काठमाडौं- व्यापारी राजेशकुमार अग्रवाल अपहरणमा संलग्नलाई पक्रन कीर्तिपुरको एक घरमा छापा मारेको प्रहरीले अपहरणसँग सम्बन्धित सामग्रीसँगै विभिन्न वन्यजन्तुका अंगसमेत फेला परे पनि ती केका हुन् भन्ने खुलाउन सकेको छैन।महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीले कीर्तिपुरको डेराबाट मुगाको माला, सि मालासहित तीन वटा खुट्टा, एउटा वन्यजन्तुको आँखाजस्तो बस्तु र रुद्राक्षको मालालगायत सामग्री फेला पारेको थियो।
अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुबाट बरामद वन्यजन्तुसम्बन्धी सामग्री के हुन् र कुन प्रयोजनका लागि उनीहरुले राखेका थिए भन्ने खुलाउन सकेको छैन। अनुसन्धानसम्बद्ध अधिकारी अपहरण अभियोगमा पक्राउ परेका जमिरुल्लाह मनिहार र मोहम्मद नसिरुदिनले ती सामग्री फरार रहेका अपहरणका अभियुक्तले ल्याएर राखेको दाबी गर्दै त्यसबारे आफूहरुलाई समेत जानकारी नभएको बयान दिएका छन्।
वैशाख ९ गते कलंकीबाट अपहरणमा परेका अग्रवाललाई प्रहरीले बिहीबार बिहान उद्धार गर्दै अपहरणमा संलग्न दुई जनालाई पक्रे पनि अपहरणका अन्य तीन मुख्य आरोपी भने फरार छन्।
अपहरणकी मुख्य सहयोगी युवतीको नामसमेत खुल्न सकेको छैन। अन्य दुई जना दिनेश र मुबारक भएको खुले पनि उनीहरुको पूर्ण जानकारी भने प्रहरीले समेत खुलाउन सकेको छैन। ९ गते युवतीसँग उनको कोठामा जाने क्रममा बन्धक बनाइएका अग्रवालसँग अपहरणकारीले दुई करोड फिरौती मागे पनि प्रहरीले बन्धक बनाएर राखेको घरमै हस्तक्षेप गरेर अपहरणमुक्त गरेको थियो।
बरामद सामग्रीका आधारमा उनीहरु एन्टिक सामग्री र वन्यजन्तुका अंग कारोवारमा समेत संलग्न रहेको देखिए पनि ती कुन प्रयोजनका लागि कहाँबाट ल्याइएको हो, खुल्न सकेको छैन।
'खुट्टाहरु मृगका हुन् कि भन्ने देखिएको छ, तर अन्य सामग्रीबारे धेरै खुल्न सकेको छैन,' महानगरीय प्रहरी अपराध महाशाखाका एसपी प्रद्युम्न कार्कीले नागरिकसँग भने, 'यो बारेमा छुट्टै अनुसन्धान भइरहेको छ।'