काठमाडौं – भारतको पुनेमा आइतबार सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा अन्तिम दिन पनि नेपाली खेलाडीको प्रदर्शनमा सुधार भएन। आइतबार नेपालका कल्याण बानियाँ खराव नतिजाबाट गुज्रिएका छन्।५ हजार मिटर दौडमा कल्याणको प्रदर्शन आइतबार आफ्नै व्यक्तिगत उत्कृष्टभन्दा पनि कमजोर रहयो। कल्याणले १५:५८.९० सेकेन्डमा दौड पूरा गरे। ३८औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको ५ हजार मिटर दौडमा स्वर्ण जित्दा कल्याणले १५:०४ सेकेन्डमा निर्धारित दुरी पूरा गरेका थिए। खुला राष्ट्रिय एथ्लेटिक्समा स्वर्ण जित्दा उनको टाइमिङ १५:१३.४ सेकेन्डको थियो।
एक महिना अघि दाँया खुट्टाको नङमा समस्या आएपछि शल्यक्रिया गरेका कल्याणले प्रतियोगितामा ब्यक्तिगत समय सुधार गर्न नसक्दा दुख लागेको बताए। नागरिकसँग टेलिफोन वार्तामा कल्याणले भने, 'करिब एक महिना आराम गर्नुपर्योु। राम्रो गर्ने प्रयास गरेपनि सफल भइन। आगामी प्रतियोगितामा राम्रो गर्नेछु।' जेठ ६ गते शल्यक्रिया गरेपछि कल्याणले २३ दिन आराम गरेको बताए।
एक महिना पछि रुसमा हुने विश्व एथ्लेटिक्स च्याम्पियनसिपको लागि भारत यात्राले धेरै सिकाएको नेपाली टोलीका प्रशिक्षक राकेश श्रेष्ठले बताए। उनले भने, 'हाम्रा खेलाडी करिब एक वर्ष बन्द प्रशिक्षणमा भएपनि राम्रो नतिजा आएन। अब प्रशिक्षणमा केही विचार गर्नु जरुरी छ, नेपाली खेलाडीलाई विदेशी प्रशिक्षण आवश्यक छ।'
कम्तीमा व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने लक्ष्यका साथ भारत लागेका नेपाली खेलाडीमध्ये कसैले पनि लक्ष्य हासिल गर्न सकेनन्। बन्द प्रशिक्षणमा उत्कृष्ट भएका केशरी चौधरी, तिलकराम थारु, दिलमाया कार्की र कल्याणले एसियन च्याम्पियनसिपमा भाग लिएका थिए।