भारतबाट बीपी कोइरालाको पत्र नेपाल आइपुग्न करिब १ महिना लाग्थ्यो। नेता–कार्यकर्ताबीच पत्र संवादकै आधारमा आन्दोलनका कार्यक्रम अघि बढ्थे। फोनको पहुँच निकै कम थियो, व्यवस्थाविरुद्ध आन्दोलन गर्नेले त्यो सुविधा पनि कहाँ पाउनु!
२००७ सालको क्रान्तिपश्चात प्रजातन्त्र आएको खबर जनताले धेरै समयपछि मात्रै थाहा पाएका थिए। सञ्चारका साधन भन्नु नै हुलाक र अवा (आकाशवाणी) थिए। हुलाकमात्रै सबैको पहुँचमा थियो। अवा त अहिले पूर्णरूपमा बन्द भइसकेको छ।
अहिलेको हरेक पुस्ता प्रविधिको रेसमा छन्। युवालाई नारा, जुलुस र आन्दोलनमा दौडाउने नेता पनि त्यसलाई पछ्याउने क्रममा छन्। प्रविधितर्फको आर्कषणमा उमेर समूहले प्रभाव पार्छ। अघिल्लो पुस्ता प्रविधिमा चासो त राख्छन् तर यसको 'झमेला' बेहोर्न चाहँदैनन्।
१० वर्षे द्वन्द्वकालमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल स्याटेलाइट फोन चलाउँथे। उनले आफ्ना कार्यकर्तालाई बीपीले जस्तो पत्र पठाइरहनु परेन। अहिले उनी स्मार्ट फोन बोक्छन्। दाहालले लामो समय स्याटेलाइट फोन चलाए। कहिले दिल्लीबाट त कहिले रोल्पाबाट। यसले पनि ठूलै चर्चा पाएको थियो। दाहाल प्रविधिलाई आफ्नो पहुँचमा राख्नुपर्छ भन्ने नेता हुन्। उमेरले ६ दशक हाराहारीका दाहालले युवावस्थामा मोबाइल बोक्नै पाएनन्। आवा, हुलाक, र सीमित ल्यान्डलाइन फोन नै त्यसबेलाका सञ्चार साधन थिए।
दाहाल अहिले आइफोन फाइभ प्रयोग गर्छन्। यसअगाडि उनी सामसुङ ग्यालेक्सी बोक्थे। प्रविधिलाई छिटो छोप्ने नेतामध्ये पर्छन् उनी। एप्पलले आइफोन फाइभ बजारमा ल्याएपछि सामसुङ छोडेर त्यता लाग्नुले पनि यो पुष्टि गर्छ। दाहाल आफ्नो ग्याजेटमा इन्टरनेट पनि चलाउँछन्। समाजिक सञ्जालमा कुनै एकाउन्ट नभएका उनले न्युज पोर्टल ग्याजेटमै लगअन गर्ने दाहालका प्राविधिक सहयोगी शिव खकुरेलले बताए।
सामाजिक सञ्जाल ट्वीटर प्रयोग गर्ने नेपालका पहिलो प्रधानमन्त्री बनेका एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई पनि प्रविधि–प्रेमी नेतामध्ये पर्छन्। आर्किटेक्ट भट्टराई प्रविधि पछ्याउनेमात्र होइन त्यससँग सम्बन्धित पुस्तक पनि प्रशस्त अध्ययन गर्ने निजी सहयोगी विश्वदीप पाण्डे बताउँछन्।
नयाँ प्रविधिलाई सकेसम्म चुमिरहन चाहने भट्टराईको पकेटमा अहिले आइफोन फाइभ छ। लामो समय नोकिया टचस्त्रि्कन मोबाइल चलाएका उनी एप्पलको दुनियाँमा छिरेको धेरै भएको छैन। उनी आइप्याड पनि चलाउँछन्। आइफोनकै सहारामा उनी ट्वीटर ह्यान्डल गर्ने गर्छन्। एमाओवादी अध्यक्ष दाहालजस्तै उनी पनि कुनै बेला स्याटेलाइट फोन बोक्थे।
सुन्दा अचम्म लाग्न सक्छ, प्रधानमन्त्री बनिसकेका कांगे्रस नेता शेरबहादुर देउवा मोबाइलको 'झमेला' झेल्न चाहँदैनन्। उनी आफ्ना सहयोगीमार्फत् मोबाइलको काम चलाउँछन्। देउवाका एक सहयोगी फोनकै लागि 'स्ट्यान्डबाइ' हुन्छन्।
कांग्रेस उप–सभापति रामचन्द्र पौडेल नोकिया–१६०० मै सीमित छन्। लाग्छ, उनलाई आधुनिक फोन सुविधाको आवश्यकता छैन। 'उहाँलाई फोन डायल गर्ने र उठाउने सुविधा भए पुग्छ,' पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले भने। पौडेल पनि अरू नेताजस्तै सञ्चारको काम सहयोगीमार्फत् नै गर्छन्। प्रविधिको रेसमा उनि अरूभन्दा अलि पछाडि नै छन्।
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले क्यामेरा चलाउँदै गरेका तस्बिर बेला–बेला सार्वजनिक हुने गर्छन्। सहयोगी रितेश पौडेलका अनुसार उनको पकेटमा क्यामेरा छुट्दैन। क्यामेरा–क्रेजले नेपाल फोटोग्राफीका सौखिन हुन् भन्ने बु‰न सकिन्छ। तर उनीसँग स्मार्ट फोन छैन। नोकिया इ–७१ ले नै उनको आवश्यकता पूरा गरिदिएको छ। अन्य पाका नेता सहयोगीमार्फत् सूचना–सम्पर्क गर्ने भए पनि नेपाल आफ्नो फोनको काम आफैं गर्छन्।
पाका नेतामध्येका कांग्रेस सभापति सुशील कोइराला पनि सामान्य नोकिया मोबाइल नै बोक्छन्। वृद्धावस्थाले हुनसक्छ, स्मार्ट फोन बोक्ने उनमा सोख छैन।
मानिसका चाहनालाई उमेर, ठाउँ र संगतले प्रभाव पार्छ। प्रविधिको तीव्र विकासले चाहना पूरा गर्न अब गाह्रो छैन। नेताहरूलाई राजनीतिभन्दा बाहिरी कुरामा परिवार र सहयोगीको साथ रहन्छ। उनीहरूले लगाउने कपडादेखि परिकारसम्मको व्यवस्था गर्न उनीहरू खटिइरहन्छन्। सायद, नेताहरूले प्रयोग गर्ने प्रविधिमा पनि निजी सहयोगीको 'इन्ट्रेस्ट' महत्वपूर्ण हुन्छ कि!