चल् जोगी, फट्कार छाला!
०३ चैत्र २०६९
•
१७ मिनेट पाठ
चल् जोगी, फट्कार छाला!
जोगी भन्नासाथ मानिसको मनमस्तिष्कमा सांसारिकता त्याग गरेको निस्वार्थ व्यक्तिको तस्बिर आउँछ। जोगीको जात पनि हुँदैन, देश पनि हुँदैन भन्ने त उखानै छ। तर, वास्तविकता भने त्योभन्दा बेग्लै छ। कलियुगका अधिकांश जोगी काम, क्रोध, लोभ, मोहका दास भएका छन्।





राज्यसत्तामाथि पकड राख्ने उनीहरूको चाहना बढ्दो क्रममा छ। हिन्दू धर्म मान्नेहरू बढी संख्यामा भएको हाम्रो देशमा जोगीप्रतिको आकर्षण गजबकै छ। भर्खरै सकिएको शिवरात्रिको पृष्ठभूमिमा स्वरूप आचार्य, उपेन्द्र लामिछाने र अम्मर जीसीले तयार पारेका छन्, 'जोगी चरित'।

.....

कपडाको के काम?
'हामी भनेको बच्चाजस्तै हो,' नागा अमर गिरीले भने, 'हाम्रा लागि सबै समान!' भारतको उत्तरप्रदेश, बरेलीबाट शिवरात्रि मेला भर्न पशुपति आएका ५१ वर्षीय नागा अमरले कपडा त्यागेको २१ वर्ष भइसक्यो। तर, उनलाई कहिल्यै नग्नताको आभास भएको छैन। 'हामी त दिगम्बर! हामीलाई केही लाज छैन,' पशुपतिनाथको पश्चिम ढोकाअगाडि सर्वसाधरणको भीडमा रहेका उनले भने, 'बरु हामीलाई हेर्ने लाज मान्छन्।' नागा बनेकेा दिनदेखि नै मनमा काम भावना मरेको उनले दाबी गरे। 'अल्वेज न्युट्रल,' उनले हाँस्दै भने, 'हाम्रा लागि सबै बराबर!'
नागा बाबालाई हेर्नकै लागि शिवरात्रिमा पशुपति क्षेत्रमा थुप्रै युवायुवतीको घुइँचो लाग्यो। 'हामीलाई नागाहरू सामान्यजस्तै लाग्छन्,' एक विवाहिता महिलाले भनिन्, 'र, पनि एक पटक हेर्ने उत्सुकता भने खै किन हो जागेर आउँछ। अरू बेला उनीहरूलाई हेर्न नपाएर होला। म त हरेक वर्ष शिवरात्रीमा शिवलिंगसँगै नागा बाबाहरूको पनि दर्शन गरेर फर्किन्छु।'
पशुपति क्षेत्र विकास कोषकी एक महिला कर्मचारीले पशुपति दर्शन गर्न आएका युवतीले चाख मानेर नागालाई नियाल्ने गरेको बताइन् । 'प्रायःले छड्के नजरले हेर्ने गर्छन्,' उनले भनिन्, 'नागालाई नियालेपछि हाँस्दै फर्कन्छन्।'
नागा बाबाको दर्शनको लागि बालबालिकादेखि वृद्ध-वृद्धासमेत आउने गरेका छन्। 'साना नानीहरू डराउँछन्,' एक नागा बाबाले भने, 'त्यही भएर मैले लंगौटी चाहिँ लाउने गरेको छु।' पन्ध्र वर्षकै उमेरमा नागा बनेका उनले आफ्नो मनमा अझै केही लज्जा बाँकी रहेको सुनाए।
नागा बाबाको दर्शन गरे मनोकामना पूरा हुने मान्यता पनि छ। 'शिवरात्रिको समयमा नागा बाबाको दर्शनले सन्तान नहुनेको सन्तान हुने र अन्य चाहना पनि पूरा हुने मान्यता छ,' पशुपति परिसरमा भेटिएकी अर्की एक महिलाले भनिन्, 'त्यही भएर नागा हेर्न धेरै महिलाको भीड लाग्छ। केही भने रमाइलोका लागि पनि नागालाई हेर्न आउँछन्।'
दर्शन गर्न आएकाले नागा बाबालाई दक्षिणा र भेटी पनि चढाउँछन्। नागाहरू हातमा रहेको चमरले सबैलाई आशिष दिन्छन्। 'हामीलाई जुनसुकै उमेरका महिलाले नियाले पनि केही फरक पर्देन,' नागा अमरले भने, 'उमेरअनुसार हेर्नेहरू लजाउँदा रमाइलो लाग्छ।' पहिलोपल्ट नागाको दर्शन गर्ने कम उमेरका युवतीहरू अकस्मात् कराउनेसमेत उनले सुनाए। कतिपय दर्शनार्थीले लिंगको आकार हेरेर नागा बाबा छनोट गर्ने पनि उनले बताए। 'तर, लिंगको आकारका अधारमा कोही सानो साधु या ठूलो साधु हुँदैन। साधु मनले हुने हो, लिंगको आकारले होइन।'
उत्तरप्रदेश, आलिगढका ६४ वर्षीय शम्भु गिरी पनि आफूलाई कहिल्यै लाज नलागेको बताउँछन्। २२ वर्षको उमेरमा नागाको दीक्षा लिएपछि कामवासना आफूबाट गायब भएको उनको दाबी थियो। 'आफन्तका अगाडि पनि हामी नागा नै हौं,' उनले भने, 'हामीलाई आमा, दिदी-बहिनीका अगाडि पनि अप्ठ्यारो लाग्दैन। भगवान्ले नांगै पठाएको यो देहलाई केको पर्दा? पर्दा त नजरलाई चाहिने हो।' उनले आफूहरू कपडै नलगाए पनि शालीन भएको दाबी गरे। 'थोरै कपडामा देखिने अर्धनग्न युवायुवती छाडा हुँदै गएका छन्,' आधुनिक पहिरन शैलीप्रति उनको टिप्पणी थियो। लाज र भयबाट आफूलाई मुक्त बताउने उनी धुनीको खरानीलाई नै कपडा मान्छन्। उनका अनुसार पहिले श्रद्धालुहरू नागाहरूको दर्शन गर्न आउँथे भने अहिले जोडीहरू उनीहरूको नांगोपन हेरेर रमाउन र मजाक गर्न आउँछन्।
वस्त्रको आवश्यकता नकार्ने अर्का नागा ६८ वर्षे महन्थ ज्ञानपुरी मानव समाज झन्-झन् नांगिदै गएकोमा चिन्तित छन्। 'समाज ढाक्नै नसकिने गरी नांगिदैछ,' उनको समाजशास्त्रीय विश्लेषण यस्तो थियो, 'शारीरिक रूपमा मात्र हैन, मानसिक रूपमा पनि समाज नांगिदैछ।' समाजको यो नग्नता ढाक्न उनले सुझाएका उपाय हुन्- सत्कर्म र सुसंस्कार।
०००
पशुपतिनाथको परिसरभित्रै धुनी जगाएर बसेका र बाग्मतीपारि राममन्दिर वरपर धुनी जगाएर बसेका नागाहरूमा धेरै भिन्नता देखिन्थ्यो। उनीहरू नागा भए पनि दिगम्बर भने होइनन्। उनीहरू आफ्नो गुप्तांग छोप्न लंगौटी लगाउँछन्। राममन्दिर वरपर रहेका आफूलाई नागा भन्ने केही साधु विवाहित भएको भेटियो। आफूलाई शिवको रूप भएको दाबी गर्ने हुंग्री बाबाको छेउमै उनको श्रीमती र छोरा गाँजा बटादर्ैै थिए। उनी भन्दै थिए, 'हामी शिवको अर्को रूप हो। हामीलाई के को लाज? तिमीहरूलाई लाज लाग्छ, त्यसैले तिमीहरू भगवान् होइनौ।' यो बेतुके कुरामा उनकी श्रीमती र छोरा पनि होमा हो मिलाइरहेका थिए।
हुंग्री बाबाकै छेउमा अर्को रमिते बाबा पनि रमिता देखाइरहेका थिए। उनको वास्तविक नाम राहुल बाबा हो। उनी हरिद्वारबाट आएका हुन्। तर, त्यहाँ जम्मा भएका हुलियाहरूले उनलाई 'निक नेम' दिन भ्याइसकेका थिए 'छोटे नांगे बाबा'। रमितेहरूले हुटिङ गरेको भरमा उनी आफूले ओढेर बसेको घुम्टो हटाइदिन्थे र सबैलाई आफ्नो सर्वांग अंगको दर्शन गराइदिन्थे। उनलाई हेर्न भीड लागेकाहरूमा हाँसोको पर्रा छुट्थ्यो। उनी गाँजाको धुवाँमा कुनै अर्कै लोकको सयर गरिरहेछन् भन्ने कुरा उनका पाराबाट प्रस्ट हुन्थ्यो।
शिवरात्रीका अर्का नागा सेलिब्रेेटी थिए, सिरहाका लोहाल बाबा। उनीसँग फोटो खिच्न र रमाइला गफ गर्न चाहने शिवभक्तको लामै थियो। फ्रेस हुन वा झ्याप, सबै खाले तन्नेरीहरू उनमै केन्द्रित थिए। ठिटाहरू मात्रै होइन, भर्खरै जवानी चढेका युवती पनि छड्के आँखाले नियालिरहेका थिए। युवतीहरूको एक झुन्डमा गफ चल्दै थियो, 'यो बाबा त हेर्दै डरलाग्दा पो रहेछन्। कत्रो भँुडी हो?'
