अनलाइन कक्षा
०७ असार २०७७
•
३ मिनेट पाठ
अनलाइन कक्षा
सरस्वती श्रेष्ठ ‘सरू’




संसारभर कोरेना  महामारीको फैलिएको कारण देश दुई महिना पूरै बन्दाबन्दीमा बित्यो । असारको सुरुवातसँगै बन्दाबन्दी केही खुकुलो गरियो । खुकुलो गरिएसँगै दिनानुदिन संक्रमितहरू बढिरहेको छ । त्यसैले सर्वसाधरणमा त्रास फैलिनु स्वाभाविक छ । यस्तो विषम परिस्थितिको असरबाट विद्यालय र विद्यार्थी पनि अछुतो रहन सकेन । सरकारले असार एक गतेबाट अनलाइन कक्षा संचालन गर्ने भनेपछि सबैतिर यसको प्रभाव कस्तो रहेको छ त भन्ने विषयलाई लिएर पोखरा महानगरपालिका –१३ मा अवस्थित ताराकुञ्ज सेकेण्डरी स्कुलका ६ कक्षाका नानीहरूको टेलिफोन वार्ता यहाँ प्रस्तुत गरिएको छ । 

रिवाज –  हेल्लो रिती, सन्चै छौ ?

रिती  –  हजुर रिवाज, म सन्चै छु, तिमी नि ?

रिवाज – म पनि यतिञ्जेल सन्चै छु । के गरेर बसेकी छौ घरमा ? कोरोनाको यो महामारीले स्कुल बन्द भयो । पढ्न पाइएन । साथीहरू भेट्न पाइएन । कस्तो दिक्कलाग्दो समय हो ।  

रिती  – म अहिले गृहकार्य गर्दैछु रिवाज । अनलाइन कक्षा चलिरहेको छ नि । साँच्चि  अनलाइन कक्षामा देख्दिनँ नि  । के भयो तिमीलाई ?

रिवाज –  अँ हेर न आउने प्रयास गरेको हो तर मिलेन ।  

रिती  – हँ के भयो र त्यस्तो ?

रिवाज – तिमीलाई यो अनलाइन कक्षा कत्तिको प्रभावकारी लागेको छ रिती ?

रिती   – केही नहुनुभन्दा त केही हुनु राम्रो हो नि होइन र रिवाज ?

रिवाज  – त्यो त हो तर मजस्तै समस्यामा पर्ने कति होलान् ? पढ्न चाहेर पनि पढ्न नसकेका । हाम्रोमा हेर न बाबाको काम यतिबेला ठप्प छ । कमाउन सक्नुभएको छैन । उहाँसँग एउटा सामसुङको पुरानो मोबाइल छ । जुन मैले अहिले तिमीसँग कुरा गरिरहेछु । यो मोबाइलमा पहिला त जुम एप डाउनलोड गर्न नजानेर हैरान । पल्लो घरको काकाले डाउनलोड गरिदिनुभयो । त्यो पनि संसार जितेको अनुभव भयो । अब पढ्न पाइने भयो भनेर रमाएको त कक्षामा जोडिन मुस्किल भयो । म्याथ सरको आवाज यसो के सुनेथें,  अड्केर आयो आवाज । पढाएको केही बुझिन । यत्तिकै कक्षा सकियो । पछि जितलाई सोधेको उसले त राम्रै भएको सुनायो । मेरो मात्रै किन यस्तो भयो ?

रिती  – यसको कारण धेरै छन् रिवाज । एक त यतिबेला देशैभरि इन्टरनेटबाट विभिन्न कामहरू भइहेछन् । सबैले एकैपटक चलाउँदा नेटवर्कले काम गर्न ढिला भएको हुन सक्छ । अर्को हाम्रो डिभाइस पनि भर पर्छ के । नयाँनयाँ भर्जनको मोबाइल, ल्यापटप भए राम्रै हुन्छ । नत्र यस्तै समस्या हुन्छ रिवाज ।

रिवाज  – ए के गर्नु त, अहिले नयाँ किन्न सकिन्न भन्नुहुन्छ बाबा । अब मेरो पढाइ छुट्ने भयो । म पछि पर्ने भएँ ।

रिती   – नआत्तिऊ रिवाज । पछि पूरै बन्दाबन्दी खुलेपछि हाम्रो भेट भैहाल्छ नि । म अहिले पढेको जति नोट बनाएर राख्छु । तिमी मेरो नोट सार्न सक्छौ । ए साँच्चि सुन त, प्याव्सनले नेट नहुने ठाउँका लागि भनेर टिभीमा पढाइ संचालन गरेको छ भन्नुहुन्थ्यो सरले । यसो टिभी खोलरे बुझ्न । अझ सरकारले त टिभी नहुनेका लागि रेडियोबाट पनि पढाउन थालेको छ रे ।
रिवाज  – ए हो र ? उसो भए त म अहिल्यै टिभी खोलेर बुझ्छु । तिमीसँग कुरा गरेर पाइदै भयो ।  

रिती  – हुन्छ रिवाज अहिले छुटौं । नबुझेको कुरा फेरि छलफल गरौंला ।

रिवाज – हुन्छ रिती बाई ।

रिती  – बाई रिवाज ।

(दुवै बिदा हुन्छन् । )
अर्को समाचार
अनलाइन कक्षा चलिरहकै राम्रो
२८ साउन २०७७
•
२ मिनेट पाठ
अनलाइन कक्षा चलिरहकै राम्रो

इस्तिका दाहाल,

कक्षा– ५,

गण्डकी बोर्डिङ स्कुल, लामाचौर, कास्की ।

अहिले कोराना महामारीको कारण सबैतिर स्कुल बन्द छन्। स्कुलमा गएर पढ्ने र पढाउने वातावरण पनि छैन । मैले ४ कक्षाको एक्जाम दिएपछि स्कुल जान पाएकै छैन । स्कुलका साथी स्कुल धेरै मिस गर्छु। कोरोना भाइरसको महामारी सुरु भएको ३ महिना जति त के गर्ने स्कुल कहिले लाग्ने हो भन्ने अन्यौल नै थियो ।




कुनैकुनै कुनैकुनै स्कुलले बैसाखबाटै अनलाइन कक्षा सुरु गरेका भए पनि मेरो स्कुलले भने जेठको अन्तिमबाट अनलाइन कक्षा सुरु गरेको छ भने अझै  कतिपय स्कुलले अनलाइन कक्षा सुरु गर्न सकेका छैनन् । अनलाइन कक्षाहरू गुगल मिट, जुम मिटहरूबाट हुने गर्दछ । मेरो स्कुलले पनि २ घण्टाको अनलाइन कक्षा सुरु गरेको छ। अनलाइन कक्षा सुरु नहुदै बाबाले कक्षा ५ को नयाँ बुक त किनेर ल्याइदिनु भएको थियोे तर बुक मात्रै भएर पनि पढ्नै मन नलाग्ने कताबाट कुन पाठ पढ्न सुरु गर्ने भनेर पढ्न नै मन नहुने।

हिजोआज मेरो पनि अनलाइन कक्षा चलिरहेको छ। मेरो अनलाइन कक्षा ११ बजेदेखि १ बजेसम्म हुन्छ । स्कुलमा झै एउटा कक्षा ४५ मिनेटको हुन्छ । मेरो १ दिनमा २ वटा कक्षा हुन्छ। होमवर्क पनि टिचरले अनलाइनमै दिनुहुन्छ । होमवर्क सकेपछि कम्पियुटरबाट स्क्यान गरेर म  आफैंले   पठाउँछु। स्क्यान गर्न सुरुमा बाबाले सिकाइदिनुभयो अहिले त त्यो पनि आफैं गर्छु। अनलाइन कक्षाबाट पढ्न सुरु गरेपछि मेरो आफ्नै  गुगल आइडी पनि छ।

अनलाइन कक्षामा सबै विद्यार्थीहरूले पढ्न पाएका हुँदैनन् । कसैको घरमा इन्टरनेट हुन्न भने कसैका बाबाममीसँग इन्टरनेट चल्ने मोबाइल समेत हुँदैन । अनलाइन कक्षाहरू स्कुलका कक्षाकोठामा बसेर पढे जस्तो भने हुँदैन । कहिले बत्ती जाने प्रबल्म भने कहिले इन्टरनेटको प्रबल्म। हामी शहरबजारमा बस्नेलाई त यस्तो छ भने गाउँमा कसरी हुन्छ होला अनलाइन कक्षा ।

अनलाइन कक्षामा टिचरहरूले राम्रोसँग सबैले बुझ्ने गरी पढाउनुहुन्छ तर केही साथीहरूले कक्षा चलिरहेकै बेला अनावश्यक हल्ला गर्ने अरू बेलाझै हेलोहाई भनेर च्याट बक्समा नचाहिने कुराहरू पनि लेख्छन्। अनलाइन कक्षामा मलाई त रमाइलो लाग्छ। आफ्नो कक्षाका साथीहरूलाई देख्न पाइन्छ । बेस्ट फ्रेन्डहरूसँग नभेटेको ५ महिना भयो अनलाइनबाटै भए पनि भेट्न पाइन्छ । मेरो अनलाइन कक्षाहरू राम्रो चलिरहेको छ। अरू स्कुलहरूले केही समय अनलाइन कक्षा पनि बन्द गरेका थिए तर मेरो स्कुलमा भने बन्द भएन। स्कुल लाग्दाको झै शनिबार अनि चाडपर्वमा भने अनलाइन कक्षा हुँदैन । अनलाइन कक्षाले केहीलाई फाइदा पुर्याएको छ भने केहीलाई बेफाइदा । टाढाटाढा गाउँघरतिरका सरकारी स्कुलहरूमा अनलाइन कक्षा हुन सकेका छैनन् । घरमा खेलेर टिभी हेरेर टाइम पास हुनुभन्दा अनलाइन कक्षा भएको राम्रो । कोरेना भाइरस ठीक नहुने बेलासम्म अनलाइन कक्षाहरू चलिरहेकै राम्रो हो।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस