शिरीषको छायाँमा क्लब च्याम्पियनसिप
३१ साउन २०७०
•
८ मिनेट पाठ
शिरीषको छायाँमा क्लब च्याम्पियनसिप
काठमाडौं– 'नेपाली पौडीमा हरेक प्रतियोगिता शिरीष गुरुङका लागि गरिएको जस्तै हुन्छ' पौडीमा यो भनाइ स्थापित हुदैछ । पहिलो पटक गरिएको अन्तरक्लब पौडी च्याम्पियनसिप पनि युवा पौडीबाज शिरीषको छायाँ भन्दा बाहिर रहेन्।




अघिल्लो दिन चार स्वर्ण जितेका शिरीषले बिहीबार अर्को चार स्वर्ण थप्दै सहभागी सबै इभेन्टमा रवाफ जमाए । शिरीषले २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३९.०६ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । प्रतियोगितामा बनेको यही एक राष्ट्रिय कीर्तिमान थियो । गत वर्ष असोजमा भएको दोस्रो एनएसए प्रतियोगितामा २ मिनेट ४३.१० सेकेन्डको आफ्नै कीर्तिमान उनले सुधारेका हुन् । राष्ट्रिय कीर्तिमानका लागि शिरीषलाई नेपाल पौडी संघले नगद ५ हजार प्रदान गरेको थियो ।

अघिल्लो दिन १ सय मिटर ब्याकस्ट्रोक, १ सय मिटर फ्रिस्टाइल, २ सय मिटर बटरफ्लाई र ४ सय मिटर फिस्टाइलमा स्वर्ण जितेका नेपाल पुलिस क्लबका शिरीषले बिहीबार २ सय मिटर ब्याकस्ट्रोक, २ सय मिटर फ्रिस्टाइल, २ सय मिटर इन्डिभिजुल मिडले र १ सय मिटर फ्लाईमा पहिलो भए । १ सय मिटर फ्रिस्टाइल र १ सय मिटर ब्याकस्ट्रोकमा थोरै डर भएको बताउँने उनले त्यसमा पनि प्रतिद्वन्द्वीलाई अवसर दिएनन् ।

शिरीषको लक्ष्य


पाँच दिनअघिमात्र १५औं जन्मदिन मनाएका शिरीषको नाममा ६ राष्ट्रिय कीर्तिमान छ । आफू सहभागि बाँकी दुई इभेन्टमा पनि राष्ट्रिय कीर्तिमान बनाउने उनको लक्ष्य छ । 'अब हुने अर्को प्रतियोगितामा बाँकी दुई इभेन्ट्समा राष्ट्रिय कीर्तिमान बनाउछु जस्तो लागेको छ,' शिरीषले भने ।

१ सय मिटर फ्रिस्टाइल र १ सय मिटर बटरफ्लाई शिरीषले राष्ट्रिय कीर्तिमान बनाउन बाँकी दुई इभेन्ट हुन् । १ सय मिटरमा ५८ सेकेन्ड र १ सय मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमानको समय १ मिनेट ३.४३ सेकेन्ड छ । दुवै आनन्द लेप्चाको झन्डै २५ वर्ष पूरानो कीर्तिमान हो । शिरीषले १ सय मिटर बटरफ्लाईमा १ मिनेट ८.१० सेकेन्ड र १ सय मिटरमा १ मिनेटको समय निकाल्दै स्वर्ण जितेका थिए।

शिरीषको अर्को लक्ष्य दक्षिण एसियाली खेलकुदमा पदक जित्नु हो । 'नेपालमा हिटिङ सिस्टम नभएकाले १२ महिना प्रशिक्षण गर्न पाउदैनौं । त्यही भएर गाह«ो छ, तर मेहनत गर्ने हो भने सम्भावना छ,' शिरीष आशाबादी छन् । लामो दुरीका खेलाडी भएकाले शिरीषको २ सय, ४ सय र १५ सय मिटर फ्रिस्टाइल मध्ये एकमा केन्द्रित भएर पदक जित्ने लक्ष्य छ ।

क्लब च्याम्पियनसिपको सुरुआत


पहिलो पटक गर्दा केही कमजोरी भए पनि क्लब च्याम्पियनसिपको सुरुआतले पौडीमा व्यावसायीक जग बसाल्न ठूलो भूमिका खेल्ने पौडी संघका महासचिव जगतमान श्रेष्ठले बताए । 'क्लब प्रतियोगिता नभई कुनै पनि खेल विकास हुँदैन् । त्यसैले हामीले सुरुआत गरेका हौं,' श्रेष्ठले भने, 'पहिलो प्रयास गर्दा नै क्लबहरु खेलाडी तान्न लागे । खेल्ने क्लबबाट नियमीत अभ्यास गर्न पाउछन् । यसलाई व्यावसायीकताको संकेतका रुपमा लिनु पर्छ ।'

धुम्बाराही स्वीमिङ क्लबले २ सय १४ अंक ल्याउदै च्याम्पियनसिपको उपाधि उचाल्यो । त्रिभुवन आर्मी क्लब १ सय ७४ र ललितकृष्ण मेरी गोल्ड क्लब १ सय ३९ अंक बटुल्दै दोस्रो र तेस्रो भए । स्वर्णलाई ९, रजतलाई ७ र काँस्य पदकलाई ६ अंक तथा त्यो मुनिकालाई त्यही अनुरुप क्रमश १÷१ अंक कम दिने प्रावधान थियो ।

धुम्बाराहीले १० स्वर्ण जित्यो । क्लबलाई विजयी बनाउन ओशिना भारतीले ६ स्वर्ण जितिन् । उनले अघिल्लो दिन ३ स्वर्ण र १ रजत पदक जितेकी थिइन् । आयोजनाको पक्षमा केही कमजोरी देखेका धुम्बाराहीका अध्यक्ष राजेन्द्र प्रजापतीले च्याम्पियनसिपलाई सकारात्मक रुपमा लिए । उनले भने, 'हामी कुनै प्रतियोगितामा सहभागी भएको यो पहिलो हो । आफै खेलाडी उत्पादन गरेर यो नतिजा ल्याएका हौं । अझै नयाँ खेलाडी उत्पादन भइरहेका छन्, अवको प्रतियोगितामा नयाँलाई पनि अवसर दिन्छौं ।'

धुम्बाराहीको मुख्य आशा मिराज प्रजापतीमा थियो । भर्खरै स्पेनको बार्सिलोनामा विश्व च्याम्पियनसिप खेलेर आएका मिराजले क्लब च्याम्पियनसिपमा स्वर्ण जित्न सकेनन् । अस्वस्थताका कारण मिराजले राम्रो नतिजा निकाल्न नसकेको अध्यक्ष प्रजापतीले बताए । छोरा मिराज बाहेक राजेन्द्रकी श्रीमती मिनासिंह पनि प्रतियोगितामा सहभागि थिइन ।

प्रशिक्षक इश्वर कार्कीले अन्य प्रतियोगिता भन्दा क्लब च्याम्पियनसिप फरक भएको बताए । 'पौडीमा प्राय स्कुल र कलेजका प्रतियोगिता हुन्थे, त्यसमा सहभागि टोली र खेलाडी बढी हुन्थ्यो,' कार्कीले भने, 'क्लब च्याम्पियनसिपमा उमेर समूहका खेलाडी कम हुन्छन् । आफूले जित्ने सम्भावना नभएपछि कम उमेरका खेलाडी खेल्दैनन् ।' यसपाली नै खेलाडीले क्लबबाट पारिश्रमिक र खेल सामाग्री पाएकाले आगामी क्लब च्याम्पियनसिपमा खेलाडी शंख्या बढ्ने उनले विश्वास व्यक्त गरे ।

शिरीष गत वर्ष देखि पुलिसमा आवद्ध भएका हुन् । 'आफूलाई भन्दा क्लबलाई जिताउन' का लागि खेलिएकाले शिरीषलाई क्लब च्याम्पियनसिप अनौठो लाग्यो । उनी प्रतियोगितामा सहभागी हुने पुलिसका एक्लो खेलाडी थिए । शिरीषले ८ स्वर्ण जिते पनि पुलिस पहिलो तीन स्थानमा थिएन् । क्लब च्याम्पियनसिपबारे शिरीषको अनुभव थियो, 'पहिला पौडी भनेको सवै एकै समूहका जस्तो जस्तो देखिन्थ्यो, । अहिले सवै क्लबको परिवार छुट्टै जस्तो लाग्यो, सवै आ–आफ्नै टोलीलाई जिताउन खोज्थे ।'
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस