उपत्यकामै भूमिगत समूहको चुनौती
२५ साउन २०७०
•
९ मिनेट पाठ
उपत्यकामै भूमिगत समूहको चुनौती
काठमाडौं - प्रहरीले चुनावको संघारमा उपत्यकाभित्र भूमिगत सशस्त्र समूहका गतिविधि बढ्न सक्ने निष्कर्ष निकालेको एक साता बित्दा–नबित्दै यस्ता संगठनका चहलपहल देखिएको छ।
चुनावी सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयले साउन १५ मा राजधानीमा डाकेको सबै सुरक्षा संगठनका प्रमुख र क्षेत्रगत प्रतिनिधि सहभागी छलफलमा तराई, पूर्वी पहाडलगायत क्षेत्रमा सक्रिय भूमिगत समूहले आफ्नो अस्तित्व देखाउन उपत्यकाकेन्द्रित योजना बुन्ने निष्कर्ष दिएको थियो। छलफलमा यस्ता समूहलाई 'उपत्यका प्रवेशबाट रोक्नुपर्ने' निष्कर्ष निकालेको थियो।
राजधानीमा सामान्य आपराधिक घटना गराउन सके मात्र पनि त्यसको प्रचारप्रसार हुने, राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमै संगठनको नाम चर्चामा आउने र सामान्य घटनाबाटै त्रास फैलाउन सकिने देखेर भूमिगत सशस्त्र समूह उपत्यकाकेन्द्रित विध्वंसात्मक घटनामा केन्द्रित रहेको प्रहरीको निष्कर्ष थियो।
प्रहरीको आँकलन पुष्टि गर्दै साउन १५ यता मात्रै उपत्यकामा तीनवटा समूह पक्राउ परिसकेका छन्। विभिन्न स्थानमा विष्फोट योजना बुन्दै गरेको अवस्थामा संयुक्त जातीय मुक्ति मोर्चाका वीरेन्द्रकुमार तामाङ, सनबहादुर परियार, सुमन कार्की, निमा शेर्पा, सन्तोष माझी र भानी नाथलाई साउन १८ गते विष्फोटक पदार्थसहित पक्राउ गरिएको हो। उनीहरु 'मंसिर ४ को संविधानसभा निर्वाचन लक्षित गरेर काठमाडौं उपत्यकालाई लÔित गरी शृंखलाबद्ध बम विष्फोट गराउने उद्देश्यले विभिन्न किसिमका बम बनाउन प्रयोग हुने कच्चा पदार्थ उपत्यका भित्र्याई लुकाई–छिपाई राखेको' महानगरीय प्रहरी अपराध महाशाखाको निष्कर्ष छ।
उनीहरुको साथबाट गन पाउडर, बम बनाउन प्रयोग हुने विभिन्न तार, फ्युज, फलामका पाइपलगायत सामग्री फेला परेको थियो। स्रोतअनुसार पक्राउ परेकाहरु बबरमहलमा तीनजनाको ज्यान जानेगरी भएको विष्फोट घटनासँग समेत जोडिएका थिए।
लगत्तै, उपत्यकामा लुकिछिपी बसेका तराई कोब्राका सञ्जय मिश्रा टेकुमा फेला परे। अपहरण, हातहतियारमा समेत संलग्न उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। साउन १३ गते बल्खुको व्यापारीको घरमा बम विष्फोट गराएर उपत्यकामा नयाँ समूह देखा पर्‍यो– माओवादी कम्युनिस्ट नेपाल। उनीहरुले रिता अटो मोबाइल्सका सञ्चालक नवराज भुषालसँग २० लाख रकम माग गरेका थिए। रकम नपाएपछि पर्चासहित बम पड्काए।
१० दिनमा अनुसन्धान सफल भयो र पक्राउ परे पूर्व माओवादी लडाकु सूर्य तिमल्सिना र उनका सहयोगी रोजन रखाल। प्रहरी अहिले उनीहरुको समूहको जालो खोतल्न सक्रिय छ।
दुई महिनाअघि महानगरीय प्रहरी आयुक्त कार्यालयले २०६६ देखिको घटना विश्लेषण आधारमा उपत्यकामा १७ वटा सशस्त्र भूमिगत समूह सक्रिय रहेको सूची नै सार्वजनिक गरेको थियो।
आयुक्त कार्यालयको सूचीमा अखिल तराई मुक्ति मोर्चा गोइत, प्रताप र ज्वालासिंह समूह, नेपाल डिफेन्स आर्मी, तराई कोब्रा, राष्ट्रिय आर्मी नेपाल, नागराज समूह, इन्टरनेसनल टाइगर्स, संयुक्त जातीय मुक्ति मोर्चा, किराँत जनवादी, क्रान्तिकारी जनवादी मोर्चा, दलित मुक्ति फोर्स, नेपाल स्वतन्त्र दल, माओवादी कम्युनिस्ट केन्द्र नेपाल, राजधानी टाइगर, तराई फोरम कमान्डो, हिन्दु सेना नेपाल, गोरखा मुक्ति मोर्चा, नेसनल टेरोरिस्ट इन्काउन्टर, नेपाल पुलिस आर्मी नेपाललगायत समूह सक्रिय रहेको उल्लेख थियो।
प्रहरीको प्रस्तावित चुनावकेन्द्रित सुरक्षा योजनामा भने उपत्यकामा नेपाल डिफेन्स आर्मी र विभिन्न जातीय समूहमात्रै सक्रिय रहेको उल्लेख छ। आयुक्त कार्यालय अधिकारीका अनुसार सशस्त्र समूहसँगै अन्य आपराधिक समूह र व्यक्तिका गतिविधि निगरानी गर्न पछिल्लो समय उपत्यका भित्रिने नाकाहरुमा सादा पोसाकका प्रहरी संख्या बढाइएको छ।
उपत्यकामा हुने अधिकांश विष्फोटका घटनाको योजना छिमेकी जिल्लामा बन्ने गरेको पुराना घटनाका तथ्यले उपत्यकासँग जोडिएका काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र नुवाकोटसँग समन्वय गरेर सूचना आदानप्रदान र निगरानी बढाइएको छ।
सर्वसाधारणको बढी चहलपहल हुने फिल्महल, बसपार्क, सपिङ मल, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, अन्तर्राष्ट्रिय नियोग, विभिन्न देशका दूतावास र राजदूतका निवासलगायत स्थानमा समेत सुरक्षा परिचालन बढाइएको छ।
उपत्यकामा यसअघि सक्रिय नेपाल डिफेन्स आर्मी, संयुक्त जातीय मुक्ति मोर्चाका गतिविधि पहिल्याउन कारागारमा रहेका नेपाल डिफेन्स आर्मीका रामप्रसाद मैनाली र मोर्चाका विश्वक्रान्तिलगायतमाथि पनि कडा निगरानी गर्न थालिएको स्रोतले बतायो। हिन्दु अतिवादी संगठन डिफेन्सले ललितपुरको चर्चमा बम पड्काउँदा तीनजनाको मृत्यु, १५ घाइते भएका थिए भने जातीय अतिवादी मोर्चाले बबरमहलमा बम विष्फोट गराएर तीन सर्वसाधारणको ज्यान लिएको थियो।
आयुक्त कार्यालयका प्रमुख एआइजी नवराज ढकालले उपत्यकामा भूमिगत सशस्त्र समूह र अन्य आपराधिक गतिविधि नियन्त्रणमा विशेष सुरक्षा योजनासहित सुरक्षाकर्मी परिचालन गरिएको बताए। ढकालका अनुसार घटना अगाडि नै योजना थाहा पाउन इन्टेलिजेन्सका लागि उपत्यका भित्रिने नाकाहरुमा सादा पोसाकमा प्रहरी परिचालन, सशंकित व्यक्तिहरुको निगरानी बढाइएको छ। ढकालले उपत्यकामा हुनसक्ने सम्भावित आपराधिक घटनाअगाडि नै सूचना संकलन गरी अप्रेसनका लागि अन्य सुरक्षा संगठनसँग समेत सूचना आदानप्रदान सुरु भइसकेको बताए।
'प्रोपोगान्डा केन्द्रित रणनीति असफल बनाउन प्रहरी सक्रिय छ, निर्वाचनमा थ्रेट हुनसक्ने व्यक्तिको निगरानी बढाइसकेका छौं,' उनले नागरिकसँग भने, 'उपत्यका भित्रिने नाकाहरुमा प्रविधिमा आधारित सर्भिलेन्स स्थापना गर्न सके सुरक्षा थप प्रभावकारी हुन सक्थ्यो।'
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस