सम्पत्ति शुद्धिकरण विभागले स्रोत नखुलेको करोडौँ सम्पत्ति थुपारेको अभियोगमा गणेश लामासहित चक्रे मिलन, दिपक मनाङ्गे, अभिषेक गिरी र पर्शुराम बस्नेत गरी पाँच जना 'डन' विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।गणेश लामाविरुद्धको उजुरी सबैभन्दा पछि दर्ता गरिएको थियो। उनीसँग २७ करोड एक लाख अवैध सम्पति रहेको उजुरीमा दावी गरिएको छ। दायर गरिएका मुद्दाहरुमध्ये यो सबैभन्दा बढी रकम हो।
लामापछि दोस्रो नम्बरमा राजीव गुरुङ (दीपक मनाङे) छन्। विभागले उनीसँग १४ करोड ७३ लाख रुपियाँ बराबरको स्रोत नखुलेको अवैध सम्पत्ति रहेको दावी गरेको छ। तेस्रोमा पर्शुराम बस्नेत छन्, जोसित ११ करोड ४१ लाख अवैध सम्पति रहेको दावी गरिएको छ। त्यस्तै मिलन गुरुङ (चक्रे मिलन)सँग ७ करोड ८ लाख र अभिषेक गिरीसँग २ करोड ९४ लाख अवैध रकम रहेको उजुरीमा उल्लेख छ।
विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए। 'प्रतिवादी नल्याइएकोले उनीहरुलाई फरार रहेको जनाइएको छ', चन्दले भने, 'आवश्यक प्रक्रिया अनुसार मुद्दा अगाडि बढ्छ।'
मुद्दा दायर गरिएकामध्ये चक्रे मिलन केन्द्रीय कारागारमा रहेका छन् भने बाँकी चारै जनालाई अदालतमा उपस्थित गराइएको थिएन। खुल्लमखुल्ला हिँडिरहेका भए पनि उनीहरुलाई आज प्रहरीले पक्रेर अदालतमा उपस्थित गराएको थिएन।
सम्पत्ति शुद्धिकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार वर्षदेखि अनुसन्धान अगाडि बढाएको थियो। मुद्दा अदालतमा लैजान परिपक्व बनिसकेको धेरै भइसके पनि डनहरुलाई राजनीतिक संरक्षण भएकोले मुद्दा दर्ता हुन सकिरहेको थिएन।
गणेश लामा गृहमन्त्री विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन्। दिपक मनाङे राष्ट्रिय राजनीतिमा त्यत्ति परिचित नभएको दल संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हुन्। उनीमाथि राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको दलका नेताको राम्रो भरथेग छ।
पर्शुराम बस्नेत एमालेका कट्टर कार्यकर्ता हुन्। उनी एमाले मोरङको जिल्ला सदस्य अनि युवा संघ नेपालको केन्द्रीय सदस्यको हैसियतमा छन्। अवैध हतियार बोकेको अभियोगमा केन्द्रीय कारागारमा रहे पनि चक्रे मिलन राजनीतिक संरक्षकहीन भइसकेका छैनन्।
प्रहरीले अन्य ८ जना गुण्डाविरुद्ध पनि यस्तै किसिमको मुद्दामा अनुसन्धान जारी राखेको छ। 'अनुसन्धान सकिने बित्तिकै उनीहरुविरुद्ध पनि मुद्दा दर्ता हुन्छ', अनुसन्धान स्रोतले नागरिकन्युजलाई बतायो।

एक कारागारमा बाँकी सबै 'फरार'

राजनीतिक संरक्षण

अझै आठ जना तारोमा