त्यति सस्तो कहाँ छ र 'लिफ्ट'?
१८ साउन २०७०
•
१५ मिनेट पाठ
त्यति सस्तो कहाँ छ र 'लिफ्ट'?
नौ कक्षामा पढ्दै गर्दा 'आँखाभरि आँशु किन', 'आउँदै गर मालती'जस्ता हिट गीतमा मोडलिङ गरेर धेरैका आँखामा परेकी शशी खड्का छ महिना यता कतै देखिएकी छैनन्। विगत सात वर्षदेखि मोडलिङ र फिल्म क्षेत्रमा जमिरहेकी उनी एक्कासि हराएपछि अनेक लख काटिए। यतिबेला उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'किन किन'मा दिएका गरमागरम दृश्यले उनी बजारमा छाएकी त छन् तर अझै अभिनयमा फर्केकी छैनन्। उनै शशीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीःछ महिना कता गायब हुनुभएको थियो?
सबैले यसै भन्छन्। म गायब भएकी थिइनँ। यतै थिएँ। म कहीँ भेटिइनँ भने पनि वसन्तपुरमा त पक्कै भेटिन्छु किनभने कालभैरवको पूजा गर्न गइरहेकी हुन्छु। 
भिडियो र फिल्ममा देखिने मान्छे त्यहाँ नदेखिएपछि के भन्ने त?
हराएको होइन। जानीजानी ब्रेक लिएकी हुँ । फेरि कामलाई निरन्तरता दिँदै छु। 
करिअरले गति लिइरहेका बेला ब्रेक लिएपछि करिअरमै ब्रेक लाग्ला भन्ने पीर भएन?
अलिकति पनि भएन किनभने मैले दर्जनौँ हिट म्युजिक भिडियो गरेँ, सिरियल गरेँ। फिल्म खेलेँ। कार्यक्रम होस्ट गरेँ। यो सब मैले रहरैरहरमा गरेँ। म कहिल्यै यो क्षेत्रको करिअरसँग सिरियस भइनँ। सिरियस भएकी भए अझ राम्रो हुन्थ्यो होला। मैले काम गर्न चाहेँ भने फेरि उत्तिकै काम पाउँछु भन्ने पूरा विश्वास छ। तर, यो क्षेत्र नै सबथोक भनेर नलागेकी हुनाले यतातिरको करिअरमा ब्रेक नै लाग्यो भने पनि दुःखी हुँदिनँ। 
यो छ महिनामा गरियो चाहिँ के?
मैले पढाइलाई प्राथमिकता दिँदै आएकी छु। परीक्षा नजिकिँदा जहिले पनि ब्रेक लिइरहेकी हुन्थेँ। यतिबेला पनि बिबिएस सेकन्ड इयरको परीक्षा दिनका लागि यो क्षेत्रबाट टाढिएकी थिएँ। परीक्षा सकियो। फेरि आउँदै छु। 
त्यसोभए लक्ष्य टप हिरोइन बन्ने होइन?
होइन। यो क्षेत्रमा आउनुभन्दा अघिदेखि नै रुचि राम्रो बिजनेस वुमन बन्ने थियो। त्यसका लागि मैले कहिल्यै पढाइलाई साइड लगाइनँ। ज्यानमा जोस र गालामा रस हुञ्जेलसम्मको हिरोइन, मोडल जे पनि बन्न सकिन्छ। तर, त्यसपछि के गर्ने? जीवनभर उत्तिकै सक्रिय र उत्तिकै इज्जतिलो भएर हिँड्नका लागि ज्यान सुन्दर होइन, दिमाग धारिलो पार्नुपर्यो्। त्यसैले पढाइलाई बढी महŒव दिइरहेकी छु। 
जुन क्षेत्रप्रति लगाव नै छैन। त्यो क्षेत्रमा हिट चाहिँे कसरी भइयो?
