ज्ञवाली र ढकालविरुद्ध ठगी मुद्दा
२३ जेष्ठ २०७०
•
९ मिनेट पाठ
ज्ञवाली र ढकालविरुद्ध ठगी मुद्दा
काठमाडौं - किस्ट बैंकका सिइओ कमल ज्ञवाली पत्नी गौरी खनाल ज्ञवाली र किशोर ढकालविरुद्ध नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले कमसल धितोको अधिक मूल्यांकन गराई (कर्जा अपचलन) बैंकिङ कसुर गरेको अभियोग लगाएको छ। ब्युरोले बिहीबार ज्ञवाली र ढकालविरुद्ध पुनरावेदन अदालत, पाटनमा प्रारम्भिक अभियोगपत्र पेस गर्दै अनुसन्धान म्याद मागेको हो।ढकाल र ज्ञवालीले सिद्धार्थ विकास बैंकबाट जम्को प्रकाशन प्रालिका नाममा १३ करोड ऋण लिँदा राखेको धितो वास्तविक मूल्यभन्दा ४ गुणा बढी रहेको ब्युरोको दाबी छ। राष्ट्र बैंकको प्रतिवेदनअनुसार १३ करोड व्यापारिक कर्जा लिँदा बैंकमा गौरीको नाममा रहेको रविभवनस्थित कित्ता नम्बर २ सय ६४ र २ सय ६५ को जग्गा राखिएकोमो उक्त जग्गाको वास्तविक मूल्य ६ करोड भए पनि २५ करोड मूल्यांकन गराएको उल्लेख छ। अदालतले प्रहरीलाई अनुसन्धानका लागि १० दिन म्याद दिएको छ।
ढकाल र ज्ञवाली दुवै प्रहरी हिरासत छन्। ज्ञवालीलाई बुधबार साँझमात्र ब्युरो टोलीले पक्राउ गरेको हो।
सिद्धार्थ विकास बैंकको ऋण प्रवाहमा बद्नियत रहेको खुलेपछि राष्ट्र बैंकले एक साताअघि ब्युरोलाई अनुसन्धान प्रतिवेदन पठाएको थियो।
ब्युरोका एसपी ईश्वरबाबु कार्कीले राष्ट्र बैंकवाट आएको प्रतिवेदनका आधारमा ज्ञवाली र ढकाललाई पक्राउ गरी अनुसन्धानका लागि अदालत पेस गरिएको बताए। 'अदालतबाट बिहीबार अनुसन्धान म्याद आएको छ,' कार्कीले नागरिकसँग भने, 'अनुसन्धान अगाडि बढिसकेको छ।'
सुरुमा गौरीको नामको जग्गा किशोरको प्रालिको नाममा नामसारी गराई बैंकमा धितो राखेर किशोरको नाममा ऋणप्रवाह गरी रकम भने गौरीले नै लिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। 'जम्को प्रकाशन प्रालिको नाममा प्रवाह भएको कर्जाको रकम सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा कार्यालय नारायणगढमार्फत गौरी खनालको प्राइम बैंकको मुख्य कार्यालयमा रहेको आफ्नो खातामा जम्मा गराई खनालले नै कर्जाको रकम उपयोग गरेको देखिएको छ,' राष्ट्र बैंकको प्रतिवेदनमा छ। 
प्रतिवेदनअनुसार कर्जाका लागि धितोमा राखिएको जग्गाको पुनर्मूल्यांकन हु“दा ६ करोड मूल्यको मात्र रहेको खुलेको थियो। उनीहरुले कमसल धितोलाई बढी मूल्यांकन गराई बैंकबाट जम्कोको नाममा कर्जा स्वीकृत गराई कर्जा लिई कर्जा अपचलन गरेको राष्ट्र बैंकको अनुसन्धान निष्कर्ष छ।
अनुसन्धानस्रोतका अनुसार हाल उक्त कर्जाको किस्ता तथा ब्याज नियमित नहुँदा सावाँ १३ करोड र ब्याज करिब ३ करोड रुपैयाँ गरी १६ करोड वक्यौता छ। दुवैले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुर गरेको राष्ट्र बैक निष्कर्षअनुसार नै ब्युरोले बिहीबार अदालतबाट अनुसन्धान म्याद लिएको थियो।
अभियोग प्रमाणित भए दुवैले सोही ऐनअनुसार एक करोडमाथिको बिगोमा ३ देखि ५ वर्ष कैद र मूल्यांकनबराबर रकम हर्जना बुभाउनुपर्नेछ। 
स्रोतका अनुसार आफ्नी श्रीमती निर्दोष रहेको दाबी गर्दै कारबाही रोक्ने अनुरोध गर्न बिहीबार ब्युरो कार्यालय महाराजगन्ज पुगेका किस्टका सिइओ ज्ञवाली दिनभर त्यहीँ बसेका थिए। 
उनले आफ्नो श्रीमतीको नाममा रहेको जग्गा जम्कोका किशोरलाई बिक्री गरेको र सोही जग्गा बिक्रीबापतको रकममात्रै लिएको दाबी गर्दै बैंकवाट ऋण लिने प्रक्रियामा कुनै संलग्नता नभएको बारम्बार दोहोर्याैएका थिए।
स्रोतका अनुसार सिआइबीको हिरासतमा रहेकी गौरीले समेत जग्गा बिक्रीबाहेकको अन्य प्रक्रियामा आफ्नो कुनै संलग्नता नभएकाले ऋण लिने र दिने विषयमा आफू अनभिज्ञ रहेको दाबी गरेकी थिइन्। 
उनीसँगै हिरासतमा रहेका किशोरले भने कमल ज्ञवाली र गौरीको सल्लाहअनुसार नै जम्कोको नाममा जग्गा नामसारी गराएर बैंकबाट ऋण निकालेको र सबै प्रक्रियामा दुवैजना संलग्न रहेको दाबी गर्दै आफू अनाहकमा फसेको प्रहरीलाई बताएका थिए।
उच्चस्रोतका अनुसार सिइओ ज्ञवालीले आफूले सरकारी मूल्यांकन भन्दा कम मूल्यमा जग्गा बिक्री गरेर राज्यको कर छलेको स्वीकार गर्दै आफूलाई सोही कानुनअनुसार कारबाही गर्न सिआइबीका अधिकारीसमक्ष अनुनय गरेका थिए।
ज्ञवालीले प्रहरीसमक्ष '६ करोड मूल्यको जग्गा आफूले साढे २ करोडमा बिक्री गरेको' स्वीकार गरेको स्रोतको दाबी छ। ज्ञवालीकै भनाइअनुसार पनि जग्गा रजिस्टे्रसन शुल्कबापत राज्यले पाउने करिब ९ लाख रकम उनले ठगी गरेका थिए। जग्गा बिक्रीमा भएको १० प्रतिशत पुँजीगत लाभकरसमेत राज्यले पाउन सकेन।
सिआइबीमा मतान्तर
बैंकिङ कसुर तथा सजाय ऐनको दण्ड सजायको प्रावधानअनुसार धितोको बढी मूल्यांकन गर्ने मूल्यांकनकर्तासमेत सजायको भागी हुने प्रबन्ध भए पनि राष्ट्र बैंकले केवल ऋण लिन संलग्नलाई कारबाही सिफारिस पठाउँदा मुद्दा प्रक्रिया अगाडि बढाउने विषयमा ब्युरोमा मत बाझिएको थियो।
स्रोतका अनुसार राष्ट्र बैंकले बदनियत राखेर अपुरो प्रतिवेदन पठाएको भन्दै उसको आलोचनासमेत भएको थियो। ऋण लिनेलाई पक्राउ गरी कारबाही अगाडि बढाउन प्रतिवेदन पठाउने, तर ऋण दिने सिद्धार्थ विकास बैंकका अधिकारीबारे केही नबोल्नु बद्नियत रहेको भन्दै राष्ट्र बैंक अधिकारीको आलोचना भएको थियो।
राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख नभए पनि ऋण प्रवाहको निर्णय गर्ने तीन सदस्यीय मूल्यांकन समितिका तीनै अधिकारीको संलग्नता किशोर र गौरीमाथिको अभियोगबाटै पुष्टि हुने भएकाले जग्गा मूल्यांकन गर्ने र ऋणको सिफारिस गर्नेलाई समेत तत्काल पक्राउ गरी अनुसन्धान दायरामा ल्याउनुपर्ने केही अधिकारीको मत थियो।
राष्ट्र बैंकले पठाएको सिफारिस अपुरो भए पनि बैंकिङ कसुर तथा सजाय ऐनले अनुसन्धान अधिकार प्रहरीलाई पनि दिएकाले त्यसको प्रयोग गरेको ब्युरोका केही अधिकारीले धारणा राखेका थिए। समितिको मूल्यांकन प्रतिवेदन र ऋण सिफारिस समितिको सिफारिसबिना ऋण सम्भव छैन। 
राष्ट्र बैंक प्रवक्ता भाष्करमणि ज्ञवालीले अनुसन्धान जारी रहेकाले यसबारे बोल्न नमिल्ने बताए। 'अनुसन्धान जारी छ,' उनले नागरिकसँग भने, 'अनुसन्धान भइरहेको विषयमा सञ्चारकर्मीसँग बोल्न मलाई संस्थाको आचारसंहिताले दिँदैन।'


अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस