चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले बलात्कार गरेको आरोपमा चितवनका भिन्नभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जुटपानी– ३ गैंडाखोलाका २५ वर्षीय रामराज खनाल र भरतपुर नगरपालिका वडा नं ७ कृष्णपुरका ३२ वर्षीय महेश कुमाललाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको आज जानकारी दिएको हो।प्रहरीले आज एक विज्ञप्ति जारी गरी खनाललाई गएको फागुनमा पद्मपुर गाविस वडा नम्बर–८ निवासी १३ वर्षीय बालिकालाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेका अर्का आरोपी कुमालले जेठ १५ गते चितवन कृष्णपुरकी १० वर्षीय बालिकालाई आमा काममा गएको मौका पारी एक्लै रहेको अवस्थामा ढोका बन्द गरेर बलात्कार गरेको प्रहरीले बताएको छ।
कुमालले करणी गरेका जुटपानीकी बालिका गर्भवतीसमेत भएको प्रहरीले जनाएको छ।
बलात्कार गरेर फरार रहेका कुमाललाई प्रहरीले बसपार्क नजिकबाट दुई दिनअघि पक्राउ गरेपनि अनुसन्धानपछि आज विज्ञप्ति जारी गरी प्रहरीले यो जानकारी दिएको हो।
म्याद थपेर दुवै आरोपीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपककुमार थापाले जानकारी दिए ।
यसैगरी धनुषामा पाँच वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दुवरकोट हथलेटवा–१ बस्ने १४ वर्षीय प्रमोद मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मण्डलले जेठ १४ गते सोही ठाँउ बस्ने ती बालिकालाई ललाई फकाई आँपको बगैचामा लगेर जवरजस्ती करणी गरेको आरोपमा हिजो पीडित पक्षले प्रहरीमा निवेदन दिएका थिए।