लकडाउन डायरी
२१ जेष्ठ २०७७
•
३ मिनेट पाठ
लकडाउन डायरी
आयुषा बास्तोला ,




कक्षा– ५,

लिटल वन्डर्स स्कुल, कपन, काठमाडौं ।

मेरो नाम आयुषा बास्तोला हो । म  १० वर्षकी  भएँ ।  म ५ कक्षामा पढ्छु । मेरो विद्यालयको नाम लिटल वन्डर्स स्कुल हो । यो स्कुल कपन मिलनचोकमा छ र यहाँ शिशुदेखि ५ कक्षासम्म पढाइ हुन्छ । मलाई मेरो विद्यालय असाध्य मनपर्छ ।  

चैत ५ गतेदेखि हाम्रो परीक्षा सकिएर  हाम्रो विद्यालय बन्द भएको थियो । त्यतिबेला म मामाघरमा बसेकी थिएँ । चैत १० गतेदेखि  लकडाउन सुरु  भएको  थियो । लकडाउन  सुरु भएदेखि म आफ्नो मामाघरमा बसिरहेकी छु । लकडाउन भएपछि मेरो दिनचर्या फेरिएको छ । बिहान म ७ बजेतिर उठ्छु । त्यसपछि म ब्रस गर्छु, दूध खान्छु र एकछिन भाइबहिनीसँग खेल्छु । त्यसपछि माम खान्छु । दिउँसो  एकछिन टेलिभिजन हेर्छु र पढ्छु  । बेलुका फेरि म एकछिन भाइबहिनीसँग खेल्छु अनि राति मामा खाएर सुत्छु ।  

मेरो मामाघरमा हामी दश जना छौं । मेरा भाइ र बहिनी पनि मसँगै बसेका छन् । म, भाइ र बहिनी विभिन्न क्रियाकलाप गरेर समय बिताउँदै छौें । जस्तै विभिन्न खेल खेलेर, पढेर, एकछिन मोबाइल हेरेर, नयाँ चित्र बनाएर आदि । 

मलाई टिकटक बनाउन पनि रुचि लाग्छ । मैले यो समयमा तीनचार वटा टिकटक पनि बनाएकी छु । त्यसबाहेक मैले कोठा सफा गर्न, चाउचाउ पकाउन, लुगा मिलाउन, तरकारी काट्न, कपाल कोर्न आदि सिक्ने अवसर पाएँ । मलाई नाच्न, गीत सुन्न, भाइबहिनीलाई खेलाउन, टेलिभिजन हेर्न, पढ्न र ब्याडमिन्टन खेल्न मनपर्छ । मलाई यी सबै क्रियाकलाप गर्न सिक्दा एकदम रमाइलो लागेको छ ।

मलाई लकडाउनमा फसेका मानिसहरूको समाचार सुन्दा नराम्रो लागेको छ । कोरोना भाइरसले गर्दा सबै कलकारखाना, उद्योग, विद्यालय, कार्यालय बन्द छन् जसको कारणले सबैलाई असर परेको छ । उद्योगहरू बन्द हुनाले मानिसहरूले रोजगारी गुमाएका छन् । विद्यालय बन्द हुनाले विद्यार्थीको पढाइमा असर परेको छ । लकडाउनका कारण गाडीहरू बन्द हुनाले मानिसहरू बाटैमा अलपत्र परेका छन् ।

 मलाई मजस्तै केटाकेटीहरूले खान नपाएको, लाउन नपाएको र बाबाममीसँग बस्न नपाएको समाचार सुन्दा एकदमै चिन्ता लाग्छ । किनभने उनीहरूलाई पनि भोक लागेको हुन्छ तर खाना दिने मान्छे कोही हुँदैन । यो समय मानसिक रूपमा पनि कमजोर हुन्छन् । तर, सहारा दिने कोही हुँदैन । अरूको सहयोगमा जीवनयापन चलाउने बालबालिकाहरूको जीवन निकै कष्टकर भएको देख्दा मलाई निकै माया लाग्छ । अहिले म आफै सानो छु । त्यसकारण धेरै सहयोग गर्न त सक्दिन होला । तर, मसँग भएका पुस्तकहरू, मैले खेलेका खेलौनाहरू र कहिलेकाहीँ  खाजाहरू लिएर सहयोग गर्न सक्छु ।
घरमा बस्दा मैले मेरा साथीहरू जिजेल, पासाङ ल्हामु, प्रिन्सु, जेनी र रियानालाई सम्झिरहेकी छु । उनीहरू मेरा सबैभन्दा मिल्ने साथी हुन् । त्यसैले मलाई ती साथीहरूको धेरै याद आइरहेको छ । लकडाउन खुलेपछि म साथीहरूलाई भेट्न जान्छु ।

लकडाउनको यो समयलाई मैले परिवारसँग बसेर नयाँ काम गर्ने अवसरको रूपमा लिएकी छु । जुन कामहरू हामीले दैनिक जीवनमा गर्नुपर्छ । ती कामहरू आमा, मामा माइजू र दिदीहरूसँग बसेर सिक्न पाउँदा मलाई निकै रमाइलो लागेको छ । मेरा साथीहरूलाई पनि यस्तै नयाँनयाँ कामहरू सिक्न सल्लाह दिन्छु ।

अन्त्यमा यो कोरोना  भाइरसको औषधि छिटै पत्ता लागोस्, कोही  पनि यो रोग लागेर मर्नु नपरोस्  र संसारभरिका मान्छेले खुसी प्राप्त गरुन् भन्ने मेरो चाहना छ ।
अर्को समाचार
छोरी ऋषिकाको लकडाउन डायरी
३० जेष्ठ २०७७
•
३ मिनेट पाठ
छोरी ऋषिकाको लकडाउन डायरी
विन्दु अधिकारी ढकाल




विसं ०७६ चैत ११ गतेदेखि शुरू भएको लकडाउन ०७७ जेठ २९ सम्म आइपुग्दा ठ्याक्कै ८० दिन भएछ । जन्मेर तातेताते गर्दै हिँड्न थालेदेखि मलाई यति लामो समय घरको घरै बसेको थाह थिएन । आफ्नो आँगन कटेर न कतै जान हतार थियो न धपेडीमा कुनै काम नै गरियो । पढ्न स्कुल पनि जानु परेन । 

उसो त भारी ब्यागमा आफ्ना कापी– किताबसमेत खाँदेर मेरा केही साथीहरू गाउँ गए । मचाहिँ उपत्यका छोडेर कतै गइन । एक त परिवार हामी सबै यतै छौं । कोरोना महामारीले विश्व नै लकडाउनको बेला धेरै आत्तिएर पनि भएन र कतै सहज पनि थिएन । बरु समयको कसरी सदुपयोग गर्ने होला भनेर सोच्न थालें ।  

३१ डिसेम्बर २०१९ का दिन चीनको वुहानबाट शुरू भएको कोरोना भाइरस (कोभिड–१९) एक प्रकारको सरुवा रोग भनेर पत्ता लगाइसकेपछि र यस विषाणुको औषधि अथवा खोप नबनिसकेको हुनाले संक्रमणबाट बच्न एकाएक स्कुल–कलेजहरू बन्द भए । पहिल्यै नेपाल सरकारले फागुन ५ गते भित्रमा देशैभरिका सामुदायिक तथा निजी विद्यालयलाई वार्षिक परीक्षा लिइसक्नु भनेर सूचना जारी गरे । 

कतिले यथासक्य रूपमा गरे, कतिले गर्दै थिए । तर अन्तर्राष्ट्रिय उडानमार्फत यता नेपालमा पनि रोगको संक्रमण फैलिएपछि हवाईउडान लगायत सबै किसिमका कामधन्दा बन्द गरियो । यस्तो अवस्थामा अत्यावश्यक सेवा– दूध, पानी, इन्धन, औषधि र खाद्यान्न ओसारपसारबाहेक कोही कतै हिँड्न पनि भएन ।

कोरोना महामारीको जताततै त्रास फैलिएको थियो । त्यस्तो बेला उद्योगधन्दा कलकारखाना सबै बन्द गरियो । दुई पाइला कतै हिँड्न पनि बन्देज थियो । देशविदेशका विभिन्न संचार माध्यमले कोरोना महामारीबाट बच्न घरमै बन्दी हुनु भरपर्दो उपाय भनेपछि शुरुवाती दिन मजा लाग्यो । किनकि हामी स्कुलेहरूको दिनचर्या सधैं घोक्नु र रट्नु मात्रै थियो । कति पढ्नु ? वाक्कदिक्क थियो मन । कहिलेकाहीं पढ्नु नपरेको दिन कस्तो होला भन्ने लाग्थ्यो । तर, यसरी लामो समय घरैमा बस्दा स्कुल जानु साथीहरूसँग मिलेर पढ्नु, लेख्नु, खेल्नु र खानुको महत्व कस्तो हुने रहेछ भन्ने बुझे ।
त्यति मात्र कहाँ हो र !  चैत ६ गतेबाट हुने एसइईमा धेरै अंक ल्याउन मजैले लेख्छु भन्ने सोच थियो । तर दुर्भाग्य ५ गते   साँझको समाचारमा शिक्षा मन्त्रालयको निर्णय तत्काल परीक्षा नहुने भनेर खबर आयो । तैपनि निराश थिइन । पढाइलाई कसरी व्यवस्थित गरेर फुर्तिलो भइरहने कतैबाट सही जवाफ पाउने अवस्था थिएन । उही कुरा सम्झेर बसिरहने अवस्था पनि थिएन । अतः त्यसबेला मामुलाई घरको सरसफाइदेखि खाना पकाउन सघाउन थालें । दाजुबहिनीले युटयुवको सहायतामा मम जस्ता मनपर्ने परिकारहरू बनायौं ।    

साथीहरू बाबाममीसँगै सधैं घरमै बसेको देख्थें । मेरो बाबा भिमप्रसाद ढकाल एसएसपी हुनुहुन्छ । उहाँ एक दिन पनि हामीसँग बस्न पाउनुभएको छैन । जतिसुकै कडा लकडाउन होस् अथवा शनिबार छुट्टीको दिन प्रहरी सेवामा आबद्ध उहाँको काँधमा तीनटै उपत्यकाको ट्राफिक भार थियो । उहाँ चौबिसै घण्टा खटाइ भएकाले बसाइ पनि कार्यालयमै हुन्थ्यो । 

यो डायरी लेख्दै गर्दा जेठ २७ गते मन्त्रिपरिषद्को निर्णय कोरोना कहरको अवस्थामा धेरै विद्यालयहरूलाई क्वारेन्टिन बनाइएको र संक्रमण फैलिने क्रम पनि नरोकिएकाले सम्बन्धित विद्यालयहरूले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीको एसइई ग्रेड निर्धारण गर्नु भनेर खबर आयो  । यो खबर सुन्दा अप्ठेरो भारी बिसाएझैं भयो । 

बन्दाबन्दीमा साथीहरूसँग फोनमा, भाइबर र इमोबाट कुरा गर्दै अंग्रेजी र नेपालीका केही उपन्यासहरू पढें । समय मिलाएर पेन्टिङ पनि गरें । गीत गाउने रहर थियो । दुईचारवटा गीत पनि राम्ररी नै गाएछु । त्यसमा कम खुशी लागेको छैन । घरमा दादा र मामुसँग बोल्दा ससानो कुरालाई ईख लिएर ‘तिलको पहाड’ बनाउन मलाई कहिल्यै आएन । हामी साथीजस्तै हँस्सीमजाक गर्छौं । उता बाबालाई पनि फोन गरेर समयमा खाना खान र स्व्ँस्थको  ख्याल राख्नुस् है भनेर बेलाबेलामा भनिरहन्छु ।

स्कुले भाइबहिनीहरू,  तिमीहरूभन्दा म केही ठूली भए पनि ११ पढ्ने तरखर मात्रै त हो । कलेज धाउने समय तिमीहरूको स्कुलजस्तै अन्योल बेलामा आफ्नो अनुभव सुनाउन पाउँदा आज अत्यन्तै खुशी छु । आशा छ, लकडाउनको बेला मैलेझैं तिमीहरूले पनि यस्तै असल काम गरेर दिन बिताउँदै छौ । यसपटकलाई यति भन्दै म ऋषिका पनि बिदा भएँ है त !      
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस