घाम र पानी
२८ असार २०७७
•
४ मिनेट पाठ
घाम र पानी
रञ्जुश्री पराजुली

रञ्जुश्री पराजुली

घाम र पानी मिल्ने साथी थिए । मिल्ने साथी भए पनि उनीहरूको भेट भने कहिलेकाहीँ मात्र हुन्थ्यो । त्यसैले उनीहरू टाढैबाट एक आपसमा कुराकानी गर्दथे । आफ्नो घरपरिवारमा घटेका घटनाहरूबारे पनि उनीहरू कुराकानी गर्दथे । कुराकानीबाटै उनीहरू एकआपसमा सरसल्लाहको आदानप्रदान पनि गर्दथे ।




घाम र पानीको घर यहीँ ठाउँमा हो भनेर निश्चित थिएन । उनीहरू संसारभरि जहाँ मन लाग्यो त्यही बस्दथे । तर उनीहरूको बस्ने समय भने निश्चित हुन्थ्यो । घाम र पानी सबैलाई नभई नहुने मित्र हुन् । उनीहरूको सहयोगबिना यो संसारको अस्तित्व रहँदैन । उनीहरूले यस्तो कुरा बुझेका थिए ।

‘हामी नभई पो विश्वले केही पनि गर्न सक्दैन । हामी नभई बोटबिरुवा, कृषि उद्योग आदि कसैको पनि अस्तित्व रहँदैन भनेर उनीहरूले कहिले पनि घमण्ड गरेका थिएनन् । उनीहरू जहिले पनि अनुशासनमा बस्दथे । जुनबेला जहाँ जानुपर्ने हो त्यतिबेला त्यो ठाउँमा पुगेका हुन्थे । जतिबेर आफूहरू त्यो ठाउँमा बस्नुपर्ने हो त्यतिबेर थपघट नगरीकन उनीहरू त्यहाँ बस्थे ।

घाम र पानी यी दुइ मित्रहरू अनुशासित भएकाले संसारको प्रकृतिको नियम सुचारु रूपले चलिरहेको थियो । मौसमअनुसार खेतबारीमा अन्नबाली, फलफूल फल्दथे । जंगलमा रूखपातहरू पल्हाउँदै र मोटाउँदै जान्थे । जंगलभित्र धेरै थरीका जनावर हुर्किएका हुन्थे । यसरी प्रकृतिमाता नियमित रूपले अगाडि बढेकीले यहाँका मान्छेहरू असल र गुणकारी खानपान समयमा खान पाएर हृष्टपुष्ट र स्वस्थ भएका थिए । त्यसैले उनीहरूको शारीरिक र मानसिक विकास पनि राम्रोसँग भएको थियो । उनीहरूले आफ्नो असल बुद्धिको सदुपयोग गरेर देशमा ठूलो विकास गरेका थिए ।
भदौ महिनाको एकदिन  सधैंझैं घाम चर्कोसँग लागेको थियो । अकस्मात एकैछिनमा ठूल्ठूलो थोपासहित पानी पर्न थाल्यो । भदौको महिनामा घामपानी परेको बेला मान्छेहरू ‘स्यालको बिहे’ गर्ने भन्दछन् । त्यसैले त्यहाँका केटाकेटीहरू भदौरे घाम पानी परेको बेला ‘घामपानी घामपानी स्यालको बिहे,  कुकुर जन्ती बिरालो बाहुन’ भनेर गीत पनि गाउँछन् । 

भदौरे घामपानी क्षणिक हुन्छ । चर्को घाम लाग्दालाग्दै ठूलो दर्के पानी पर्छ । जुन धेरै बेर रहँदैन । एकैक्षणमा पानी पर्न छाडेर फेरि चर्को घाम लागिहाल्छ । तर त्यो दिन धेरैबेरसम्म दर्के पानी परिरह्रयो । यसरी ठूलो दर्के पानी धेरैबेरसम्म परेपछि घामलाई चिन्ता लाग्यो । यस्तो हुनु प्रकृतिको नियमभन्दा विपरीत थियो । त्यसैले घामले आफ्नो मित्र पानीलाई ‘किन बेमौसममा यसरी दर्केको साथी ? यस्तो याममा त तिमी क्षणिक बर्सिथ्यौं । यसपालि के भयो भनेर सोध्यो ।

मित्र घाम, तपाईले मलाई राम्रो प्रश्न गर्नुभयो । ठूलो रूपमा धेरैबेर म दर्किने बेला त यो हैन तर के गर्नु मैले जानीजानी पनि उल्टो काम गर्न परेको छ अहिले । असारसाउनको बेलामा मैले नियमित दर्किनुपर्ने बेला हो तर आजकल म त्यो बेलामा चाहिने जति दर्किन सक्दिन । त्यो बेला दर्किने मेरो क्षमता यै संसारका मान्छेले नै कमजोर बनाइदिएका छन्’भनेर पानीले आफ्नो गुनासो घामलाई पोख्यो ।

‘मैले तपाईको कुरा बुझिन मित्र प्रस्टसँग भन्नुस् न’ कुरा बुझ्ने उत्सुकता व्यक्त गर्दै घामले सोध्यो ।

‘कुरा के भने नि मित्र घामज्यू, यो पृथ्वीका मान्छेले वनजंगल विनाश गरेर डाँडापाखा नाङ्गै बनाएका छन् । वृक्षरोपण पनि गर्दैनन् । त्यसको असरले मेरो प्राकृतिक स्वभावमा परिवर्तन आउन थालेको छ । यस्तो हुनु पृथ्वीका मान्छेका लागि खतरायुक्त हुन्छ’ पानीले कुरा बुझाउँदै भन्यो ।

‘तपाईले ठीक कुरा भन्नुभयो मित्र पानीज्यू, मेरो पनि त हालत त्यस्तै छ । विश्वका ठूला विकसित देशहरूले शक्तिशाली गोलाबारुद, बम प्रहार गरेर मेरो शक्ति पनि त प्रदूषित बनाएको छ । मेरो किरण तहतह पार गरेर पृथ्वीमा फैलिनुपर्छ तर त्यो तह पनि घाइते भएको छ । त्यसमा प्वाल परेको छ । त्यसैले म पनि त ठीक समयमा ठीक तरीकाले आफ्नो तेज फैलाउन सकिरहेको छैन ।’
‘मान्छे जातीले यस्तो काम गरेर किन आफ्नो खुट्टामा आफैले बञ्चरो हानेको होला हकि घामज्यू ।’

‘प्रकृतिसँग होडबाजी गर्ने प्रवृत्ति मान्छेले नत्यागे हामी कसैले पनि प्राकृतिक रूपमा राम्रो तरीकाले आफ्ना क्रियाकलाप चलाउन सक्दैनौं । त्यसको प्रभाव यो विश्व र यहाँ बस्ने मान्छेलाई धेरै खतरनाक हुन्छ । यो कुरा मान्छे जातीले जति सक्यो चाँडो बुझ्नुपर्छ’ भन्दै घामले आफूले थाहा पाएको कुरा पानीज्यूलाई भन्यो ।

पानीले पनि ‘ल त घामज्यू, यो पटक म धेरैबेर बेमौसममा दर्किए । अब म जान्छु । आज मौकाले हामी दुई साथीले धेरै बेर कुरा गर्न पायौं । मलाई बडो खुशी लाग्यो । मान्छे जातीलाई प्रकृतिमाथि अतिक्रमण गर्नु ज्यादै हानीकारक हुन्छ भन्ने चेतना आओस् भन्ने कामना गर्दै बिदा हुन्छु है त । फेरि भेटौंला है साथी’ भन्दै चर्को घामलाई छोडेर दर्के पानी आफ्नो बाटो लाग्यो । 
अर्को समाचार
दाहालको दुखेसो: मौसम र गुगलले पनि माओवादीलाई ‘धोका’ दिए
१० जेष्ठ २०८२
•
१ मिनेट पाठ
दाहालको दुखेसो: मौसम र गुगलले पनि माओवादीलाई ‘धोका’ दिए
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो यात्रामा मौसमदेखि गुगलसम्मले धोका दिएको टिप्पणी गरेका छन्। शनिवार पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले यस्तो टिप्पणी गरेका हुन्। 




‘हामी मध्य पहाडी लोक मार्ग केन्द्रित जनजागरण अभियान बैतडीबाट सुरु गरेर बागलुङ–पर्वत हुँदै कास्कीमा आइपुग्दा निकै धेरै ऊर्जाको साथ सम्भवतः पोखरामा आयोजना हुने सभा अहिलेसम्मकै सबभन्दा ठुलो सभा हुने छ भनेर विस्तृत रूपमा यहाँको जनतालाई सम्बोधन हुने छ भन्ने मानसिकताका साथ म लगायत हाम्रो सिंगो टिम आएको थियो,’ दाहालले भने, ‘तर दुर्भाग्य आज बिहान मौसमले धोका दियो। मौसमविद्हरूले पनि हामीलाई त्यस्तै गरे। गुगलले पनि हामीलाई धोका दियो।’ 

‘यस्तो मजाले घाम लाग्ने रहेछ। हामी यहाँ भित्र आउनुपर्‍यो र हामी जुन उत्साहको साथ पोखरामा यो अभियान अन्तर्गतको सबैभन्दा ठुलो सभा हुनेछ भन्ने विश्वास गरेका थियौँ, तर यस्तो भयो,’ दाहालले दुखेसो पोखे। 

अभियान अन्तर्गत नै शनिवार पोखराको सभा पहिले चिप्लेढुंगामा गर्ने भनिएको  थियो। तर शुक्रबारदेखि नै वर्षा भएपछि खुला ठाउँबाट पार्टी प्यालेसमा कार्यक्रम सारिएको थियो। कार्यक्रम सार्दा मौसम पूर्वानुमान महाशाखासँग र गुगल म्याप हेर्दा पानी पर्ने देखिएपछि पार्टी प्यालेसमा कार्यक्रम गरिएको माओवादी नेताहरू बताउँछन्। 

तर कार्यक्रम हुँदा भने बाहिर पारिलो घाम लागेको थियो। त्यसैले अध्यक्ष दाहालले दुखेसो पोखेका हुन। ‘अहिले त बाहिर पानी पर्ने हुनाले होइन, बेस्सरी घाम लाग्ने हुनाले घाम छल्न कोठामा आएजस्तो हुन पुग्यो,’ दाहालले भने।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस