जन्मदिन
२६ असार २०७७
•
४ मिनेट पाठ
जन्मदिन
अरुणबहादुर खत्री “नदी”
अरुणबहादुर खत्री “नदी”




आफ्नो जन्मदिन आउनै लाग्दा सन्ध्याले आमासित रहर पोखिन् ‘आमा, यसपालि मेरो जन्मदिनमा स्कुलमा पढ्ने साथीहरूलाई बोलाएर केक काटेर खुवाउँछु है ।’

आमाले भन्नुभयो, ‘छोरी,  केक खाटेर खुवाउँदा थोरै पैसाले पुग्दैन । धेरै पैसा चाहिन्छ । त्यसैले चकलेट किनेर बाँडे भैहाल्छ नि।’

सन्ध्याले एकोहोरो आमालाई भनिरहिन् । त्यसपछि सन्ध्याकी आमाले भनिन्,‘तिमीलाई केक काटेर खुवाउन मन लागेको छ भने तिम्रो बुबासंग केक अर्डर गर्न एक हजार रुपैया माग न त ।’  

‘हुन्छ आमा म बुबासंग जन्मदिनको अघिल्लो दिनमा एक हजार रुपैया मागेर नजिकैको केक पसलमा गएर दुई पाउन्डको केक अर्डर गर्छु नि’ सन्ध्याले भनिन् ।

जन्मदिनको अघिल्लो दिनमा सन्ध्याले उसको बुबालाई भनिन्, ‘बुबा भोलि मेरो जन्मदिन हो । भोलि स्कुलमा पढ्ने केही साथीहरुलाई केक खुवाउन बोलाउँछुु । हजुरले मलाई केक अर्डर गर्न एक हजार रुपैया दिनुस् न ।’

सन्ध्याको बुबाले केक अर्डर गर्न पाँच सय रुपैयाले पुग्दैन र छोरी भन्नुभयो । सन्ध्याले भनिन्, ‘बुबा, पाँच सय रुपैयाले ठूलो केक आउँदैन, सानो केक मात्रै आउँछ । मैले मसंगै पढ्ने पन्ध्र जना साथीलाई भोलि केक खान बोलाउँदैछु । त्यसैले एक हजार रुपैया चाहिन्छ ।’  

सन्ध्याले आफूसंग पढ्ने धेरै साथीलाई बोलाउने भएकोले उसको बुबाले एक हजार रुपैया आफ्नो पर्सबाट झिकेर दिनुभयो । मक्ख पर्दै बुबाले दिएको एक हजार रुपैया लिएर सन्ध्या घर नजिकैको केक पसलमा गइन् र उसले दुई पाउन्डको केक अर्डर गरिन् ।

भोलिपल्ट सन्ध्या आफ्नो जन्मदिन भएकोले बिहानै नुहाएर घर नजिकैको मन्दिरमा पूजा गर्न पुगिन् । सन्ध्याले मैैले धेरै पढेर भविष्यमा डाक्टर बन्न सकूँ भन्दै वर मागिन् । पूजा गरेर घर फर्कदै गर्दा बाटामा एउटा किराना पसलमा पसेर दुई प्याकेट चकलेट किनेर घरमा ल्याइन् ।  
चकलेट घरमा ल्याएपछि सन्ध्याले आफ्नो घरमा बस्नेहरूलाई मेरो जन्मदिन हो आज भनेर केही चकलेट बाँडेर सकिन् । एक प्याकेट चकलेट स्कुलमा पढ्न जाँदा लिएर गइन् र स्कुलमा संगै पढ्ने साथी र सरमिसहरूलाई बाँडिन्  । सरमिस र उसका साथीहरूले उसलाई हेप्पी वर्ड डे टु यु भनेर शुभकामना दिए ।

आफूलाई मनपर्ने साथीहरूलाई उसले खुसुक्क भनिन्, ‘आज बेलुका मेरो घरमा मेरो जन्मदिनको केक काट्ने, खान आऊ है ।’  

सन्ध्या स्कुलबाट घर फर्किन् र हातमुख धोईवरी खाजा खाइन् । खाजा खाएर भान्छाकोठामा आमालाई सघाउन थालिन् । उसकी आमाले मीठामीठा परिकार पकाउदै थिइन् । बेलुकाको छ बजेपछि उसका साथीहरू उसको घरमा पुगे ।

उसले बोलाएका साथीहरू सबै जना उसको घरमा आइपुगेपछि बल्ल केक  काटिन् ।  उसका सबै साथीहरूले थप्पडी मारेर हेप्पी वर्थ डे टु यु सन्ध्या भने । साथीहरूले जन्मदिनको उपलक्ष्यमा आफूले ल्याएको उपहार सन्ध्यालाई दिन थाले । साथीहरूले दिएको उपहार पाएपछि खोलेर हेर्न सुरु गरिन् सन्ध्याले । केक पनि सबै साथीलाई कागजमा राखेर बाँड्न थालिन् । साथीहरू केक खान घरमा आउँदा उसको बुबाआमा पनि साह्रै खुसी हुनुभयो ।  उसले साथीहरूले दिएको उपहार जतन गरेर राखिन् ।
भोलिपल्ट उसका साथीहरूले स्कुलमा पुगेपछि रमाउँदै धन्यवाद दिए, ‘हिजो तिमीले हामीलाई मीठो केक खुवायौ नि । तिमीलाई धेरै धन्यवाद छ है।’

उसको साथी शोभाले भनिन्, ‘अब हामी पनि तिमीलाई आफ्नो जन्मदिनमा घरमा केक खान बोलाउँछौ । तिमी आउनुपर्छ नि।’  ‘शोभा, हुन्छ नि । म तिम्रो घरमा नआई कहाँ छाड्छु र । तिम्रो जन्मदिनमा केक खान तिमीले मलाई नबोलाए पनि म पक्कै आउँछु नि’ सन्ध्याले भनिन् ।

आफ्नो जन्मदिन मनाएको केही दिन बितेपछि सन्ध्याले एउटा पसलमा माटोको खुत्रुके देखिन् । माटोको खुत्रुके देखेपछि उसलाई किन्न मन लाग्यो । उसले साहूजीलाई सोधिन्, ‘यो खुत्रुकेको कति रुपैया हो साहूजी !’

साहूजीले ‘पचास रुपैया मात्रै’ भने । ‘चालिस रुपैयामा दिनु न मलाई यो खुत्रुके मसंग अहिले चालिस रुपैया मात्रै छ’ सन्ध्याले भनिन् । ‘चालिस रुपैया मात्रै छ भने चालिस रुपैयामा नै लग न त’ साहूजीले भनेर खुत्रुके किनेर आफ्नो घरमा लगिन् ।  

सन्ध्याले खुत्रुके किनेर घरमा लग्यो र आमालाई देखाउँदैे भनिन्, ‘आमा, मैले पैसा जम्मा गन आज यी यो खुत्रुके किनेर ल्याएँ नि ।’

आफूलाई कतैबाट आउने गरेको पैसा सन्ध्याले त्यस खुत्रुकेमा  जम्मा गर्न थालिन् र सध्याको अर्को सालको जन्मदिन आउन लाग्दा खुत्रुके भरियो ।  उसले आफ्नो बुबालाई भनिन्,   ‘बुबा मेरो जन्मदिन आउन लाग्यो  । खुत्रुके  भरियो । हजुरले फोडिदिनुहोला नि’  ।

उसको बुबाले खुत्रुके फोडेर पैसा गनिदिनुभयो ।  खुत्रुकेमा एक हजार तिन सय रुपैया जम्मा भएको रहेछ ।

सन्ध्याले भनिन, ‘म यही पैसाले मेरा साथीहरूलाई चकलेट र केक किनेर यो सालको जन्मदिन मनाउँछु नि बुबा ।’ 

छोरीले त्यसो भनेपछि उसको बुबा खुशी मान्दै भने, ‘भैहाल्छ नि छोरी, मैले तिमीलाई यो साल चकलेट र केक किन्न पैसा दिनै परेन ।’  
अर्को समाचार
गुपचुपमा दलाई लामाको जन्मदिन मनाइँदै
२२ असार २०८२
•
२ मिनेट पाठ
गुपचुपमा दलाई लामाको जन्मदिन मनाइँदै
तिब्बती समुदायमा धार्मिक नेता दलाई लामाको ९० औ जन्मदिन मनाइएको छ ।




आइतबार बिहान लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस) मा मनाइएको थियो ।

नेपालको प्रशासनलाई कुनै जानकारी नदिई उनको जन्मदिन मनाइएको थियो । जन्मदिन मनाउनका लागि  नेपालमा रहेका युरोपेली युनियनका कूटनीतिज्ञहरूको पनि उपस्थिति रहेको थियो ।

नेपाल स्थित अमेरिकी, बेलायती, अस्ट्रेलियाली राजदूतावासका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का प्रतिनिधि लगायत सहभागी भएका थिए । कार्यक्रममा दलाई लामाको सन्देश सुनाइएको थियो । 

भारतस्थित धर्मशालामा पनि दलाई लामाको जन्मदिन भव्य रुपमा मनाइएको थियो । नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदाय ९शरणार्थी०ले आफ्ना धार्मिक नेता दलाई लामा (तेन्जिन ग्यात्सो) को ९० औं जन्मदिन हो ।  तेन्जिन ग्यात्सो १४ औं दलाई लामा हुन । नेपालमा शरणार्थीका रुपमा रहेका  तिब्बती समुदायले ललितपुरको जाउलाखेल र बौद्धमा पनि कार्यक्रमको आयोजना गरी धार्मिक नेता दलाई लामाको जन्मदिन मनाएका छन् ।

तर यो विषयमा नेपालको प्रशासन भने अनभिज्ञ रहेको छ । नेपाल एक चीन नीतिको समर्थन गर्ने भएकाले दलाई लामाको जन्मदिन मनाउन नेपाल सरकारले अनुमति दिने गरेको छैन । निर्वासनमा रहेका तिब्बती समुदायले स्वतन्त्र तिब्बतको वकालत गर्दै आएका छन् । नेपालमा हरेक वर्ष यसरी नै दलाई लामाको जन्मदिन मनाइने गरिएको छ । 

को हुन् दलाई लामा ?

विकिपिडियामा उल्लेख भए अनुसार १४ औं दलाई लामाको जन्म ६ जुलाई, १९३५को उत्तर–पूर्वी तिब्बतको ताकस्तेर क्षेत्रमा येओमान परिवारमा भएको थियो । दुई वर्षको उमेरमा उनलाई तिब्बती बौद्ध धर्मका सर्वोच्च नेता १३ औं दलाई लामाको पुनर्जन्मको रूपमा चिन्हित गरिएको थियो ।

तेन्जिङ ग्यात्सो (६ जुलाई, १९३५ – वर्तमान) चौधौँ दलाई लामा आध्यात्मिक गुरू हुन् । दलाई लामा एक मंगोलियाई पदवी हो । जसको अर्थ ज्ञानको महासागर र दलाई लामाको वंशज करूणा, अवलोकेतेश्वरको बुद्धको गुणहरूको साक्षात् रूप भएको मानिन्छन् । सन् १९५९ मा चीनले तिब्बतमाथि कब्जा जमाएपछि उनी भारतमा निर्वासित भएका थिए । ‘तिब्बती पहिचानको रक्षा गर्न अहिंसात्मक संघर्ष’ गरेको भन्दै उनलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३० सेकेन्ड अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस