शिवरामलाई सात लाखभन्दा बढी नगदसहित सूर्य नेपाल मास्टर्स
२८ वैशाख २०७०
•
९ मिनेट पाठ
शिवरामलाई सात लाखभन्दा बढी नगदसहित सूर्य नेपाल मास्टर्स
काठमाडौं- नेपालका नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले शनिबार २०औं सूर्य नेपाल मास्टर्सको उपाधि जितेका छन्। प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई) को समेत मान्यताप्राप्त सूर्य नेपाल गल्फ टुरअन्तर्गतको प्रतियोगिता नेपाली खेलाडीले जितेको यो दोस्रोपटक हो। यसअघि २००७ मा दीपक थापामगरले नेपाली कोर्समा हुने सबैभन्दा ठूलो यस प्रतियोगिता जितेका थिए। जितसँगै शिवरामले नगद ७ लाख ७५ हजार ९ सय २० रुपैयाँ प्राप्त गरे।




साबिक विजेता अभिजितसिंह चड्डाभन्दा तीन स्ट्रोकले पछि रहँदै दिनको खेल सुरु गरेका शिवरामले उपाधिका लागि पनि उनैसँग कडा प्रतिस्पर्धा गर्नुपर्यो । चौथो दिन अन्तिम होलसम्मको खेल बराबरी भएपछि उनले प्लेअफमा नतिजा हात पारेका थिए। १७औं होलमा अभिजितले पटिङ मिस गर्दा शिवरामको सम्भावना सहज देखिएको थियो, तर अन्तिम होलमा शिवरामको नियति त्यस्तै हुँदा उनी बर्डीका साथ खेल चाँडै जित्ने मौकाबाट चुके। जसले गर्दा प्लेअफमा पुगेको खेलमा ड्राइभ बिगार्नुका बाबजुद शिवरामले आफ्नो पक्षमा पारे।

शनिबार ५ अन्डर ६७ स्केार गरेपछि शिवरामले अघिल्लो दिन शीर्ष स्थानमा रहेका अभिजितसँग बराबरी गरेका थिए। ७२ होल समाप्तिमा दुवै खेलाडीको स्कोर १८ अन्डर २ सय ७० थियो। १७औं होलमा अभिजितले बोगी खेपेपछि आएको उपाधि अवसर नचुकाउन आफू प्रतिबद्ध भएको बताउँदै शिवरामले भने, 'यो मेरो करिअरको सबैभन्दा ठूलो उपलब्धि हो। जितले मलाई निकै उत्साही बनाएको छ। यो उत्साह आगामी दिनमा पनि कायम राख्नेछु। अब पिजिटिआईमा धेरै प्रतियोगिता खेलेर राम्रो गर्ने र दुईदेखि तीन वर्षमा एसियन टुर पुग्ने लक्ष्य छ।'

'दक्षिण एसियाका थुप्रै शीर्ष गल्फरबीच उपाधि जित्नु ठूलो चुनौतिपूर्ण काम भए पनि एकाग्रतासाथ सम्हालिएर खेले सफल हुने विश्वास थियो,' उपाधि जितेपछि गोकर्ण गल्फ क्लबको कोर्समा शिवरामले पत्रकारसँग भने, 'मैले आज जित्नका लागि आफैसँग कसम खाएको थिएँ।'

एसियन टुरका स्टार अनिरबन लाहिरीले उत्कृष्ट सुरुआत गरेर शनिबार अभिजित र शिवरामलाई कडा चुनौती दिए। तर ब्याक नाइनको प्रदर्शन बिगार्दा उनी १७ अन्डर २ सय ७१ को स्कोरसहित तेस्रा स्थानमा सीमित भए। मुकेश कुमार र अजितेश सन्धु (२७४) चौथो भए भने राहुल बजाज र मोहमद दुलाल होसैन (२७६) छैटौं भए।

उपविजेता अभिजीतले ५ लाख ३५ हजार ९ सय २० तथा तेस्रो भएका लाहिरीले ३ लाख ७ सय २० रुपैयाँ पुरस्कार पाए। विजेतालाई मुख्यसचिव लीलामणि पौडेल तथा सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक एसएम अहमदले पुरस्कृत गरे।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया र अमेरिकाका व्यावसायिक गल्फरको सहभागिता थियो।

मुख्य दाबेदारका रुपमा शनिबारको खेल सुरु गरे पनि मुकेश कुमार (५ अन्डर ६७) अपेक्षित सुधारबाट चुक्दा उपाधि भिडन्त शिवराम, अभिजित र लाहिरीमा सीमित भएको थियो। पहिलो होलबाट स्ट्रोक जोगाउने क्रममा शिवरामले तेस्रो, चौथो, सातौं र नवौं होलमा बर्डी खेल्दै फ्रन्ट नाइनको स्कोर ५ अन्डर बनाए। अभिजितका लागि शनिबारको दिन राम्रो रहेन। फ्रन्ट नाइनमा दुई बोगीविरुद्ध चार बर्डी प्रहार गरेका उनको स्कोर दुई अन्डर थियो। पहिलो होलमा बर्डीबाट खेल सुरु गरेका उनले पाँचौं, सातौं र नवौं होलमा सट जोगाएपछि तेस्रो र आठौं होलमा बोगी खेप्दा शिवरामसँग टाई भएको थियो। शनिबार फ्रन्ट नाइनको खेल सकिँदा दुवैको स्कोर समान १८ अन्डर २ सय ६१ थियो। ब्याक नाइनमा दुवैको स्कोर इभन पार रह्यो। शिवरामले ११औं होलमा बर्डी खेलेलगत्तै १२औं होलमा सट खेर फाले भने अभिजितले १५औं होलमा बर्डी खेलेपछि १७औं होलमा बोगी खेपे।

शिवरामभन्दा एक स्ट्रोकले पछि रहेर दिनको खेल सुरु गरेका लाहिरीले फ्रन्ट नाइनमा ६ अन्डर खेल्दै शीर्ष दुई लाई कडा चुनौती पेश गरेका थिए। ६३ होलको खेल सकिँदा उनको स्कोर अभिजित र शिवरामसँग बराबर १८ अन्डर २ सय ६१ को थियो, तर ब्याक नाइनमा दुई बर्डीविरुद्ध तीन बोगी खेप्दै एक ओभरमा सीमित भएपछि उनी तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए। सुरुका चार होलमा लगातार बर्डी खेलेका उनले फ्रन्ट नाइनमा एउटै बोगी खेप्नुपरेन। सातौं र नवौं होलमा थप दुई बर्डी हानेका उनले ब्याक नाइनका १३ र १५औं होलमा बर्डी खेले भने १४, १६ र १७औं होलमा लगातार बोगी खेप्दै उपाधि भिडन्तबाट बाहिरिए।

प्लेअफको सुरुमा अभिजितले उत्कृष्ट टी गरे पनि दोस्रो सट बिगार्दा शिवरामको सम्भावना चुलियो। ड्राइभ बिगारे पनि शिवरामले ६ फिटको दुरीबाट उत्कृष्ट पटिङ गर्दै दोस्रोपल्ट सूर्य नेपाल मास्टर्सको उपाधि स्वदेशमै राखे।

तीन वर्षदेखि भारतको व्यावसायिक पिजिटिआईमा आमन्त्रणका आधारमा खेल्दै आएका उनले २०१३ का लागि फुल कार्ड पाइसकेका छन्। आइएसएमई प्रालिको प्रायोजनमा खेलिरहेका शिवरामले यो प्रतियोगिता जितेपछि पिजिटिआईको नियमानुसार भारतमा हुने युरोपियन टुर र एसियन टुरअन्तर्गतका सबै प्रतियोगितामा पनि आगामी वर्ष सहभागिता जनाउन पाउने छन्। यसअघि आमन्त्रणका आधारमा उनले यसै वर्ष एसियन टुरका सेल–एसबिआई ओपन र पानासोनिक ओपन खेलेका थिए।

३६ होलको खेल समाप्तिपछि अन्तिम दुई दिनका लागि कटमा सफलता पाउने अन्य नेपालीमध्ये तोरणविक्रम शाही शनिबार दुई अन्डर ७० खेल्दै कुल ५ अन्डर २ सय ८३ स्कोरसहित २८औं स्थानमा सीमित भए। उमेश नगरकोटी (७४) दुई अन्डर २ सय ८६ स्कोरसहित ३५औं भए भने यलम्बरसिंह अधिकारी (७३) १ ओभर २ सय ८९ स्कोरसहित ४४औं भए। कटमा सफल हुने सबै खेलाडी नगद पुरस्कारको भागिदार हुने व्यवस्थाअनुसार तोरणको भागमा ५२ हजार ८० रुपैयाँ पर्दा उमेशले ३७ हजार ५ सय ८० तथा यलम्बरले २७ हजार ६ सय रुपैयाँ पाए।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस