काठमाडौं - आपराधिक समूहबाट बरामद र बेवारिसे हतियार सुरक्षा निकायले प्रयोग गर्ने भएका छन्। कानुनी अड्चनका कारण फेला परेका आधुनिक हतियार प्रहरीको गोदाममै सडेपछि गृहमन्त्रालयले यस्ता हतियार सुरक्षा निकायलाई प्रयोग गर्न दिने निर्देशिका बनाएको छ।राज्यले सुरक्षा निकायका लागि राज्य कोष खर्चेर हतियार किन्ने गरे पनि सुरक्षा निकायले फेला पारेको अत्याधुनिक हतियारसमेत प्रयोग गर्ने पाउँदैनथ्यो। यस्ता हतियार लामो समयसम्म गोदाममै थन्क्याउँदै आएको थियो। प्रहरीको गोदाममा अमेरिका, जर्मनी, इटली लगायत देशमा बनेका आधुनिक पेस्तोल, रिभल्बरदेखि सर्ट मेसिनगनसम्मका हतियार छन्।
प्रहरी प्रवक्ता डिआइजी केशव अधिकारीले फेला परेका अवैध र बेवारिसे हतियार अदालतमा अभियुक्तको प्रमाणको रुपमा पेस गर्न प्रहरीले सुरक्षाका लागि मात्रै राख्दै आएको थियो। यस्ता हतियार प्रयोगको अधिकार नहुँदा अधिकांश खिया लागेर गोदाममै नष्ट हुँदै आएका थिए।
गृह मन्त्रालयले फेला परेका अवैध र बेवारिसे हतियार उपयोगका लागि छुट्टै कानुनी व्यवस्था गर्दै त्यस्ता हतियार सुरक्षा निकायले उपयोग गर्न सक्ने निर्देशिका कार्यान्वयनमा ल्याएपछि त्यस्ता आधुनिक हतियार सुरक्षा निकायले उपयोग गर्ने बाटो खुलेको छ।
हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिकाबमोजिम फेला पर्ने अवैध र बेवारिसे हतियार प्रकारअनुसार नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उपयोग गर्ने छन्। घरेलु हतियार भने नष्ट गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
निर्देशिका अनुसार गोदाममा रहेका त्यस्ता हतियार सरकारी आम्दानी सूचीमा राखेर प्रकारअनुसार तीनवटा सुरक्षा संगठनले प्रयोग गर्न पाउनेछन्। फेला पर्ने हतियारको बर्गीकरण र प्रयोगका लागि दिने सुरक्षा निकायको चयन गर्न प्राविधिक समितिको व्यवस्था निर्देशिकामा छ।
निर्देशिकाअनुसार साना हतियार प्रहरीले उपयोग गर्न सक्छ। ठूला हतियार र विस्फोटक पदार्थ सेना वा सशस्त्र प्रहरीले पाउनेछ। सुरक्षा निकायबाट चोरिएका वा लुटिएका हातहतियारको हकमा लगत तथा अभिलेख भिडाई सम्बन्धित सुरक्षा निकायलाई नै उपलब्ध गराउने व्यवस्था निर्देशिकामा छ। 'साना तथा मझौला हातहतियार र खरखजाना नेपाल प्रहरीलाई र ठूला हातहतियार एवं विस्फोटक पदार्थ नेपाली सेना वा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने,' निर्देशिकामा उल्लेख छ।
ऐतिहासिक तथा पुरातात्विक महŒवका हातहतियार र राष्ट्रिय संग्रहालय वा प्रहरी र सशस्त्रको संग्रहालयमा राख्ने व्यवस्था गरिएको छ। घरेलु हतियार भने प्रयोग गर्न पाइने छैन। काम नलाग्ने र घरेलु हतियार पत्रु बनाएर नष्ट गर्नुपर्नेछ।
कुन हतियार कस्ले प्रयोग गर्ने भन्ने निर्क्योल गर्न नेपाल प्रहरीको कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकको अध्यक्षतामा प्राविधिक टोली गठन गरिएको छ। सो टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयका प्रतिनिधिलाई सदस्य बनाइएको छ।
फेला परेका अवैध र बेवारिसे हतियार प्रहरीले केन्द्रीय भण्डारण कक्षमा राख्ने र सो हतियारबारे प्राविधिक टोलीले बर्गीकरण गरी प्रकारअनुसार सुरक्षा निकायलाई प्रयोग गर्न दिने सिफारिस गर्ने निर्देशिकामा उल्लेख छ।