प्रदीप गिरि- नेपालको राष्ट्रिय राजनीति यस समय अत्यन्त अप्ठेरो चरणबाट गुजि्ररहेको छ। २००७ सालको क्रान्तिदेखि गणतन्त्रको घोषणासम्म नेपाली काँग्रेसले यस मुलुकमा केन्द्रीय स्थान ओगटेको थियो। यता त्यो स्थिति रहेको छैन। नेपाली काँग्रेसको भविष्य के हुने भन्नेबारे यसै भन्न सकिने अवस्था छैन।
यस्ता बेला महेन्द्रनारायण निधिको सम्झना गर्नु एक प्रेरक प्रसंग हुनेछ। महेन्द्रनारायण निधि एवं उनको समय काँग्रेसको स्वर्णिम युग थियो। निधि काँग्रेस स्थापनाकाल अर्थात २००३-२००४ सालदेखि मृत्युपर्यन्त अर्थात २०५६ सम्म काँग्रेसको नेतृत्वमा प्रतिष्ठित रहनुभयो। त्यस्ता सारा वर्षमा काँग्रेस हुनुमात्र पनि प्रतिष्ठाको विषय थियो। कुनै नेता विशेषले आफ्ना व्यक्तिगत पराक्रमका आधारमा काँग्रेसको प्रतिष्ठा बनाएका थिए भन्ने कुरो होइन। जस्तै शक्तिशाली व्यक्तिले पनि युग प्रवाहका सामु संकुचित हुनुपर्छ। युगका आफ्नै माग र पूर्तिका नियम हुन्छन्। सफल नेतृत्वले युगको गति खुट्याउँछ। तदनुरूप आफूलाई र आफ्ना समर्थकलाई सही दिशातर्फ उन्मुख गराउँछ। महेन्द्रनारायण निधिले त्यस्तो किसिमको युग परिवर्तनमा केन्द्रीय भूमिका वहन गर्नुभयो भन्ने ठाउँ छैन। तर ती जसले केन्द्रीय भूमिका वहन गरे तिनलाई त्यस्तो भूमिका गर्न गराउनमा महेन्द्रनारायण निधिको ऐतिहासिक योगदान थियो। दुर्भाग्यवस काँग्रेस पार्टीले आजसम्म आफ्नो इतिहास सम्झने र लेख्ने प्रयाससमेत गरेको छैन। त्यसैले महेन्द्रनारायण निधि, बोधप्रसाद उपाध्याय वा सूर्यप्रसाद उपाध्याय समेतले काँग्रेसको प्रतिभा परिवारमा यथोचित स्थान पाएका छैनन्। निधिबारे छापिने भनिएको स्मारिकाले यस दिशामा यतकिंचित काम गर्न सक्ला तर जो हुनुपर्ने न्याय त एक प्रतिबद्ध शोधकर्ताले मात्र गर्न सक्छ। अहिले त्यसको आशा गर्नु बेकार छ।
नेपाली काँग्रेसको इतिहासमा २०४६ सालको जन-आन्दोलनले एउटा थप स्वर्णिम अध्याय गाँसेको छ। त्यो जन-आन्दोलन गणेशमान सिंहको सर्वोच्च नेतृत्वमा भयो। त्यो कुरो हाम्रो इतिहासमा अंकित भैसकेको छ। त्यस आन्दोलनको प्राथमिक परिकल्पना गर्ने व्यक्ति वा सिद्धान्तकारका रूपमा कृष्णप्रसाद भट्टराईको चर्चा हुन्छ। त्यो पनि ठीक नै छ। तर बिर्सन नहुने के छ भने किशुनजी भन्दा कता-कता ज्यादा प्रतिकूल परिस्थितिमा र झन ज्यादा साहसिकताका साथ महेन्द्रनारायण निधिले २०१७ सालपछिको तत्कालको राप र तापबीच सत्याग्रहको अनिवार्यताको उद्घोषणा गर्नुभएको थियो। त्यस ऐतिहासिक तथ्यको हेक्का राख्ने पुस्ता सिद्धिँदै गएका छन्। २-४ जना होलान्। ती जीवित रहेकामा भीमबहादुर तामाङबाहेक कोही महानुभाव भएजस्तो लाग्दैन।
पुस १ गते २०१७ सालका दिन राजा महेन्द्रले आफैंद्वारा जारी गरेको संविधानअन्तर्गत काम गरिरहेका जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई सेनाको मद्दतले गिरफ्तार गरे। लगत्तै काँग्रेसलगायत सबै राजनीतिक दल प्रतिबन्धित भए। पार्टीका कार्यकर्तामा भागाभाग भयो। समातिएकाहरू जेल परे। हिजोसम्म सत्तामा रहेको र सबभन्दा ठूलो पार्टीसमेत भएको हुँदा नेपाली काँग्रेसउपर तीव्रतम प्रहार स्वभाविक थियो। काँग्रेसका अनेक नेता र कार्यकर्ता भारत बसे। सौभाग्यवश काँग्रेस सरकारका उप-प्रधानमन्त्री सुवर्ण समशेर कलकत्तामा हुनुहुथ्यो। सुवर्ण समशेरले भागेका कार्यकर्तालाई भरथेक गर्नु स्वभाविक थियो। सुवर्णजीका नेतृत्वमा भारतमा काँग्रेस सम्मेलनको तारतम्य भयो। त्यस समय पटनामा ऐतिहासिक सम्मेलन भयो। त्यस ऐतिहासिक सम्मेलनले सुवर्णजीलाई कार्यकारी अध्यक्ष बनायो र नेपालमा हिंसात्मक माध्यमबाट भए पनि प्रजातन्त्रका निमित्त संघर्ष गर्नुपर्ने प्रस्ताव ल्यायो। महेन्द्रनारायण निधि त्यस सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो। उहा"ले प्रस्तावको विरोध गर्नुभयो। महेन्द्रनारायण निधि, बोधप्रसाद उपाध्याय र अन्य केही सहयोगीहरू सम्मेलनको निर्णयसँग असहमति राख्दै नेपाल पसे। नेपाली काँग्रेसको इतिहासमा यो असहमति नै सत्याग्रहको बीजारोपण थियो। कालान्तरमा यो बिउ पुष्पित र पल्लवीत भयो। र, झाँगियो। यस असहमतिले नै २०४६ सालको महान जन -आन्दोलनको पृष्ठभूमि तयार गरेको हो। थप यसै पृष्ठभूमिमा टेकेर कालान्तरमा २०६२-६३ को दोस्रो जन-आन्दोलन समेत सम्पन्न भयो भन्नैपर्छ।
अहिले त यो सब भन्न के छ र? बडो सजिलो छ। तर पुस १ गतेको शाही कदमपछि सेनाको आतंकमा बाँचेको १७-१८ सालको नेपालमा यो सब भन्न गर्न अवश्य पनि सजिलो थिएन। नेपाल पस्नासाथ निधिजी र बोधप्रसादजीलाई समातियो। त्यसमा बोधप्रसादलाई विशेष गरेर तिनताक नै कुनै जेलमा दिनसम्मको यातना दिइयो भनिन्छ। दुर्भाग्यवश यस्ता मौखिक तथ्यको अभिलेख राख्ने कुनै परम्परा छैन। अहिले त्यता नजाउँ। झण्डै २-३ वर्षको लामो कारावासपछि महेन्द्रनारायण निधि जेलबाट छुट्नुभयो। २०२१ सालतिर हुनुपर्छ, काठमाडौंमा मैले वहाँलाई पहिलोपटक नजिकबाट देखेको हो। तिनताका पुतलीसडक र अहिले रामशाहपथ भनिने मूलसडकमा गिरिहरूको एउटा घर थियो। घरको वास्तविक स्वामी हाल रामा होटलका मालिक कृष्ण गिरिका पिता हुनु भए पनि त्यो घर सप्तरी महोत्तरीका इष्टमित्रका निमित्त अतिथिशाला जत्तिकै खुल्ला थियो। निधिजी त अझ गिरिहरूसित घनिष्ट पारिवारिक सम्बन्ध भएको मानिस हुनुहुन्थ्यो। जेलबाट छुटेर निधिजी सरासर त्यसै घरमा आएर बस्नुभएको थियो। त्यस घरको मालिक नै भन्नसमेत मिल्ने डा. तुलसी गिरि पञ्चायत व्यवस्थाका प्रमुख प्रधानमन्त्री वा सो सरह हुनुहुथ्यो। त्यस राजनीतिक तथ्यले पारिवारिक सौहार्द्र र निधिजीको आतिथ्यमा कुनै खलल पुर्याएको थिएन। जो रहेको भएको मध्ये सर्वोत्तम कोठामा निधिजीको वास थियो। बाँकी कोठामा कोचमकोच नै थियो। मेरा पिता अर्थात मित्रलाल गिरि भने जयनगर निर्वासित हुनुहुन्थ्यो। उहा" प्रतिबन्धित काँग्रेसको जिल्ला सभापति हुनुहुन्थ्यो। खास काका रुद्रप्रसाद गिरि नख्खु जेलमा रहनुभएको थियो। म राजनीतिबाट बेस्सरी प्रभावित भैसकेको थिए। भन्नका निमित्त म लैनचौरको पब्लिक साइन्स कलेजमा भर्ना भएको थिए"। भर्ना भएको दिनबाहेक अर्को दिन कलेज गएको थिइन। मैले त्यस समय महेन्द्रनारायण निधिसँग हिंसा र अहिंसा बिषयमा बहस गरेको थिएँ। मलाई त्यसको अझै सम्झना छ। निधिजीले प्रष्ट भन्नुभयो- म त गान्धीवादी हुँ।
१६-१७ वर्षको उत्ताउलो केटोलाई गान्धीले के छुन्थ्यो, छुने कुरै भएन। अहिले पनि गान्धीलाई सम्झँदा मानिस एउटा सोझो, निरीह र लाचार बुढोलाई सम्झन्छन्। स्वाधीन भारतमा गान्धीको यस्तै चिनारीसँग वाक्क भएर मीरा बहनले 'गान्धी तो आगका गोला थे' भनेर कुनै समय विनोबा भावेको उपहास गर्नुभएको थियो। आजको भारतमा पनि मीरा बहनको नभएर विनोबाको गान्धी नै लोकप्रिय छ। राष्ट्रिय काँग्रेस स्वयं गान्धीको यस्तै तस्वीर प्रचारित गर्न चाहन्छ। मैले निधिको गान्धीवादलाई यस्तै चस्माबाट हेरेँ। २-४ वर्षपछि बीपी कोइराला सुन्दरीजलको कारावासबाट छुट्नुभयो। वहाँले छुट्नासाथ हिंसात्मक क्रान्तिका पक्षमा बोल्न थाल्नुभयो। बिपी कोइराला छुट्नुभएकै वर्ष गान्धीको जन्मशताब्दी थियो। जयप्रकाश नारायणले त्यस वर्ष बीपीलाई गान्धी विद्या संस्थानमा प्रवचन गर्न निमन्त्रणा गर्नुभएको थियो। त्यस प्रवचनमा कोइरालाले नेपालको सन्दर्भमा गान्धीको कार्यपद्धतिको कुनै उपयोगिता नहुने कुरा ढुक्क भन्नुभयो। त्यसपछि नेपालमा हिंस्रक संघर्षका पक्षमा कुराकानी हुन थाल्यो। सुवर्णजीको नेतृत्वमा थालिएको सशस्त्र संघर्ष असफल भैसकेको थियो। कोइरालाका रिहाइसँगै अधिकांश नेता तथा कार्यकर्ता नेपाल फर्किसकेका थिए। दण्डित भएका नेताहरूले आम माफी पाएका थिए। विगत ८-१० वर्षमा नेपाली समाजमा आधारभूत परिवर्तन आएका थिए। राजा महेन्द्रले २५ बिघाको हदबन्दी भएको भूमिसुधार लागू गरेका थिए। त्यस भूमि सुधारले गाउँको अर्थतन्त्रलाई प्रभावित पारेको थियो। पूर्व-पश्चिम राजमार्ग धमाधम खनिँदै थियो। राजमार्गका छेउछाउमा नयाँ बस्ती-बजार बन्दै थिए। स्कूल, कलेज, बैंकको विस्तारले नयाँ वर्गको निर्माण गर्दै थियो। बीपी कोइरालाले त्यतातिर ध्यान दिनुभएन। नेपाली काँग्रेस पार्टीका रूपमा विगत ८-१० वर्षको के कस्तो अनुभव रह्यो, त्योसमेत केलाउनुभएन। हतारमा गरिएको सशस्त्र संघर्षको आह्वानले काँग्रेसभित्र र बाहिरको राजनीतिमा थुप्रा अप्ठेरा सृष्टि गर्यो तर सौभाग्यवश गाउँ र जिल्ला अँठ्याएर बसेका महेन्द्रनारायण निधि जस्ता नेता र अनेकन कार्यकर्ता पनि बीपी र सुवर्णद्वारा प्रवाहित तरंगप्रति निरपेक्ष रहे। अन्ततः उनीहरूको यस्तै निरपेक्षताले मुलुकभित्र काँग्रेसलाई जीवित राख्यो। त्यस जीवित काँग्रेसले नै २०४६ साल र २०६२ सालको जन-आन्दोलनसफल बनायो। तर यो यस्तो सफलता सजिलै हासिल गरिएको थिएन। एक होइन, अनेकौं स्तरमा काँग्रेसले संघर्ष गर्यो। काँग्रेसीले संघर्ष गरे। एउटा काँग्रेसीका रूपमा महेन्द्रनारायण निधिले पहिले त विकट आत्मसंघर्ष गर्नुपर्यो होला। आफूलाई गान्धीवादी भन्ने निधिले पार्टीको स्थापित नेतृत्व र राजनीतिक समझदारीबाट उदासीन भएर एक्लै जनकपुर बस्नु अवश्य पनि सजिलो निर्णय थिएन। आजको काँग्रेसमा पनि नेताको पूजा गर्ने चलन छँदैछ। व्यक्तिपूजाको पराकाष्ठा छ। नेपालको मात्र किन कुरा गर्ने, भारतमा समेत पदमा पुगेका नेताहरूको आधारभूत योग्यता चटक्कै बिर्सने चलन छ। भारतीय राष्ट्रिय काँग्रेस यसै पनि एउटा परिवारका वरिपरि केन्द्रित भएको सबैले देख्दैछन्। जो रहेका अरु पार्टी छन्, ती पनि केही अपवादबाहेक सबै व्यक्तिवाद र परिवारवादका शिकार भएका छन्। त्यस्ता बेलामा नेपाली काँग्रेसका दुई परम शक्तिशाली दिग्गज सुवर्ण समशेर तथा बीपीभन्दा पृथक मत राखेर काँग्रेस भएर बाँच्नु सानो कुरा थिएन। यसका निमित्त उच्चकोटीको आत्मबल र नैतिक साहसको खाँचो थियो। महेन्द्रनारायण निधिमा यी दुवै गुण प्रचूर मात्रामा थियो भन्ने वहाँको जीवनीकारले एक दिन अवश्य उद्घाटित गर्ने छ।
२०२५ साल कात्तिक अर्थात १९६८ अक्टुबरमा बीपी कोइराला कारागारमुक्त भएको दिनदेखि डिसेम्बर १५, १९७४ अर्थात कोइराला नेपाल फर्केको समयसम्मको ८ वर्ष नेपाली काँग्रेसको इतिहासको निमित्त अत्यन्त कठीन थियो। यस अप्ठेरो कालावधिमा वैधताका दृष्टिले सुवर्ण शमशेर नेपाली काँग्रेसको कार्यकारी सभापति हुनुहुन्थ्यो। सुवर्ण शमशेरको नेतृत्वमा रहेको कार्यसमितिले विधिवत पारित गरेको नीति नै पार्टीको आधिकारिक नीति थियो। बेलाबखत बीपी कोइराला स्वयंले बोलीवचनले यसको सम्झना गराउनुहुन्थ्यो। तर यथार्थ यस्तो थिएन। यथार्थमा बनारस प्रवासमा रहनुभएका बीपी कोइरालाका वरिपरि समानान्तर संगठनको तानाबाना बुनिँदै थियो। पार्टीभित्रको आन्तरिक सत्तासम्बन्धमा बीपी कोइराला स्पष्टतः एक्लो हुनुहुन्थ्यो। बीपी कोइरालाको व्यक्तित्वको उचाइले गर्दा वहाँलाई यो नखटकिएको पनि हुनसक्छ। तर वहाँको पारिवारिक वृत्तमा आफ्नो पक्षको उपेक्षा भएको अनुभूति देखिन्थ्यो। बीपी कोइराला बनारस बस्न थाल्नुभएको केही समयपछि गिरिजाप्रसाद कोइराला पनि हिन्दुस्तानमा आएर निर्वासित जीवन बिताउन थाल्नुभयो। गिरिजाप्रसाद कोइराला यसै पनि सधैं छटपटिने, भुटभुटिने किसिमको मान्छे हुनुहुन्थ्यो। वहाँमा सत्ताप्रति अदम्य भोक थियो। सत्ताको खोजीमा गिरिजाप्रसाद कोइरालाले आफ्ना दाजु बीपीबाहेक कसैलाई कहिल्यै गन्नु भएन। दाजु बीपी कोइरालाप्रतिको समर्पण र आज्ञाकारिता वहाँको मजबूरी पनि थियो। आखिर गिरिजाप्रसाद कोइरालाको वैधानिकताको एकमात्र स्रोत दाजु नै हुनुहुन्थ्यो। गिरिजाप्रसाद कोइरालाको चर्कंदो महŒवाकांक्षाको परिणाम स्वरूप जुन १९७३ मा विमान वलान्वयनको घटना भयो। आजको नेपाली काँग्रेसको सम्झनामा विमान वलान्वयनको घटनावरिपरि रोमान्चक अभ्यर्थनाको भाव प्रमुख छ। काँग्रेसको स्वच्छ वैचारिक विकासका दृष्टिले यो भावना सर्वथा दुर्भाग्यपूर्ण हो। नेपाली काँग्रेस प्रजातन्त्र र समाजवादमा विश्वास राख्ने पार्टी हो। यस्तो पार्टीले कुनै पनि हालतमा विमान वलान्वयनजस्तो घटनाको औचित्य सिद्ध गर्न सक्दैन। पार्टीभित्र आज पनि विमान वलान्वयन र ओखलढुंगा जस्ता घटनाबारे सामान्य जानकारीसमेत छैन। ती घटनाको समुचित मूल्यांकनको कुनै प्रयाससमेत भएको छैन। पार्टीभित्र आज विद्यमान अधिकांश विकृति र विसंगति इतिहासको त्यसै कालखण्डमा मौलाएका हुन् भन्ने हेक्का राखिएको छैन। तर काँग्रेसको जीवनशक्तिका हकमा एउटा सकारात्मक कुरा के छ भने त्यस्ता बेलामा पनि महेन्द्रनारायण निधि जस्ताले पार्टी र देशका सामु आफ्नो स्वतन्त्र एवं मौलिक अडान राखिरहनुभएको थियो। निधिले विमान अपहरण काण्डको विरोध गर्नुभएको थियो। निधिले एकातिर कार्यकारी सभापति सुवर्ण समशेरद्वारा प्रतिपादित भक्तिपूर्ण सहयोगको प्रस्ताव स्वीकार गर्नुभएन भने अर्कोतिर गिरिजाप्रसादको नेतृत्वमा जारी रहेको आतंकवादी गतिविधिको स्पष्ट आलोचना गर्नुभयो। त्यस दृष्टिले वहाँको अडान सोह्रै आना गान्धीवादी रणनीतिको उपज थियो। गान्धी एकातिर भारतीय राजनीतिमा हिंसावादी क्रान्तिकारीहरूको विरोधमा थिए भने अर्कोतिर उनी बिन्तीपत्र वा संवैधानिक सुधारबाट अंग्रेज सरकारले भारतमा स्वराजको बाटो खोलिदिनेछ भन्ने मान्यताको विरोधी थिए। महेन्द्रनारायण निधिको एकाकी अडानमा पनि गान्धीवादी रणनीतिको झझल्को देख्न सकिन्छ।
बीपी कोइराला र सुवर्ण शमशेरको तानातानबीच महेन्द्रनारायण निधिजस्ता धेरै महŒवपूर्ण नेताहरू कतै लागेनन्। पार्टीप्रतिको एकनिष्ठ प्रतिवद्धता राख्ने यस्ता नेताले यी अप्ठेरा वर्षमा पार्टीलाई छिन्नभिन्न हुन जोगाए। आखिर यसरी बाँचिरहेको पार्टीपंक्तिको आधारमा नै नेपाली काँग्रेस २०४७ सालको आम निर्वाचनमा विजयी भयो। २०४७ सालपछि काँग्रेसको राजनीतिक प्रवाह अर्को दिशामा मोडियो। २०४७ सालमा जन-आन्दोलनको प्रभावमा पार्टी अवश्य सत्तामा पुग्यो। आम निर्वाचनमा पार्टीले चुनावमा विजय प्राप्त गर्यो तर कृष्णप्रसाद भट्टराई चुनाव हार्नुभयो। गणेशमान सिंह उसै पनि चुनाव लड्नु भएन। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो। त्यति बेला यस पंक्तिकारले बुझेसम्म कमसेकम गणेशमान सिंह एकजना भने गिरिजाबाबुको ठाउँमा महेन्द्रनारायण निधिलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्थ्यो। गणेशमान सिंहको त्यो अभिलाषा पूरा भएन। प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाले पार्टीलाई आफ्नै किसिमको सोच र संस्कारमा हिँडाउन खोज्नुभयो। गिरिजाप्रसाद कोइराला पार्टीलाई आफ्नो एकल नेतृत्वमा हिँडाउन चाहनुहुन्थ्यो। उता गणेशमान सिंहको पार्टी संगठन र सरकारबारे आफ्नै खालको आग्रह थियो। गणेशमान सिंह र गिरिजाबाबुको द्वन्द्व चर्किंदै गयो। भट्टराईजी र निधिजीले पार्टीबीच बचाउको प्रयास अवश्य गर्नुभयो। हठात सत्तामा पुगेको पार्टीको संरचना बेग्लै किसिमको भैसकेको थियो। भट्टराई र निधिको सरल र शालीन व्यवहार अब अनुकरणीय रहन गएको थिएन। गिरिजाप्रसाद कोइरालाको संरक्षणमा पार्टीको तीव्र रुपान्तरण भइरहेको थियो। हिजोका पञ्च र मण्डलेले पार्टीमा खुला प्रवेश पाए। पार्टीका पुराना साथीहरू पाखा लाग्दै गए। जो रहेसहेको कसर तथाकथित भूमण्डलीकरणले पूरा गरिदियो। पार्टीमा पैसाको बोलबाला बढ्दै गयो। पार्टीको पुरानो संस्कार क्षयग्रस्त हुन थाल्यो। गणेशमान सिंहले पार्टी छोड्नु पर्यो। निधिजस्ता व्यक्ति र शक्ति पार्टीभित्र प्रभावहीन हुन थाले। आखिर पार्टी विग्रह बढ्दै जाँदा मध्यावधि चुनाव घोषणा भयो। मध्यावधि चुनावमा महेन्द्रनारायण निधि उम्मेदवार हुनुभएन। त्यसका साथ साथै निधिले राजनीति छोड्दै जानुभयो। २०५६ साल वैशाखमा वहाँको देहान्त भयो। देहान्तका समय वहाँले राजनीतिबाट पूर्ण सन्यास लिई सक्नुभएको थियो। वहाँको देहान्त तेस्रो आमचुनावको दर्मियानमा भएको थियो। तेस्रो आमचुनावमा नेपाली काँग्रेसले एकपटक फेरि पूर्ण बहुमत प्राप्त गर्यो। त्यसरी बहुमत दिएर जनताले निधिजस्ता इमान्दार काँग्रेसलाई एकपटक फेरी श्रद्धान्जली दिएजस्तो व्यवहार गरे।
आज महेन्द्रनारायण निधि हाम्राबीच हुनुहुन्न। तर आज नै नेपाली काँग्रेस आफ्नो जीवनको सबभन्दा ठूलो संकट सामना गरिरहेको छ। पार्टीलाई आफूले भोगेको र आफूले सामना गर्नु परेको संकटको अनुभूति छ वा छैन यसै भन्न सकिँदैन। तर पार्टीका नेता तथा पदाधिकारीहरू मुलुकको संकट भन्ने कुरा गरिरहन्छन। मुलुकको संकट र पार्टीको आन्तरिक संकट अलगअलग कुरा पक्कै होइनन्। दुवै एक अर्कासँग सम्बन्धित छन्। खासमा संकट जो छ जस्तो छ त्यसमा त मुलुकको संकट नै ठूलो छ भन्नैपर्छ। मुलुक आज एकातिर उपभोक्तावादको खपिनसक्नु र खेपिनसक्नु चर्को मारमा परेको छ। फलस्वरूप पार्टीका कार्यकर्ता सिद्धान्त र कार्यक्रमभन्दा पनि साधन र स्रोतको जगेर्नामा तल्लीन छन्। सबै राजनीतिक दल सत्तामा पुग्ने लिस्नोमा परिणत भएका छन्। जनयुद्धकालमा माओवादी पार्टीले आफ्ना कार्यकर्ता र जनतालाई जनवादी क्रान्तिको ठूलो सपना बा"डेका थिए। अब त्यो सपना माओवादी नेतृत्वका निमित्त अभिशाप भएको छ। स्वयं माओवादी पार्टी उपभोक्तावाद र सत्तालिप्साको सर्वाधिक चर्को मारमा परेको छ। तै पनि माओवादी पार्टी भने टिकिरहेको छ। समकालीन राजनीतिका सबै हतकण्डामा माओवादी माहिर छन्। नेपाली काँग्रेसभित्रको एउटा जमात माओवादीकै शैलीमा लड्नभिड्न चाहन्छ। यो सरासर आत्मघात हुनेछ। काँग्रेसले यस्तो सोचाइ त्याग्नुपर्छ। काँग्रेसले मुलुकको मुक्तिका निमित्त वैकल्पिक तथा सही बाटो खोजी गर्नुपरेको छ। काँग्रेसले यस्तो खोजी गर्दा निधि र रामनारायण मिश्रको योगदान र अवदान खोज्नै पर्ने हुन्छ। काँग्रेस पार्टी द्वितीय महायुद्धको अन्त्यको पृष्ठभूमिमा बनेको पार्टी हो। यस पार्टीमा प्रारम्भमा भारतको स्वाधीनता संग्रामको ठूलो प्रभाव थियो। त्यसमा पनि महात्मा गान्धीको केन्द्रीय प्रभाव थियो। आज भारत स्वाधीन भएको झण्डै ७० वर्ष भइसक्यो। यस्ता ७० वर्षमा दुनियाँले कोल्टे फेरेको छ। सोभियत युनियन विघटन भएको छ। कम्युनिस्ट चीन एकाग्र भावले पुँजीवादी बाटोमा हिँडेको छ। विश्व कम्युनिस्ट आन्दोलन ध्वस्त भएको छ। नेपालमा भने कम्युनिस्ट पार्टीको चकचकी छ। कम्युनिस्ट नाम भएका पार्टीहरूले पाएको भोटहरूको कुल संख्या हेर्ने हो भने काँग्रेसले टाउको ठाडो गरेर हिँड्न मुस्किल छ। यो विचित्रको समयमा हामी बाँचिरहेका छौ। यस्तो हुनु परेको कारण के हो?
मुख्य कुरो आज काँग्रेस विचारधाराको अभूतपूर्व संकटको दलदलमा भासिएको छ। बीपी कोइरालाको प्रभावमा काँग्रेसले कुनै बेला प्रजातान्त्रिक समाजवादको लक्ष्य स्वीकार गरेको थियो। त्यसबेला पनि समाजवादको सिद्धान्त र व्यवहारबारे काँग्रेसले गम्भीरता देखाएको थिएन। भारतमा जवाहरलालको नेतृत्वमा भारतीय राष्ट्रिय काँग्रेसले करकापमा परे जस्तोगरी समाजवादको लक्ष्य ग्रहण गरेको थियो। त्यसैको देखासिखी गरेर बीपी कोइरालाले नेपालमा नेपाली काँग्रेसलाई समाजवाद स्वीकार गर्न लगाउनुभएको थियो। तर समाजवादबारे कुनै गम्भीर विचारविमर्श पार्टीले गरेको कहीं कतै भेटिँदैन। एउटा अर्को देखावटी समस्या पनि थियो। समाजवादका निमित्त प्रजातन्त्र अनिवार्य छ। त्यसैले प्रजातन्त्रलाई संस्थागत गर्न पहिले आवश्यक छ भन्ने काँग्रेसका साथीहरूको ठहर थियो। त्यो ठहर सही र वैज्ञानिक थिएन। प्रजातन्त्र र समाजवाद छुट्याएर अलगअलग राख्न मिल्ने अवधारणा होइन। दुवै अवधारणा एक अर्कासँग गाँसिएका छन्। हिजोको काँग्रेसले यी दुईलाई अलगअलग राखेर हेर्यो। त्यहाँ गल्ती भएको थियो। आज त्यो गल्तीसमेत परिमार्जन गर्नुपर्ने छ। आज सिंगो नेपाल सर्वथा नयाँ किसिमको विचारधारा र व्यवस्थाको खोजीमा छ। त्यो विचारधारा र व्यवस्था खोजी गर्दा महेन्द्रनारायण निधिको व्यक्तित्व र कार्यपद्धतिबाट शिक्षा लिनु पर्दछ। अनेकन विन्दु प्रकट हुन्छन् :
१. राजनीतिमा विचार र व्यवहारको द्वन्द्वात्मक सम्बन्ध हुन्छ। राजनीति गर्ने मान्छेले विचारको क्षेत्रमा सधंै हस्तक्षेप गर्नुपर्छ। आफ्नो हैसियत आफ्नो परिस्थिति र अवस्थाअनुसार गाउँ, नगर, जिल्ला, केन्द्रका प्रत्येक महŒवपूर्ण घटनामा प्रतिक्रिया दिईरहनुपर्छ। त्यसका निमित्त आवश्यक भए आफैंले स्थानीय स्तरमा विभिन्न सञ्चारमाध्यमसँग आबद्ध रही आफ्ना प्रतिक्रिया प्रवाहित गर्नुपर्छ। निधिजीलाई आफ्नो समयमा यो गर्न निकै अप्ठेरो परेको थियो। तर पनि निधिजीले जनकपुरजस्तो सानो ठाउँमा बसेर वैदेहीलगायतका स्थानीय अखबार सञ्चालित गरेर र गराएर राष्ट्रिय महत्वका विषयमा लगातार आफ्नो विचारधारा जनतालाई सुसुचित गराइ राख्नु हुन्थ्यो। अहिले बडो सजिलो छ। अहिले त घर घरमा एफएम रेडियोको सञ्जालले नेताहरूलाई बडो सजिलो बनाइदिएको छ।
२. निधिजीले ज्यादातर आफ्नो जीवन गाउँले परिवेशमा बिताउनुभयो। राजधानीको मोहिनीबाट उहा" सधैं विमुख रहनुभयो। वहाँको घर सधैं जनताका निमित्त खुला थियो। जनकपुरमा सबैथरीका राजनीतिक कार्यकर्ताहरू जहिलेसुकै वहाँलाई भेट्न सक्थे। माछाको प्राण पानी हो। निधिजीले यस तथ्यलाई आत्मसात गर्नुभएको थियो। जनकपुर बस्दा वहाँको राष्ट्रिय प्रभावमा कुनै कमी आएन। अभिवृद्धि नै भयो। काठमाडौंमा महल बनाई झुम्मिएका हामी नेतृत्व वर्गले यस विषयमा पुनर्विचार गर्नुपर्छ।
३. काँग्रेस आज मुख्यतः सिद्धान्तको प्रश्नमा अल्मलिएको छ। निधिजीको सिद्धान्त स्पष्ट थियो। वहाँ गान्धीवादी हुनुहुन्थ्यो। त्यसै वादमा टेकेर पार्टी नेतृत्वलाई चुनौती दिने आत्मविश्वास वहाँमा आउन सक्यो। आज काँग्रेसको विचारधारा धुमिल भएको छ। नेता विशेषसँग पनि आफ्नो सोचाइ यही हो भन्ने केही छैन। हामी सबै भूमण्डलीकरणको भेलबाढीमा बगेका छौं। भूमण्डलीकरणको वर्तमान स्वरूपले तेस्रो विश्वको कल्याण गर्दैन भन्ने करिबकरिब स्पष्ट भइसकेको छ। तर, प्रचलित भूमण्डलीकरणको ठाउँमा आउने विचारधारा अन्तर्राष्ट्रिय वा राष्ट्रिय रूपमा स्पष्ट नभई मुलुकका निमित्त केही गर्न सकिँदैन। निधिजीले बुझ्नुभएको र भन्नुभएको जस्तै वाद र विचारधारा हुबहु आज दोहोर्याउने कुरा छैन। स्पष्ट वाद र विचारधाराबिना पार्टी र आन्दोलन चल्दैन। पार्टीले आफूलाई सोध्नैपर्छ। उसको विचारधारा के हो त? निधिजी यस प्रश्नमा स्पष्ट हुनुहुन्थ्यो। हामी पनि यसमा स्पष्ट हुनैपर्छ।
निधिजीको सिद्धान्त निष्ठा अद्वितीय थियो। शीर्षस्थ नेता बीपी कोइराला र सुवर्ण शमशेरसँग मतभेद जनाएर वहाँले त्यस सिद्धान्त र निष्ठाको परिचय दिनुभएको थियो। पछि गएर पनि पार्टीका अनेकानेक आन्तरिक मामलामा निधिजीको सिद्धान्त निष्ठाले संकटमोचन गरेको थियो। पार्टीका नेताहरूमध्ये निधिजी कृष्णप्रसाद भट्टराईसँग विशेष नजिक हुनुहुन्थ्यो। तर सिद्धान्तविरुद्ध गएर काम हुने देख्दा भट्टराईका प्रतिकूल कुराहरू पनि गर्नुभएको अनेक उदाहरण छ। अहिले पार्टीभित्र टिम र गुटका नाउँमा गिरोहवादी मानसिकता पलाएको छ। हाम्रो पार्टीभित्र गिरोह भन्न मिल्ने गुटहरू उत्पन्न भएका छन्। गिरोह र पार्टीको व्यवहारको फरक हेर्ने हो भने निधिजीको जीवन हेरे हुन्छ। पार्टीभित्रको मतान्तरमा निधिजी पक्ष र विपक्षमा नलाग्ने होइन। लाग्नु हुन्थ्यो। तर, त्यस्तो पक्ष पोषणमा गिरोहवादी मानसिकता हुँदैनथ्यो।
४. निधिजीको जीवन अत्यन्त सादा एवं सरल थियो। वहाँको घरद्वार, खानपिन सबै एक मध्यमवर्गको जो हुनु पर्ने त्यही नै थियो। भ्रष्टाचारले वहाँलाई छुने कुरै थिएन। वहाँ आफ्नो सीमित आम्दानीभित्र जीवनयापन गर्नुहुन्थ्यो। विगत वर्षहरूमा काँग्रेसका नेताहरू भ्रष्टाचारका निमित्त धेरै बदनाम भए। भ्रष्टाचारका मुद्दा खेपेका काँग्रेसका नेताहरू जेल जाने क्रमले सिंगो पार्टी कमजोर एवं लज्जित भएको छ। आफ्ना आयस्तरभित्र रहेर खर्च गर्ने नेताले भ्रष्टाचारको मुद्दा खेप्नु पर्दैन भन्ने निधिजीले सिकाउनुभएको छ।
५. निधिजीसंग कुनै कलेज र विश्वविद्यालयको कुनै ठूलो डिग्री थिएन। गाउँघरमा जो हुने साधारण लेखपढ नै वहाँको पूँजी थियो। आफ्नो व्यवसायको भरमा देश विदेशको जानकारी प्राप्त गर्नुभएको थियो। वहाँको कलम पनि राम्ररी चल्दथ्यो। मुलुकका सामु रहेका समस्याको वहाँलाई राम्रो जानकारी थियो। राष्ट्रले वहाँलाई महत्वपूर्ण पदहरू दियो। क्रमशः उपसभामुख, जलश्रोतमन्त्री, पार्टीको महामन्त्री समेत हुनुभयो। यी सबै पदमा वहाँको कार्यसम्पादन सर्वथा प्रशंसनीय रह्यो। आज नेपाली काँग्रेसमा ठूलो नेता हुन ठूलो डिग्री लिनुपर्छ भन्ने भ्रम सिर्जना गरिएको छ। खासमा ठूलै डिग्री भएकाले नेपालमा अर्थको अनर्थ गरेका छन्। विगत २०-२५ वर्षमा नेपाली काँग्रेस सरकारमा रहँदा जनतासँग काटिएर बस्यो। पिएचडी डाक्टरहरूको भरोसा गर्दा नेपाली काँग्रेसको यस्तो अवस्था भएको हो भनेर ढुक्क भन्न सकिन्छ। निधिजीले जनताबीच बसेर उनीहरूको समस्याको परिचय प्राप्त गर्नुभएको थियो। जनतामाझ बसेर नै वहाँको बुद्धिको विकास भएको थियो। वहाँको सोच्ने विचार र प्रतिक्रिया दिने योग्यता देख्दा वहाँलाई बुद्धिजीवी त भन्नै पर्दथ्यो। वहाँको बौद्धिकता किताबी ज्ञानमा आधारित थिएन। वहाँको बौद्धिकता जनजीवनसँगको प्रत्यक्ष संवादबाट सूचित भएको थियो। जनजीवनबाट बुद्धिजीवी भएकाले वहाँको प्रभाव पनि व्यापक थियो। वहाँले छेउछाउका अनेक जिल्लाका राजनीति हलुका किसिमले प्रभावित र सञ्चालित गर्नुभएको थियो। आज हाम्रो पार्टीलाई गाउँघरको मर्म बुझ्ने यस्तै सहज नेतृत्वको खाँचो छ। जनतासँग सिकेर मात्र जनतालाई सिकाउन सकिन्छ। यो कुरा निधिजीको जीवनमा घनीभूत भएको देखिन्छ। निधिजीले यो कुरा गान्धीबाट सिक्नुभएको थियो। तर काँग्रेस पार्टीले निधिको कुरा सुन्न चाहेन। फलस्वरूप काँग्रेस आज टाठाबाठाको जमात भएको छ। काँग्रेसको गाउँसँगको सम्वाद टुटेेको छ। निधिजीको तपस्याबाट सबक लिएर १००-१२५ काँग्रेस नेताहरूले मात्र जिल्ला र गाउँको पकड गर्ने हो भने पार्टीको पुनर्जन्म हुन्छ। होइन भने के हुन्छ? यसै भन्न बडो गाह्रो छ।