बाबाकै छेउमा गाँजाको सर्को तान्दै गरेका दुई युवती खुलेरै भन्दै थिए, ‘बाबाहरूलाई देखाउन लाज नलाग्ने, अनि हाम्लाई हेर्न के को लाज? बाबाहरूलाई हेर्ने हो। दिएको प्रसाद लिने हो।' रमिते जोगीहरूको चर्तिकला हेर्न र उनीहरूले दिने प्रसाद खान आफूहरू रातिसम्म पशुपतिमै बस्ने उनीहरू बताउँदै थिए।
बीस वर्षदेखि निरन्तर शिवरात्रीमा पशुपति आउने गरेका अर्का भारतीय नागा बाबा जसवन्त पनि नांगो हुँदा लाज नलाग्ने बताउँदै थिए। ‘अचेलका केटाकेटीहरू नै नांगिदै छन्। हामी शिवका भक्तहरूलाई भगवान्का लागि नांगिन के को लाज?' गाँजा तान्दै गरेका ५५ वर्षीय बाबा जसवन्तले भने।
पशुपतिनाथ मन्दिरमा एक सय ५० नागा बाबा आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मंगलवारै उनीहरूलाई पेडा र फलफूल खुवाएर दक्षिणसहित बिदा गरिएको छ।

बालयोगी
शिवरात्रि मेला भर्न पशुपति आएका झन्डै पाँच हजार साधु-सन्तमध्ये धेरैको ध्यान राममन्दिर परिसरमा रहेका १४ वर्षीय बालयोगीले पनि खिचे। कलिलो शरिरमा खरानी घसेर हातमा त्रिशूल लिएर हिँड्ने नेपाली मूलका बालयोगीको बोल्ने शैली पनि निकै आकर्षक थियो।
पश्चिम नेपालमा जन्मिएका उनी सात वर्षको उमेरदेखि नै भारत पसेका हुन्। उनले आफ्नो नाम भने भन्न चाहेनन्। 'जोगीको के नाम, के जात?' उनले दार्शनिक पारामा भने ,'हामी केवल जोगी हौँ।' कक्षा एकमा पढ्दापढ्दैे भारत पसेका थिए उनी। उनी साधुसन्तको संगतले ज्ञानगुनका कुरा गर्छन्।
उनी भन्दै थिए, 'यो संसार सबै मिथ्या हो। सत्य त केवल भगवान् हो।' उनले थपे, 'राम नामका लुट है, लुट सके तो लुट, अन्तिम काल पछताएगा जब प्राण जाएका छुट।' उनको नेपाल र हिन्दी मिश्रित बोलीले पनि धेरै रमितेलाई मनोरञ्जन दिएको थियो।

जय शम्भो, दक्षिणा कम भो!
पशुपति क्षेत्रमा आएका बाबाले भोजन र शान्ति सुरक्षाको व्यवस्था राम्रो भए पनि आफूले सधैँ पिउँदै आएको गाँजा, धुनी जगाउन दाउरा र दक्षिणमा भने कमी भएको गुनासो गरे। 'पर्याप्त गाँजा र दाउरा पाइएन,' घर फिर्दै गरेका एक बाबाले भने, 'दक्षिणा पनि निकै कम छ।'
शिवरात्रिको अवसरमा पशुपति दर्शन गर्न आएका साधुबाबालाई सरकारले मंगलवार परम्पराअनुसार भेटी र दक्षिणा दिएर बिदाइ गरे पनि दक्षिणा कम भएको उनीहरूको गुनासो थियो।
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले आवश्यक भेटी, दान र उपहार दिएर साधुबाबाको बिदाइ गर्ने प्रचलन छ। जोगीहरूको पद र प्रतिष्ठाका आधारमा एक सयदेखि पा"चहजार रुपैयाँसम्म दिएर बिदाइ गरिएको छ। हजारभन्दा माथिको रकम एकाधले पाए पनि अधिकांशले पाँच सय रुपैयाँको हाराहारीमा मात्र पाए। 'यो रकमले त हामीलाई बसको भाडा पनि पुग्दैन,' वृन्दावन जाँदै गरेका एक साधुले भने, 'यो त नाममात्रको दक्षिणा भयो।'
नागाको मिथक
नागाहरूको मौलिकता वा पहिचान भनेको उनीहरूको वस्त्र धारण नगर्ने प्रवृत्ति हो। वास्तवमा नागाहरू भनेका योद्धा हुन्। आद्य शंकराचार्यले विभिन्न ठाउँमा छरिएर रहेका नागाहरूलाई एकीकृत गरेर उनीहरूको पनि अखडा निर्माण गरेको तथ्य इतिहासमा भेटिन्छ। हिन्दू धर्म रक्षाका लागि शस्त्र उठाउने वर्गमा नागा सबैभन्दा अगाडि छन्। नागाहरू अस्त्रधारी साधुमा गनिन्छन्। त्यसैले उनीहरू रिसाहा हुन्छन्। उनीहरूमा शास्त्रको ज्ञान निकै कम हुन्छ। उनीहरूलाई हठयोगीका रूपमा पनि हेरिन्छ।
नागाहरूलाई जोगीहरूको सम्प्रदायमा दिगम्बर भनेर पनि चिनिन्छ। उनीहरूलाई दिगम्बर यसकारण भनिन्छ कि उनीहरूको मान्यता चार दिशा नै आफ्नो रक्षाकवच वा वस्त्र हो भन्ने हुन्छ। नागा भनेका यस्ता साधु हुन्, जो वैराग्यको चरम अवस्थामा पुगेका हुन्छन्। उनीहरूका लागि लुगा लगाउनु भनेको पनि बन्धनमा परेसरह हो। नागा बन्न धेरै कठिन परीक्षा पार गर्नुपर्छ। तबमात्र गुरुले दीक्षा दिन्छन्। नागा बन्नका लागि आफ्नो श्राद्ध गरेर आफ्नै नाममा पिण्डदानसमेत गर्नुपर्ने केही नागासम्बन्धी अभिलेखमा उल्लेख भएको पाइन्छ।
नागा सम्प्रदायको उत्पत्तिको इतिहास धेरै पुरानो भएको मानिन्छ। उनीहरूको आराध्यदेव पशुपतिनाथ नै हुन्। त्यसैले पनि नागा प्रतिनिधिविना शिवरात्रि पूजा अधुरो हुन्छ भन्ने मान्यता रहेको पाइन्छ। हरेक विशेष पर्व तथा उत्सवमा नागाहरूको प्रमुख स्थान रहने गरेको छ। कुम्भ मेलामा पहिलो स्नान गर्ने पनि नागाहरू नै हुन्छन्।
परापूर्वकालदेखि नै भारतका विभिन्न अखडाबाट नेपालमा पनि सरकारकै आतिथ्यमा उनीहरूलाई पशुपति ल्याउने चलन रहिआएको पाइन्छ। शिवरात्रिपछि उनीहरूलाई दक्षिणा दिनुका साथै पेडा र फलफूल खुवाई बिदा गरिन्छ।
केही वर्षअघिसम्म जोगी र नागाहरूलाई सरकारले नै गाँजासमेत उपलब्ध गराउँदै आएको थियो। यस्तै नागाहरूका मठाधीशलाई बाघाम्बर, तलका केहीलाई मृगचमर र अरूलाई दक्षिणा दिने गरिन्थ्यो। अहिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमका कारण सबैलाई दक्षिणामात्र दिने गरिन्छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस