कलेन्द्र सेजुवाल, सुर्खेत, असोज १४- सुर्खेत प्रहरीले ६० हजार रुपैयाँसहित रंगेहात पाँच जना जुवाडेलाई पक्राउ गरेको छ। आइतबार दिउँसो ३ बजे वीरेन्द्रनगर तल्लोबजारस्थित दाहाल होटलमा अवैधरुपमा जुवा खेलिरहेको सुचना पाएपछि खटिएको प्रहरीटोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराम परियारले बताए।
सुराकी पाएलगत्तै प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादबको कमाण्डमा प्रहरीटोली होटलमा गएको थियो। जुवा खेल्दै गरेको अवस्थामा दैलेख डाँडापराजुलका हरि दाहाल, सप्तरी बलौनाका झौलाही चौधरी र सुर्खेत खानीखोलाका नरेन्द्र मल्ल, कुनाथरीका धर्मराज कार्की र गुठुका दीनेश बिसी पक्राउ परेका छन्। जुवाको खालबाट साठी हजार छ सय सतहत्तर रुपैयाँ र जुवा खेल्ने सामग्री बरामद गरिएको एसपी परियारले बताए।