एकदिन टिभी हेर्दै थिएँ, टेलिसिरियल 'थोरै भए पुगिसरी'का लागि 'कलाकार चाहियो' भन्ने विज्ञापन देखेँ। फोन नम्बर लिएर बागबजारस्थित सिर्जना कला केन्द्रमा अडिसन दिन गएँ। त्यतिबेला ७ कक्षामा पढ्थेँ। फुच्ची केटी स्कुल युनिफर्ममै अडिसन दिनेको लाइनमा बसेको देखेर डाइरेक्टर विजय बस्नेतले सोधे, 'के बन्न आयौ?' भनेर। मैले हिरोइन बन्न आएको भनिदिएँ। उनले मेरो कन्पि्कडेन्स देखेर त्यो सिरियलमा मुख्य भूमिकामा अभिनय गर्ने मौका दिए। त्यसपछि त अरूले पनि कामको अफर गर्न थाले। 
हिट त भिडियोबाट भइयो है...
त्यसपछि लगत्तै गायक जबिकको 'आँखाभरि आँशु किन' भन्ने गीतमा अभिनय गरेँ। हेमन्त शर्माको 'आउँदै गर मालती' गरेँ। भिडियो हिट भए। म पनि हिट भएँ। 
पहिलो फिल्म खेल्दा उमेर कति थियो?
फिल्म 'पलपलमा' खेल्दा ९ कक्षा पढ्दै थिएँ। फिल्मले एडल्ट सर्टिफिकेट पायो। ढिलो रिलिज नभएको भए आफूले काम गरेको फिल्म आफैँले हेर्न नपाइने रहेछ। 
तपाईंले फिल्म खेल्यो कि एडल्ट सर्टिफिकेट पाउने भए!
मैले काम गरेका तीनटै फिल्मले एडल्ट सर्टिफिकेट पाए। तर, कुनै फिल्मले पनि मेरा दृश्यका कारण एडल्ट सर्टिफिकेट पाएका होइनन्। 
रिलिज हुन लागेको फिल्म 'किन किन'मा त तपाईंका पनि गरम दृश्य छन् रे।
एउटा चुम्बनको दृश्यमात्रै हो। पूरै फिल्म हेर्नेलाई त्यो सिन भल्गर लाग्ने छैन। त्यो सिचुएसनमा किस गर्नु स्वाभाविक छ। म स्योर छु, मेरो किस सिन आउँदा सबैले ताली पिट्नेछन्। 
त्यो दृश्य दिएपछि तपाईं रुनुभएको थियो भन्ने हल्ला छ नि?
हो। फस्ट टाइम त्यति धेरैका अघि त्यस्तो किस गर्दा नर्भस भएकाले रोएकी थिएँ। जब पूरै फिल्म हेरँे, त्यो सिन उपयुक्त लाग्यो। सिचुएसन अनुसारै त्यो दृश्य खिचिएको हो भनेर खुशी भएँ। 
संवाद पनि खतरा छन् नि। 'फिल इन द ब्ल्यांक्स नगरी गर्लफ्रेन्ड हुँदैनन्' जस्ता। अरू पनि के जाति नगरी के जाति नहुने भन्ने खालका। बोल्दा अप्ठ्यारो लागेन?
यत्तिकै बोल्दा अप्ठ्यारो लाग्छ। तर, फिल्म संवादको सिलसिला र मैले प्रतिनिधित्व गरेको पुस्ताको कुराकानीमा ती संवाद सामान्य लाग्छन्। 
फिल्म क्षेत्रमा हट निर्देशकको छवि बनाएका उकेश दाहालले तपाईंलाई कुर्तासुरुवालमा प्रस्तुत गरेका होलान् भनेर कसरी पत्याउनु?
नेपालमा यौन मुख्य विषय भएका फिल्म निकै लाजमर्दा दृश्यले भरिएका हुन्छन्। यो फिल्ममा पात्रको तन भन्दा पनि मन देखाउन खोजिएको छ। त्यसमाथि सस्पेन्स लभस्टोरीले फिल्मलाई झन् रंगिन बनाएको छ। 
यो फिल्मबाट कत्तिको अपेक्षा गर्नुभएको छ?
म यतिबेला दोस्रोपल्ट बेचैन भएकी छु। पहिलोपल्ट एसएलसीको रिजल्ट कुर्दा भएकी थिएँ। योेपल्ट यो फिल्मको नतिजा कुरिरहेको अहिलेको अवस्थामा छु। 
फिल्म क्षेत्रलाई मुख्य करिअर नबनाएको मान्छेका लागि यो हिट हुनु वा नहुनुले के अर्थ राख्ला र?
झन् ठूलो अर्थ राख्छ। मैले यही फिल्मको नतिजा हेेरेर अघि बढ्छु भनेर कम्तीमा १० वटा फिल्म छाडेकी छु। भिडियो कति छाडियो कति! त्यसैले म अलि बढी नै कन्पि्कडेन्ट पनि छु। पहिलोपल्ट त्यसरी नतिजा कुर्दा पास भएकी थिएँ। अहिले पनि पास हुनुपर्छ, किनकि मेहनत गरेकी छु।
यो क्षेत्रमा पहिचान बनाइसक्नुभयो। अन्यत्र शून्यबाटै स्ट्रगल गर्नुपर्छ। त्यसैले यतै जोड दिऊँ भन्ने लाग्दैन?
म स्ट्रगल गर्न रुचाउने मान्छे हुँ। कुनै दिन मैले रेस्टुरेन्ट खोलेर भाँडा माझिरहेको पनि भेट्न सक्नुहुन्छ किनभने मलाई बिजनेस वुमन बन्नुछ। त्यसका लागि शून्यबाटै थालनी गर्नुपर्छ। 
भन्न जति सजिलो छ, गर्न अलि छैन कि?
म श्रमलाई सम्मान गर्ने खालकी मान्छे हुँ। मैले सानै उमेरमा बुवा गुमाएँ। तर, दिदी, दाइ र आमाले कहिल्यै मलाई अभावको महसुस गर्न दिनुभएन। ममा चाहिँ सानै उमेरदेखि आफ्ना लागि आफैँले केही गर्नुपर्छ भन्ने भावना थियो। त्यसैले स्कुल पढ्ने बेला नै बिहान र बेलुका फास्टफुडमा काम गर्ने र दिउँसो स्कुल जाने गर्थें। मेरो डान्स पनि राम्रो थियो। त्यसपछि १४ वर्षकै उमेरमा इन्स्टिच्युटमा डान्स पनि सिकाउन थालेकी थिएँ। सानै उमेरमा म यसरी सक्रिय भएपछि टोलछिमेककाले हौसला प्रदान गर्नुपर्थ्यो तर मेरो कुरा काट्न थालेका थिए। तर, मैले आफूलाई रोकिनँ। काम गर्न लाज मानिनँ। अब पनि मलाई काम गर्न कुनै संकोच हुनेछैन। 
'किन–किन'मा तपाईंलाई म्युजिक भिडियोकी मोडलका रूपमा प्रस्तुत गरिएको छ। त्यो क्षेत्रमा हुने कास्टिङ काउच पनि फिल्ममा उठाइएको छ। वास्तविक जीवनमा भोग्नुभएको छ?
सँगै काम गर्दा कसैप्रति भावनात्मक लगाव बढ्छ र प्रेम हुन्छ। त्यो हाम्रो क्षेत्रमा पनि हुन्छ भन्ने फिल्ममा देखाइएको हो। त्यहाँ केटाले नयाँ मोडललाई चान्स दिएपछि आफूले चान्स लिने भन्ने सोचाइ राख्छ। यो क्षेत्रमा पनि मलाई आफ्नो प्रोजेक्टमा काम गराउँदा कसैले त्यस्तै सोच राखेका थिए होलान्। खाली गुडिरहेको गाडीमा लिफ्ट माग्ने सोच वा लिफ्ट दिएको भए हुने नि भन्ने भावना सबै पैदलयात्रुमा हुन्छ। तर, लिफ्ट दिने/नदिने ड्राइभरको हातमा हुन्छ। म त कसैले त्यसरी लिफ्ट माग्ने संकेत गरे भने झन् चाँडो गाडी दौडाउँछु। लिफ्ट त्यति सस्तो कहाँ हुन्छ र? 
कहिलेसम्म 'खाली गाडी' कुदाउने?
केही वर्ष। मास्टर्ससम्म त कुनै पनि हालतमा पढ्नुपर्यो?। मेरो बुवाले मलाई पढाउनुहुन्थ्यो। म जहिले पनि स्कुलमा फस्ट हुन्थेँ। पछि उहाँ बित्नुभयो। मेरो पढाइ ठीकठीकै भयो। अब आफैँ बुझ्ने भएकी छु र जसरी पनि पढ्छु। विवाह भन्ने कुरा त्यसपछि सोचौँला। 
तपाईंको जिन्दगीको गाडीमा लिफ्ट माग्ने कति आए होलान्?
गन्न भ्याइएला र! दुई कक्षामा पढ्दा कक्षा १ मा पढ्ने भाइले 'मन पराउँछु' भन्याथ्यो। ऊ अहिलेको मेरो राम्रो साथी पनि हो। त्यसपछि पनि मन पराउनेले पराइरहे, म मेरो बाटो लागिरहेँ। 
जिन्दगीको बाटोमा साथ दिने राम्रो मान्छे छुट्ला नि फेरि?
केही छुटि पनि सके। लिफ्ट माग्नेमध्ये एकदुई जना मलाई पनि मन परेका थिए। तर, पहिला आफू स्थापित हुनुपर्छ भन्ने सोचले जित्यो। ती छुटे। त्यसैले पनि मलाई त भगवान्ले माथिबाटै जोडी मिलाएर पठाएका हुन्छन् जस्तो लाग्छ।
मायाप्रेममा विश्वास छैन?
किन नहुनु? छ। प्रेममा पावर हुन्छ। त्यो महसुस पनि गरेकी छु। तर, त्यो पावरको प्रयोग गर्न पाइनँ। एकजना मलाई असाध्यै मन पर्नुभएको थियो, म उहाँलाई प्रेम गर्थें। त्यो उहाँलाई महसुस गराउन पाइनँ। कारण, अनेक थिए। प्रेममा हुने पावरको प्रयोग बिस्तारै गरौँला। 
बूढी भएपछि .....
मलाई त अहिलेसम्म सबैले फुच्ची भन्छन्। 
तपाईंलाई पनि 'फुच्ची नै छु' जस्तो लाग्छ?
बूढी नै पनि त भएकी छैन नि।
हेर्दा फुच्ची नै देखिनुहोला रे लौ। तर तपाईंको मन, प्राकृतिक रूपमा तपाईंभित्र अंकुराउने चाहनाले फुच्ची बन्न दिँदैन होला!
कन्ट्रोल गर्नु परेन? भावनामा डुब्दै गएर त्यतै खुशी खोज्न थालियो भने केही नेचुरल चाहना कन्ट्रोल गर्न सकिन्छ। मैले पनि त्यसै गरिरहेकी छु। 
फुच्ची नै छु भन्ने भ्रममा कति दिन बाँच्ने?
त्यस्तो भ्रममा पनि छैन। मलाई मेरो उमेर थाहा छ।
कति भयो त तपाईंको उमेर?
आमाले गर्भधारण गरेको नौ महिनामा जन्मिएकी हुँ। र, ठ्याक्कै १६ वर्षमा एसएलसी पास गरेकी हुँ।


अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस