लकडाउन र अनलाइन कक्षा
२२ जेष्ठ २०७७
•
४ मिनेट पाठ
लकडाउन र अनलाइन कक्षा
सजिना श्रेष्ठ




कक्षाः १०

विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौँ

“लकडाउन त समय अवधि मात्रै हो यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने हाम्रै हातमा छ ।”

अहिले महामारीको रूपमा फैलिएको  कोभिड १९ ले विश्वमा तहल्का मच्चाइरहेको छ्र । यो अवस्थामा विश्वभरका मानिस नै आफ्ना नित्यकर्मबाट वञ्चित भएर बसेका छन् । कोरोना महामारीले जीवनको हरेक पक्षलाई बाधा पुरयाउन हिचकिचाएको छैन । घातक कोरोना भाइरसले देशव्यापी रूपमा बन्दाबन्दी, उडानहरू बन्द, शैक्षिक संस्थाहररू बन्द गर्ने र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको अवस्था छ।

नेपालमा पनि कोरोना संक्रमित भेटिएसँगै दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ र यो नेपालका लागि अझ जोखिमपूर्ण बन्दै गएको हामी आफैँ महसुस गर्न सक्छौं । बढ्दो कोरोना संक्रमित फेला परेसँगै लकडाउन अझै लम्बिँदै गएको छ । लकडाउनको अवधि बढ्दै जाँदा जनताका माग र प्रश्नहरू पनि बढ्दै गएका छन् ।

लकडाउनले जीवनमा थुप्रै चुनौतीहरू ल्याएको छ । यो अझै बढ्दै जाने हो भने देशको आर्थिक, शैक्षिक र विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुग्न सक्छ भन्ने सबैको भनाइ छ । तर, यस्तो बेलामा हामीले धैर्य राख्न सिक्नुपर्छ । हामीसँग अरू कुनै पनि विकल्पहरू छैनन् । हामी सबै जना एकजुट भएर नेपालको सभ्य नागरिक बनी लकडाउनको राम्रोसँग पालन गर्यौँ भने संक्रमितको संख्या घट्दै जान्छ भन्ने मलाई लाग्छ ।

कोरोना महामारीले विश्वव्यापी रूपमा प्रभाव पारेको छ र धेरैजसो क्षेत्रहरू प्रभावित भएका छन् । ती क्षेत्रहरूमध्ये शिक्षा क्षेत्र पनि एक हो । विश्वभरका विद्यार्थीहरू महामारीको डरको बीचमा लागू गरिएको लकडाउनको क्रममा आफ्नो शिक्षामा मूल्यवान् समय गुमाइरहेका छन् । परिस्थितिले विद्यालय बन्द गर्न बाध्य पारेको छ र विद्यार्थीहरू पनि घरमै बस्न बाध्य छन् ।

हरेक वर्ष वैशाख महिनामा विद्यार्थी भर्ना प्रक्रिया सम्पन्न हुन्थ्यो भने अहिले जेठको अन्तिमतिर आइपुगेका छौं तर अझै लकडाउन सिद्धिने निश्चित भएको छैन । यसकारण न त भर्ना प्रक्रिया सुरु नै भएको छ न त बालबालिकाहरू विद्यालय जान पाएका नै छन् । अहिले विद्यालय सुरु गरेको दुई महिना सम्पन्न हुने बेलासम्म पनि विद्यार्थीहरू विद्यालय जान पाएका छैनन् । यति मात्र नभएर कतिपय विद्यालयहरूको विद्यालय तहका परीक्षा पनि सम्पन्न हुनसकेको छैन । 

यो लकडाउनको बेला धेरै अभिभावकहरू आफ्ना बालबालिकाको शिक्षाका लागि चिन्तित देखिन्छन् । उनीहरू आफ्ना बालबालिकाको शिक्षा आर्जन भने नरोकियोस् र  लकडाउनले उनीहरूको भविष्यमा कुनै पनि खालको नकरात्मक असर नपरोस भन्ने चाहन्छन् ।

अहिले यस्तो संकटको सामना गर्दागर्दै पनि विभिन्न विद्यालयहरूले अनलाइन कक्षा सुरु गर्न थालेका छन् । विद्यालयले विद्यार्थीहरूको शिक्षाका लागि अति नै उचित अवसर प्रदान गरेका छन् । अनलाइन कक्षाहरू स्काइप, जुम, म्यासेन्जर, भाइबर आदि  माध्यमबाट सञ्चालन गरिरहेका छन् । विद्यार्थीहरूले पहिला इन्टरनेटको प्रयोग समाजीकरण र लकडाउनमा मनोरञ्जन गर्न प्रयोग गरिरहेका थिए भने अहिले उनीहरू आफ्नै शिक्षाका लागि प्रयोग गरिरहेका छन् । यो पनि एउटा राम्रो पक्ष हो ।
अध्ययन मात्र होइन, व्यायाम, संगीत, प्रेरणादायी बन्ने, लेखकसँग कुराकानी र अन्य सबै सम्भावित गतिविधिहरू लगायतका धेरै अतिरिक्त पाठ्यक्रमका गतिविधिहरू अब भर्चुलाइज गरिएको छ । यो एक अर्काबाट टाढा भए पनि संसारलाई सक्षम बनाउँदै सबैका लागि कुराकानीका लागि यो महत्वपूर्ण अवसर हो। अनलाइन कक्षाबाट यस्ता गतिविधिहरू मात्र नभएर प्रतियोगिता पनि सञ्चालन गर्न सकिन्छ ।

तपाईंहरू सबै जना यो कसरी सम्भव छ भनेर सोचिरहनुभएको होला । सुरुमा त मलाई पनि यस्तै  लागेको थियो । अनलाइन प्रतियोगिता कसरी सञ्चालन गरिने रहेछ भन्ने कुरामा खुलदुली भइरहेको थियो तर विश्व धूमपानरहित दिवसको अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित “सुर्तीजन्य उद्योगहरूले गर्ने छलकपटपूर्ण प्रवर्द्धनबाट युवाहरूलाई बचाऔं र उनीहरूलाई धूमपान तथा निकोटिनबाट हुने असरहरू रोकथाम गरौं” विषयक देशव्यापी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकलामा म विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको प्रतिनिधित्व  गर्दै  सहभागी भएकी थिएँ र मैले यस प्रतियोगितामा द्वितीय स्थान समेत हासिल गर्न सफल भएँ । 

साँच्चै नै यो अनुभव मेरा लागि अविस्मरणीय थियो । यस प्रतियोगितामा सहभागी भएर मात्रै मैले अनलाइन कक्षाद्वारा पनि प्रतियोगिताहरू सञ्चालन गर्न सकिने रहेछ है भन्ने कुरा थाहा पाएँ । वक्तृत्वकला मात्र नभई अरू नृत्य, संगीत, वादविवाद आदि प्रतियोगिताहरू पनि सञ्चालन गर्न सकिने रहेछ भन्ने कुरा मैले राम्रोसँग थाहा पाएँ । अनलाइन कक्षाले मलाई राम्रो अनुभव प्रदान गरेको छ ।

अन्त्यमा, यो लकडाउन घरभित्र मात्रै बस्नका लागि नभई सिर्जनात्मक कार्यहरूको निम्ति समय दिने उचित मौका हो जस्तो मलाई लाग्छ । यदि सबैले लकडाउनको सदुपयोग गर्न सिक्यौं भने लकडाउन सबैका लागि सुनौलो अवसर बन्न सक्छ । विद्यार्थी जीवन धेरै महत्वपूर्ण हुन्छ र यो लकडाउनले हामीलाई हाम्रो सिर्जनामा रमाउनका लागि सुनौलो मौका दिएको छ । यसलाई राम्रोसँग उपयोग गर्नु हाम्रो कर्तव्य पनि हो । नेपालको एक सभ्य नागरिक बनी लकडाउनको पालना गरौं, घरभित्र बसौँ र कोरोनालाई ननिम्त्याऔं  ।
अर्को समाचार
विद्यालय सञ्चालन हुन थाले
१७ भदौ २०७८
•
२ मिनेट पाठ
विद्यालय सञ्चालन हुन थाले
सामुदायिक विद्यालयले करिब पाँच महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छन्। कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका  विद्यालयले स्वास्थ्यमापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन्।




सरकारले अघि सारेको ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेका जनाएका छन्। ग्रामीण क्षेत्रका विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो। अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले सङ्क्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको जानकारी दिए।  

कार्यपालिकाको निर्णयअनुसार १०  माविसमेत सबै ३७  विद्यालय खुल्ला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययन/अध्यापन सुरु भएकामा कोरोना देखिएपछि तीन विद्यालय बन्द छन्। ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । मावि तहका विद्यालयमा १५० जनाको हाराहारीमा विद्यार्थी छन् ।

एउटा कक्षाकोठामा २०–२५ बढी विद्यार्थी नभएकाले कोरोनाको सक्रिय सङ्क्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको तर्क छ । न्यून विद्यार्थी भएको, पातलोबस्ती भएका स्थानका विद्यालय सबै खुला गरे पनि गाउँपालिका केन्द्र रहेका र अलि बढी विद्यार्थीको चाप भएका विद्यालयले भने विद्यार्थीको जोरविबोर रोल नम्बरको आधारमा कक्षा सञ्चालन गरेका छन्।  

केही विद्यालयले भीड हुने जनाउँदै बार अनुसार कक्षा चलाएका छन । शिक्षक, विद्यार्थी र समुदायमा सङ्क्रमण देखिए बन्द गर्ने र स्वास्थ्यमापदण्डको पूर्ण पालना गराई भौतिक रूपमै विद्यार्थी राखेर पढाइ सुरु गर्न निर्देशन दिएको मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए।  

'विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । समुदायमा कोरोना सङ्क्रमण पनि नभएपछि पढाइ किन बन्द गर्ने,' उनले भने,'जोखिमको आकलन गरी व्यवस्थापन समितिले स्कुल खुलाउने भनेका हौं।' सदरमुकाम बेनीका विद्यालयमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी देखिएको छैन।

गत वैशाख २२ गतेदेखि निषेधाज्ञा भएपछि गाउँका घरफर्केका विद्यार्थी पुनः विद्यालयको सम्पर्कमा आएका छैनन्। केही अभिभावकको बुझाइमा अनलाइन कक्षा शुल्क उठाउने माध्यममात्र भएको छ। तर केही निजी विद्यालयले भने अनौपचारिक पोशाकका विद्यार्थी बोलाएर पढाउन थालेका छन्।  

'हामीले भर्चुअलबाट अनलाइन पढाइ गरेका छौं । तर अनलाइन कक्षा भौतिक कक्षाको तुलनामा कम प्रभावकारी देखिएको छ । हाम्रो विद्यालयमा बहुसमुदायबाट विद्यार्थी आउने भएकोले तत्काल भौतिक रूपमा खुल्ने अवस्था छैन,’ सदरमुकामस्थित प्रकाश माविका प्रअ हरिकृष्ण सुवेदीले भने,‘अनलाइन कक्षालाई सकेसम्म प्रभावकारी बनाउने प्रयासमा छौं।’ 

रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस