लुटेराको बकितम्
२५ असार २०७०
•
७ मिनेट पाठ
लुटेराको बकितम्
लुट्नु महानतम् कला हो। यसको जगेर्ना हुनुपर्छ। कलाको जगेर्ना नगर्ने देश असभ्य र जंगली हुन्छ। 




लुट्न पाउनु मानव अधिकार हो। यसको रक्षा हुनुपर्छ। मानव अधिकारको रक्षा नहुने देश बर्बर र आततायी हुन्छ। 

आजसम्मको मानव इतिहास के हो? लुटेराहरूको विजय गाथा र लुटिनेहरूको आर्तनाद! मानव समाजले पूजा गर्ने सिकन्दर र कोलम्बस को हुन्? महान् लुटेरा! बाइबल र वेद के हुन्? लुटशास्त्र!

(सबैभन्दा चलेको फिल्म कुन हो? 'लुट'। )

त्यसैले भन्छु म– लुट्न पाउनुपर्छ। 

यसै पनि देश लुटेराहरूको भूस्वर्ग हो। यो जति लुट्न सजिलो देश अर्काे कुन छ? 

कसले लुटेको छैन यहाँ? रातारात उमि्रने आलिशान महलको जगमा के छ? लुट! नमस्कार र प्रतिष्ठाका जन्मजात हकदार को छन्? लुटेरा! मानव जीवनको श्रेष्ठ पुरुषार्थ के हो? लुट्नु! 

हामीलाई लुट्नबाट रोक्ने कसले? राज्यले? राज्य स्वयम् लुटेराहरूको क्रीडास्थल हो। 

नेताहरूले? ती स्वयम् पारंगत लुटेरा हुन्। एक लुटेराले अर्काे लुटेरालाई नलुट् भन्न सक्दैन। प्रश्न व्यावसायिक नैतिकता र मर्यादाको छ।  

कसले रोक्ने? कसले छेक्ने हामीलाई? पुलिसले? वकिलले? न्यायाधीशले? शिक्षकले? पत्रकारले? कविले? लुटमा संलग्न को छैन यहाँ? 

नेपाली भन्ने जीव बिछट्टै गजबको हुन्छ। लुटिन र लुटाउन सदा तत्पर! हाडछाला टाक्सिएर लौरीपिञ्जर हुँदा पनि, बाढीले जायजेथा बढारेर निरीहतम् हुँदा पनि उसँग लुटाउनका लागि सधैँ केही न केही अवश्य बाँकी हुन्छ। त्यसैले भनेको यो देश लुटेराहरूको भूस्वर्ग हो। 

यस देशका लुटेरा यति प्रवीण र छट्टु छन् कि कुनै दिन यस देशमा फूलको सुवास लुटिनेछ, जूनको शीतलता लुटिनेछ, पर्वतको उचाइ लुटिनेछ, नदीको प्रवाह लुटिनेछ। लुटेराहरूको तर्फबाट म ग्यारेन्टी दिनसक्छु। 

जनता भनेको कहिल्यै पूर्ण भोग गर्न नपाउने उपभोक्ता हो। नामै त उप! 

उपभोक्ता यहाँ लुटिइन्छ, ठगिइन्छ। लुटिनु र ठगिनु त उसको नागरिक दायित्व हो। ऊ लुटिएको छ, र त देशको धुकधुकी चलेको छ। ऊ लुटिएन भने देश निष्प्राण हुन्छ। त्यसैले लुटेराका अधिकार हनन् हुनुहुन्न, सीमित हुनुहुन्न। लुटिनेका हक–अधिकारका कुरा गर्नु सर्वथा 'वेस्ट अफ टाइम' हो, समयको सत्यानाश! संसारको नियमै यस्तो छ। ठूलो माछाले सानो माछा खान्छ। ठूलो माछाको मुखमा पर्नु नै सानो माछाको जीवनको एकमात्र औचित्य हो। त्यसैले त भनेको नि लुट्न पाउनुपर्छ। मत्स्यन्यायमा चल्ने यो संसारको नियम, चलन, संस्कार र परम्परालाई कसैले चुनौती दिन्छ भने त्यो मूर्ख हो। त्यसको मूर्खताको औषधि यथाशीघ्र गर्नुपर्छ। विडम्बना, यो संसारमा केही मूर्ख छन्। यो देशमा पनि छन्। तिनीहरू लुटिनेप्रति सहानुभूति राख्छन्। अरूलाई लुट्न अस्वीकार गर्छन्। लुटेराहरूको विरोध गर्छन्। इतिहासविरोधी कुरा गर्छन्। तिनलाई कानुनको कठघरामा उभ्याउनुपर्छ। र, न्यूनतम सजाय तोक्नुपर्छ– फासी। 

 यस देशका सम्पूर्ण लुटेराहरूको तर्फबाट म फेरि पनि माग गर्छु– लुट्न पाउनुपर्छ। निर्बाध, बेफिक्री लुट्न पाउनुपर्छ।  

एक छाक टन्न नखाई, पेट मारी–मारी एक छेस्को सुन जोड्न खोज्नेलाई लुट्न पाउनुपर्छ। सुनमा पित्तलको 'फ्युजन' गर्न पाउनुपर्छ। अन्यथा सडकमा ओर्लिनेछौँ हामी र देशै ठप्प पार्दिनेछौँ। घरमा घुनयुक्त अन्न पनि नहुने गरिब नेपालीले किन लाउनुपर्‍यो शुद्ध सुन?   

हानिकारक जीवाणु भएको दूध बेच्न किन नपाउने हामीले? प्रदूषित पानी बेच्न किन नपाउने? उपभोक्तालाई हामीले जे दिन्छौँ, उसले हात थापेर लिनुपर्छ। उसले उपभोग गर्न पाइरहेको छ, त्यही ठूलो कुरो हो। चिजको मूल्य तिर्नुको अर्थ चिजको गुणस्तर/दोषस्तरमा प्रश्न गर्ने अधिकार पाउनु किमार्थ होइन। हामी लुटेराहरूको नियतमा प्रश्न गर्नु हाम्रो मानहानि हो। मानहानि गर्न पाइँदैन भनेर कानुनमा लेखिएकै छ। गर्नेलाई दण्ड–सजायको व्यवस्था छ। के उपभोक्ता कानुनभन्दा माथि छ? 

खबरदार! हामीले लुट्न पाएनौँ भने, हाम्रो लुट्ने अधिकारमा कसैले अंकुश लगाउन खोज्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्नेछ। लुटिनेहरूका आन्दोलनमात्र देखेको छ यो देशले। हामी लुटेराहरूको आन्दोलन देखेको छैन। हाम्रो 'सुपर चेतनशील' र विशाल जमातले चाह्यो भने यो इँटाकार देशका एक–एक इँट बजाइदिनेछौँ। इतिहास साक्षी छ– यो देशले सदा लुटेराहरूको खिदमत गरेको छ। सदा उनीहरूको पक्षमा रहेको छ यो देश। 

लोकतन्त्र र गणतन्त्र लुटिनेहरूको मात्रै होइन। लुटेराहरूको पनि हो। लोकतन्त्र र गणतन्त्रको भोगचलन आ–आफ्ना नियत र औकातअनुसार गर्ने हो। अधिकांश नेपाली लुटाएर गर्छन्, हामी लुटेर गर्छौं। हामीले के गल्ती गर्‍यौँ?
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस