अन्ना क्यासिनोका जिएम पक्राउ
१३ वैशाख २०७०
•
२ मिनेट पाठ
अन्ना क्यासिनोका जिएम पक्राउ
काठमाडौं- नेपालीलाई क्यासिनोमा प्रवेश गराइ जुवा खेलाउन प्रतिबन्धित भए पनि कानुन मिच्दै क्यासिनोमा नेपाली प्रवेश गराएको अभियोगमा अन्ना क्यासिनोका जिएम तप्तबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार साँझ ६ बजे क्यासिनोबाट निस्कँदै गर्दा दरबारमार्ग प्रभागका प्रमुख कुमुध ढुंगेलले उनलाई पक्राउ गरेका थिए। महानगरीय प्रहरी प्रभाग दरबार मार्गले उनलाई आजै थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। 




प्रहरीले पटकपटक अन्ना क्यासिनोमा छापा मार्दा नेपाली जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका थिए। केही दिन अगाडि दरबार मार्ग प्रभाग छापा मार्दा ललितपुरका साहायक सिडिओसहित नेपाली नागरिक क्यासिनोको क्वाएनसहित पक्राउ परेपछि प्रहरीले विष्टको खोजी गरेको थियो।

कानुनअनुसार जुवा खेल्ने र खेलाउने दुबैमाथि कारबाही हुने प्रवधान रहेपनि प्रहरीले यसअगाडि क्यासिनोमा छापा मार्दा फेला परेका जुवाडेलाई पक्राउ गरी सञ्चालकलाई उन्मुक्ति दिँदै आएको थियो।

दरबार मार्ग र सोह्रखुट्टे प्रभागको प्रमुख परिवर्तन भएपछि प्रहरीले क्यासिनोमा कडाइ गर्दै आएको छ। प्रहरीले दैनिक चार पटकसम्म छापा मार्न थालेपछि केही क्यासिनो सञ्चालक गृहमन्त्रीसमक्ष पुगेका थिए। स्रोतका अनुसार प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले नेपालीले जुवा खेलाउने सञ्चालकविरुद्ध समेत कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित इकाइका प्रमुखहरुलाई निर्देशन दिइसकेका छन्।
अर्को समाचार
अन्नाका जिएम धरौटीमा छुटे
१६ वैशाख २०७०
•
१ मिनेट पाठ
अन्नाका जिएम धरौटीमा छुटे
काठमाडौं– क्यासिनोमा नेपालीलाई जुवा खेलाएको अभियोगमा पक्राउ परेका अन्ना क्यासिनोका जिएम तप्तबहादुर विष्ट धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई जुवा ऐनअनुसार ९ हजार धरौटी लिएर छाडेको हो। 
प्रहरीले क्यासिनो अन्नामा छापा मार्दा नेपाली जुवाडे भेटिएपछि विष्टलाई शुक्रबार पक्राउ गरेको थियो। महानगरीय प्रहरी प्रभाग दरबारमार्गले उनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। परिसरले तीव्र गतिमा अनुसन्धान सकाएर आइतबारै विष्टलाई अदालत बुझाएको थियो।
आइतबार बयान र अन्य प्रक्रिया नसकिएपछि प्रहरी हिरासतमै फर्काएइका विष्ट सोमबार धरौटीमा छुटे। प्रहरीको हिरासतमा रहँदा प्रहरी परिसरका अधिकारीले उनलाई प्रहरी कर्मचारी बस्ने कोठा उपलब्ध गराएका थिए।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस