बरुण पनेरु, डडेल्धुरा, फागुन २३- बैतडीमा सामुहिक बलात्कारमा संलग्न दुई जनालाई १३ वर्षको जेल सजाय भएकोछ। जिल्ला अदालत बैतडीले सामुहिक बलत्कारको अभियोगमा पक्राउ परेका दुईजनालाई करिव एक वर्षपछि मंगलबार फैसला सुनाएको हो।
एक किशोरीलाई बलात्कार गर्ने दुई जनालाई १३ वर्षको जेल सजायसहित जनही ५० हजार रुपैया जरिवानाको फैसला भएको छ। अदालतका न्यायाधीश हिमालय राजपाठकको एकल ईजलाशले एक किशोरीलाई सामुहिक बलात्कार गरेको भन्दै गुजरगाबिस ३ का २८ वर्षीय अम्मरराज अवस्थी र भुमेश्वर गाबिस २ का सागर भट्टमाथिफैसला सुनाएको हो।
फैसलासँगै अभियुक्तलाई मंगलबार जिल्ला कारागारबैतडी चलान गरीएको अदालतका श्रेस्तेदार लामिछानेले जनाएका छन्। लामो समय देखि दुबै जनालाई पुर्वपक्षका लागि थुनामा राखिएको थियो। प्रवेशिका दिन बैतडीको तल्लो स्वराड क्षेत्रबाट पाटन पुगीकी ति किशोरीलाई अवस्थी र भट्टले पसल भित्र लगि सामुहिक बलत्कार गरेका थिए।
बलत्कारपछि लामो समय सम्म किशोरीको मानसिक अवस्था समेत कमजोर भएको थियो। तीन महिना काठमाण्डौंको अस्पतालमा उपचार गराएपछि अहिले प्रबेशिकाको तयारी गरिरहेकी छिन्।