गरेका छन् । हाम्रो अध्ययन र पालनपोषणका लागि आमाबुवाले धेरै दुःख गर्नुभयो । उहाँहरूले गर्दा नै मैले संसार चिन्ने मौका पाएँ । म आफ्ना आमाबुवाप्रति सदा ऋणी छु । अन्तरआत्मादेखि उहाँहरूको पाउमा पर्दछु ।
आमाबुवापछि सबैभन्दा नजिक रहेर मेरा सपना पूरा गर्न सघाउने पात्र हुन्–जीवनसँगी नेत्रकुमारी । हाम्रा सन्तानलाई हुर्काउन, बढाउन र असल बनाउन उनको भूमिका मेरोभन्दा ठूलो छ । उनले घरव्यवहार सम्हालिन् । मैले छोराछोरीलाई हुर्काउन समय दिन पाइनँ । विश्वविद्यालयको अध्ययन गर्न पोखरा बस्नु प¥यो । अरू बेला पनि स्वाध्ययन र सामाजिक काममा धेरै समय बिताउनु प¥यो ।
कक्षा १० सम्म पढेकी उनले व्यावहारिक अध्ययनमा पिएचडी गरेकी छिन् । जीवनोपयोगी ज्ञान र सीपमा निपुण छिन् । परिवार व्यवस्थापनमा कुशल नेत्रकुमारी हाम्रो परिवारकी देवी हुन् ।
नेत्रकुमारी गुरुङ मेरा छोराछोरी असल छन् । उनीहरूलाई बाटो देखाउने नेत्रकुमारी नै हुन् । हुर्काउन, बढाउन र पढाउन उनले पूरै समय दिइन् । मलाई दुईदुई विषयमा स्नातकोत्तरको अध्ययन पूरा गर्न उनैले सधैं साथ दिइरहिन् । उनले मैन बत्तीझैं आफू जलेर उज्यालो दिइरहिन् । आफूले चाहिँ कलेज पढ्ने समय पाइनन् । यद्यपि पढेरभन्दा परेर धेरै सिकेकी छिन् ।
कक्षा १० सम्म पढेकी उनले व्यावहारिक अध्ययनमा पिएचडी गरेकी छिन् । जीवनोपयोगी ज्ञान र सीपमा निपुण छिन् । परिवार व्यवस्थापनमा कुशल नेत्रकुमारी हाम्रो परिवारकी देवी हुन् ।
हाम्रो विवाह २०४८ साल मंसिरमा भएको थियो । उनको माइती पनि ताङतिङ । पूर्णबहादुर र जौमायाकी छोरी । हाम्रा दुई छोरी र दुई छोरा ससुरालमै हुर्किए । मैले अध्ययन, शिक्षण र सामाजिक काममा धेरै समय बिताउने भएकाले श्रीमती र मेरो ससुराली परिवारले हाम्रो बालबच्चाको स्याहारसुसार र शिक्षादीक्षामा ठूलो योगदान गरेका छन् ।
छोराछोरी सबैले राम्रो शिक्षादीक्षा पाएका छन् । तीन दशकअघि र अहिलेको परिवेशमा धेरै परिवर्तन आएको छ । सूचना, संचार र प्रविधिको विकासले विश्व सानो गाउँ जस्तो भएको छ । विश्व सबैका लागि एक ठाउँबाट अर्काे ठाउँमा आफ्नो क्षमता, ज्ञान र सीप प्रयोग गर्ने प्लेटफर्म बनेको छ । जेठो छोरा होमबहादुर (हितमान)ले विएस्सी पढ्दापढ्दै ब्रिटिस आर्मीमा भर्ना भएर बाजेका पाइला पछ्यायो । छोरीहरू खेमसुवा (ममता) स्टाफ नर्स हुन्, हाल हङकङमा छिन् । कान्छी छोरी भेषकुमारी (गौरी) को स्नातक तहमा पढ्दै गर्दा विवाह भयो । उनी बेलायतमा छिन् । कान्छा छोरा टेकमान १२ कक्षा पढिसक्यो ।
छोराछोरी आआफ्नै सपनाको लहरामा जेलिएका छन् । बुबा सधैं भन्नुहुन्थ्यो, ‘म जस्तै बन्नुपर्छ छोरा ।’ मैले उहाँको इच्छा पूरा गर्न सकिनँ । गाउँमै बसें । मैले मेरो छोराले यतै पढेर विश्वविद्यालयतिर काम गरोस् भन्ने चाहना राखेको थिएँ । तर, काका केशबहादुर, कान्छी फुपू र टोलका साथीसँगी पनि उतै भएकाले ऊ पनि विदेशियो । यसरी हितमान पनि लाहुरे बन्यो । वास्तवमा आफ्नो जिन्दगीको रथ कता कुदाउने भन्ने हात आफैंमा हुन्छ । हाम्रा छोराछोरी जहाँसुकै पुगून्, उनीहरूको शिरमा हाम्रो आशीर्वाद छ ।
मेरी जीवनसँगी नेत्रकुमारी । नेत्रको अर्थ आँखा,उनी मेरा लागि आँखा जत्तिकै प्रिय छिन् । उनी र मैले समाज सेवामा रमाउँदै बाँकी जीवन विताउने अठोट गरेका छौं ।
समुद्रमा पानीजहाज चलाउने क्याप्टेन जस्तै रहेछन् घरपरिवारमा आमा र श्रीमती । धन्य छौं नेत्रकुमारी !
(हिमालय मिलन मावि, कास्कीका प्रधानाध्यापक गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’ पुस्तकको अंश ।)
एक समय पोखरालाई ‘पानी रंगको पाठशाला’ भनिन्थ्यो। अचेल पोखरामा पानी रंगका साथै एक्रेलिक र तैल रंगमा चित्र बनाउने कलाकारको ठूलो जमात छ। पोखराले राष्ट्रियस्तरमै लोकप्रिय कलाकारहरू जन्माइसकेको छ। त्यस्तै एकजना कलाकार हुन्–पदम घले।
अर्धमूर्त चित्र बनाउन रुचाउने घलेको सृजनामा मौलिकता भेटिन्छ। उनी आफ्नो खुसीका लागि कलाकर्म गर्छन्। जब मनमा कुरा खेल्छ तब त्यसलाई बिम्बका रूपमा क्यानभासमा उर्ताछन्। उनका चित्रमा रंगको मीठो संयोजन हुन्छ।
उनी बेलाबेलामा कार्टुन पनि बनाउँछन्। पोखरा र काठमाडौंका पत्रिकामा उनका कार्टुन छापिन्छन्। उनले विसं २०५५ सालबाट कार्टुन बनाउन थालेका। उनको समूहले मर्दी न्यूज डटकम पनि चलाउँछ।
कलाकार पदम घलेको सृजनामा मौलिकता भेटिन्छ। जब उनको मनमा कुरा खेल्छ तब त्यसलाई बिम्बका रूपमा क्यानभासमा उर्ताछन्। उनका चित्रमा रंगको मीठो संयोजन हुन्छ।
कलाकार पदम घले। विगतमा उनले पोखराका केही विद्यालयमा ८ वर्ष कला सिकाए। कलाकर्मबाटै बाँचेका छन्। विशेषतः ल्याण्डस्केप र पोटे«टको डिमाण्ड बढी हुने उनले बताए।
पुख्र्यौली थलो स्याङ्जाको चिलाउनेबास भएका पदम पोखराकै तेर्सापट्टि टोलमा ४९ वर्षअघि जन्मेका थिए। उनका बुबा बेलायती सेनाका रिटायर्ड लाहुरे थिए। उनका बुबा कृष्णबहादुर र आमा अग्निमाया अहिले हुनु हुन्न।
अचेल उनी पोखराकै अर्चलबोटमा बस्छन्। त्यहीँ बसेर जल रंग र एक्रेलिक रंगबाट सुन्दर चित्र बनाउँछन्।
नविन प्राविमा पढ्दैदेखि उनी चित्र बनाउँथे। पछि २०४५ सालमा पोखरेली युवा सांस्कृतिक परिवारमा आबद्ध भएसँगै उनको कला यात्राले व्यापकता लियो। पोखरामा हुने कला प्रदर्शनी, कार्यशाला, स्वअध्ययन र पुस्तक अध्ययनबाट खारिँदै गए उनी। र, समयक्रममा अब्बल कलाकार बने।
उनी बेलाबेलामा गाउँघर डुल्छन्। त्यहाँ बसेर चित्र बनाउँछन्। उनी आफ्नो कामबाट संतुष्ट छन्।
‘म आत्मसंतुष्टिका लागि नै चित्र बनाउँछु’, कलाकार पदमले भने, ‘कलाबाट नाम र दाम दुवै पाएको छु।’
नेपालसहित क्रोसिया, जापान, सर्विया र क्यानेडामा उनको सामूहिक चित्रकला प्रदर्शनी भैसकेको छ।
उनले चार पटक एकल प्रदर्शनी गर्न भ्याइसके। तीन पटक पोखरामा र एक पटक काठमाडौंमा। उनको पाँचौं एकल प्रदर्शनी सर्वियामा हुनेछ। कोरोना महामारीपछि सर्वियामा एकल कला प्रदर्शनी गर्ने योजना छ।
कुमारी हिमाल माछापुच्छे«को आँगन पोखरा कलापूर्ण छ। त्यहाँ आधुनिक सुविधासहित आर्ट ग्यालरीको आवश्यकता देखिन्छ।
पदमले जीवनमा सयौं चित्र बनाइसके। अहिले पनि क्यानभास रंगाएरै लकडाउन सदुपयोग गरिरहेका छन्। उनको कला यात्रा सफल बनोस्, हार्दिक शुभकामना!
गोठाला
कलाकार पदमको चित्रमा गोठाला सारंगी रेट्दैछन्। एक्रेलिक रंगबाट बनाइएको सारंगीको चित्रमा रंगविरंगका फूल छन्। कलाकारले फूलहरूलाई गोठालाको सपनाका रूपमा सजाएका हुन्। हरेक मान्छेका सपना हुन्छन्। गोठाला पनि मीठो सपना देखेर बाँच्छन्। चित्रमा सारंगीको धुनसँगै अरू गोठाला पनि आनन्द लिँदैछन्। अर्को अर्थमा हेर्ने हो भने यसलाई कलियुगका कृष्ण र गोपीनीहरूको चित्रण मान्न सकिन्छ जहाँ कृष्ण सारंगी रेट्दैछन् भने गोपीनीहरू त्यसको धुनमा मन्त्रमुग्ध छन्।
गुरुङ बस्ती
पदमले सन् २०१७ मा बनाएको कास्कीको ल्वाङघलेल गाउँको चित्रमा गुरुङ बस्तीको सौन्दर्य छ। मनसुनी याममा बस्तीको शिरमा कुमारी हिमाल माछापुच्छे« लजाएको छ भने चारैतिर हरियाली वातावरण देखिन्छ। गाउँले अर्थतन्त्र कृषिमा निर्भर छ। यही कुरा उनले चित्रमा दर्शाएका छन्।
ग्लोवल वार्मिङ
विकासका नाममा मानिसले विनास गर्दै गएकाले वातावरण बिग्रंदै गएको छ। ग्लोबल वार्मिङले पर्यावरणमा धेरै खाले परिवर्तन ल्याएको छ। हिउँदमा जाडो कम, गर्मीमा गर्मी कम हुने गरेको छ। वातावरणमा असंतुलन देखिएको छ। पदमको चित्रले त्यही परिवर्तन झल्काएको छ।
शिवरात्रि
हरेक वर्ष शिवरात्रिका अवसरमा भारतबाट काठमाडौंको पशुपतिनाथमा नागा बाबाहरू आउँछन्। उनीहरू गाँजा, भाङ र धतुरो खान्छन्। कतिपय बाबाले खेला पनि देखाउँछन्। पशुपतिनाथमा भारतीय बाबाहरू आउने संस्कारको प्रतिनिधित्व गरेको छ उनको चित्रले।
रेन्बो ट्राउट
केही वर्ष यता काठमाडौं, पोखरा, सिन्धुपाल्चोक, नुवाकोट लगायत ठाउँमा रेन्बो ट्राउट माछा पालन फष्टाएको छ। जहाँजहाँ ट्राउट पालिएको छ त्यहाँत्यहाँ रेष्टुराँ खुलेका छन्। धार्मिक हिसाबले समेत माछाको ठूलो महत्व छ। भगवान विष्णुले पनि मत्स्य अवतार लिएर राक्षसहरूको वध गरेको पौराणिक कथा छ। माछालाई मत्स्यदेवीका रूपमा पूजिन्छ। पदमले त्यही धार्मिक पाटो उजागर गरेका हुन्।
नेवार बस्ती
काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरमा नेवार समुदायको घना बस्ती छ। उपत्यकाका आदिवासी हुन् नेवार। उनीहरू प्राचीन कला र परम्परागत संस्कृतिले समृद्ध छन्। त्यही समृद्धि झल्काउँछ उनको चित्रले।
पूर्वेली सभ्यता
स्वस्थ जीवनका दृष्टिले पूर्वीय दर्शन वैज्ञानिक देखिन्छ। कलाकार पदमको चित्रमा योग, नृत्य, चोखो जल झल्काइएको छ। उनको चित्रले आजको व्यस्त जीवनमा स्वस्थ रहन हामीले पूर्वीय जीवन दर्शन अनुकरण गर्नुपर्ने सन्देश दिन्छ।
साँढे
साँढे शक्तिका प्रतीक हुन्। कतिपय मानवीय गुण साँढेसँग पनि मिल्ने पदमको ठम्याइ छ। नकारात्मक र सकारात्मक दुवै गुण मिल्न सक्छन्। साँढे भगवान शिवको वाहन हो। किसानले साँढेलाई खेतबारी जोत्न पनि प्रयोग गर्छन्। साँढेमा सौन्दर्य पनि देखिन्छ।
बुद्ध
अहिंसाका प्रतीक हुन् भगवान् बुद्ध। प्रकृतिसँग उनको सामीप्य थियो। उनले प्रकृतिकै आँगनमा बसेर बुद्धत्व प्राप्त गरे। पदमको चित्रमा बुद्धको वरपर सुनगाभा फूलेका छन्। वर्तमान विश्वलाई बुद्धवाणी आवश्यक देखिन्छ।
घोडा
घोडा अर्थात् शक्ति र सुन्दरताको प्रतीक। मान्छेको सहयोगीका रूपमा घोडाले काम गर्छन्। घोडा मान्छेको विश्वासिलो सहयोगी हो। सन् २०१५ मा बनाइएको चित्रमा सप्तरंगी झलक देखाइएको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...