काठमाडौं- भारतको पुनेमा जारी एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडीको खराब प्रदर्शन हिजो दोस्रो दिन पनि जारी रह्यो। कल्याण बानियाँ र केशरी चौधरी दुवैले आफ्नो प्रदर्शनमा सुधार ल्याउन सकेनन्।गत चैत अन्तिम साता ३८औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा १ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाएकी पुलिस क्लबकी केशरी पुनेमा कीर्तिमानभन्दा निकै पछि रहिन्। उनले १७.६१ सेकेन्डमा दूरी पूरा गरिन्। जबकि उनको नाममा १५.९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ। घरेलु ट्र्याकमा सफल मानिएकी केशरीले पहिलो प्रयासमै हर्डल्समा कीर्तिमान राखेकी थिइन्।
आर्मी क्लबका कल्याणले १५ सय मिटर दौड ४ मिनेट ०४ दशमलब ८१ सेकेन्डमा पार गरे। राष्ट्रिय एथलेटिक्समा उनले उक्त दुरी ३ मिनेट ५८.०१ सकेन्डमा सकेका थिए। असोजमा सम्पन्न राष्ट्रिय खुला एथलेटिक्स च्याम्पियनसिपमा कल्याणको टाइमिङ ३ मिनेट ५८.९ सेकेन्डको थियो। बुधबार स्पि्रन्टर तिलकराम थारुले १०० मिटर दौड ११.१० सेकेन्ड र दिलमाया कार्कीले ४०० मिटर दौड ६१.६३ सेकेन्डमा पूरा गरेका थिए।
एथलेटिक्सका मुख्य प्रशिक्षक सुशील नरसिंह राणाले नेपाली खेलाडीको प्रदर्शन अपेक्षा विपरीत आइरहेको बताए। 'कल्याणको इभेन्टमा कडा टक्कर हुने भएकाले धेरै अपेक्षा थिएन। तर केशरीले राम्रो गर्लिन् भन्ने थियो। त्यस्तो भएन,' राणाले नागरिकसँग भने, 'अरुको भन्दा आफ्नो कीर्तिमान भंग गर्न केही सहज हुन्छ। किन उनको प्रदर्शन बिर्गियो, म अहिले भन्न सक्दिनँ। फर्केपछि प्रशिक्षकले बताउँलान्।' प्रशिक्षक राजेश वज्राचार्य र ४ खेलाडी तीन दिनको यात्रापछि पुने पुगेका थिए।