काठमाडौं- 'कति पुर्खा बिते हाम्रा, अब हामीलाई बन्नु छैन जमिन्दारको दास' पूर्व सभासद् शान्ता चौधरीले दास नबन्ने गरेको उद्घोष कवितामार्फत् यसरी पोखिरहँदा कार्यक्रममा उपस्थित दर्शकहरुले ताली बजाएरसाथ दिए।चौधरी १३ औं कमैया मुक्ति दिवसको अवसरमा आफैंद्वारा लिखित पुस्तक 'कमलरीदेखि सभासद्सम्म'को विमोचन कार्यक्रममा बुधबार सम्बोधन गर्दै थिइन् । कमलरीदेखि सभासदसम्मको यात्रा तय गरेकी चौधरीको संस्मरणात्मक कृतिको विमोचन नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा अर्की पूर्व कमलरी मजिता चौधरीले गरिन्।
'जंगलको छेउमा बनाइएको झुपडी सुत्केरी भएको नौ दिनमा जमिन्दार र प्रहरीले भत्काएपछि पानीमात्र पिएर बाँचेकी थिएँ। पानीमात्र पिएकोले बच्चालाई दूध खुवाउन नसकेपछि उसको मृत्यु भयो,' भावुक हुँदै उनले भनिन्। बाल्यकालदेखि कमलरी बस्दाको पीडादेखि संविधानसभाको सभासद् हुँदाको अनुभव उनले पुस्तकमा समावेश गरेकी छिन्।
'कमलरी प्रथा नदेखिने रुपमा चेलीहरुलाई बेचिने प्रथा हो। गरिबीको कारण परिवार र स्कुलको अनुहार हेर्न नपाएका कमलरीहरुको अनुभव समावेश गरेकी छु,' उनले भनिन्। पुस्तक विमोचन गर्न कैलालीबाट राजधानी आएकी मजिता चौधरीले पनि पुस्तकमा कमलरीहरुको वास्तविक पीडा समेटिएको बताइन्।
'हामी पूर्व कमलरीहरुले भोगेका तीतो सत्यमाथि यो पुस्तक आधारित रहेको छ। थारु समुदायको प्रतिनिधित्व गरेकी चेलीको पुस्तकले सबैलाई रुवाउँछ,' उनले भनिन्। संविधानसभामा चार वर्ष बिताउँदा बल्ल साउँ अक्षर चिनेकी शान्ताले यही छोटो सिकाइको भरमा पुस्तक लेखेकी हुन्। 'सरल भाषामा लेखिएको पुस्तकले वास्तविक नेपालमा रहेको कमलरी प्रथाको चित्रण गरेको छ। अहिले पनि कमलरीहरु मुक्त भइनसकेको अवस्थाबाट नेपाल गुजि्रजरहेको छ,' पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने।
कार्यक्रममा साहित्यकार श्रवण मुकारुङले कविता बाचन गरेका थिए। 'अवसर दिइयो भने मानिसले आफूलाई बदल्न सक्छ भन्ने उदारण हुन् शान्ता। यति ढिलो अक्षर चिनेर पनि यति राम्रो पुस्तक लेख्न सक्षम भएकी उनीबाट प्रभावित भएको छु,' एमाले सचिव शंकर पोखरेलले भने। संविधानसभाका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले चुनौतीहरुबाट नभाग्न सबैलाई अनुरोध गरे। 'चुनौतीलाई स्वीकार गरेर लान सके जीवनमा सफल हुन सकिन्छ,' उनले भने। कार्यक्रममा शक्ति बस्नेत, लक्ष्मण घिमिरे र अमृता थापामगर लगायतले पनि बोलेका थिए। रघुनाथ लामिछानेले सम्पादन गरेको पुस्तकलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
भिडियो हेर्नुस्