'ईश्वरको हाँसो पाएका फूल'
०२ भदौ २०७०
•
८ मिनेट पाठ
'ईश्वरको हाँसो पाएका फूल'
काठमाडौं— घरको मुख्य दैलोबाहिरै एउटा आवाज सुनियो । कोठाभित्र तैरिरहेको उक्त आवाज चिन्न मुश्किल परेन । आवाज थियो कवि माधव घिमिरेको । दैलो खोलेर भित्र पसेपछि थाहा भयो, उनी एक पत्रकारका प्रश्नहरुसँग भिडिरहेका थिए।मुखलाई रेकर्डर नजिक पारेर बोलिरहेका उनले नमस्ते फर्काउँदै सोफामा बस्ने इशारा दिए । शनिबार दिउँसो कपुरधारास्थित आफ्नो निवासमा उनी आधा घन्टाको फरकमा तीन पत्रकारलाई अन्तर्वार्ता दिन कस्सिएका थिए। हातमा उनीसँग पत्रकारको सूचीको सानो चिट थियो, त्यही पढेर उनले पत्रकारको नाम र पत्रिका चिने।




कवि र पत्रकारहरुबीच भेटघाटको कारण हो पलेंटी उत्सव। नेपालयको आयोजनामा भदौ १४ देखि हुन लागेको तीन दिने उत्सवको पहिलो दिन कविवर माधव घिमिरे विशेष हुनेछ । घिमिरेद्वारा रचित गीतकवितालाई सुरज र मिनाले कार्यक्रममा गाउनेछन् भने घिमिरे आपैंmले पनि जीवनका पानाहरुलाई दर्शकसामु पल्टाउनेछन्।

कुराकानी सकेर अघिल्ला पत्रकार बाहिरिन लाग्दैथिए, चिया बिस्कुट हाजिर भयो । सबैले चिया पिउँदै गर्दा 'शून्य समय' चल्यो । कवि घिमिरेले नुनिलो बिस्कुट टिपे। 'डायबिटिज अलि अलि छ,' उनले बिस्कुट चपाए, 'अरु त केही समस्या छैन ।'

९४ वर्षमा पनि फुर्तिलो पारामा गफिएका उनको अनुहारमा डायबिटिजको डर कतै थिएन। माछामासु खानुहुन्छ ? प्रश्न सुनेर उनी हाँसे । 'जसको दाँतको चेपमा मासुको टुक्रा अल्झिएको हुन्छ, उसैले मासु खान छाडेँ भन्दै स्वाङ पार्ने प्रशस्तै छन्, म त्यस्तो परिनँ, पाउँदा खान्छु तर लोभलालच छैन,' उनले कुरा चपाएनन् ।

चियाको चरण टुंगिएपछि अघिल्ला पत्रकार छुट्टिए। कोठामा अब 'अन्तर्वार्ता नम्बर दुई' सुरु हुनै लागेको थियो। कविवर जुरुक्क उठे । 'डेढ घन्टा गफ गरेँ नि, बूढो मान्छे, निकै थाकेँ,' उनी दैलोतिर मोडिए, 'तपाईं मेरो संग्रहालय हेर्दै गर्नुस्, म एकछिन विश्राम गरेर फर्किन्छु ।'

अर्को कोठामा रहेको 'संग्रहालय'तर्फ उनी अघि लागे । त्यहाँ ताम्रपत्र, ट्रफी र तस्बिरहरुको डंगुर थियो । २०६० सालको एउटा साढे दुई हात लामो ताम्रपत्रतिर देखाउँदै उनले प्रसंग उप्काए, 'म ८५ पुगेको उपलक्ष्यमा यो तामपत्र पाएको हुँ, त्यसकै केही दिनपछि राष्ट्रकविको उपाधि दिइएको हो ।' त्यसपछि उनी भर्‍याङ चढेर आराम लिन गए ।

करिब १५ मिनेटपछि उनी बैठक कोठामा 'प्रकट' भए । '९४ वर्ष बाँच्नु नै ठूलो कुरा हो नि, हो कि होइन, भन्नुस् त ?' उनी चम्किला देखिए । हरेक बिहान र साँझ ३०–३० मिनेट हिँड्डुल गर्ने उनको दैनिकी रहेछ । 'अस्ति खुट्टा चिप्लियो, अलिकति दुखेको छ,' उनले खुट्टा खोच्याए ।

पलेंटी कार्यक्रमप्रति उनी सन्तुष्ट र रोमाञ्चित देखिए । 'यो कार्यक्रमको बहानामा मेरा छरिएका गीतहरु संकलित त हुने नै भो, ती गीतहरुले पाउने रोयल्टी पनि व्यवस्थित हुनेछ,' उनले भने, 'नत्र मलाई चिन्ता नै थियो, गीत कहाँकहाँ छन्, थाहा थिएन, मालती मंगलेका गीतहरु पनि कता छ, थाहा छैन ।'

महाकाव्य लेखनमा अल्झिएकाले उनले नयाँ गीत रच्न पाएका छैनन् । महाकाव्य सकिएपछि गीत लेख्ने योजना छ । 'मेरो रगतमा भिजेको चिज हो गीत' भन्दै उनले ठट्टा गरे, 'जसरी कोइली बूढो हुँदैमा गाउन छोड्दैन, त्यसैगरी म बूढो भए पनि गीत लेख्न छाड्दिनँ ।'

पलेंटीमा आयोजकहरुले घिमिरेलाई पुराना सम्झना र घटनाहरु सुनाउनुपर्छ भनेका छन् । उनी चाहिँ सकेसम्म कम बोल्न पाए हुन्थ्यो भन्ने पक्षमा छन् । 'सोधे भने बोल्छु, नत्र धेरै बोल्दिनँ, बूढो मान्छे कति बोल्ने ? मेरा गीत नै बोल्छन्,' उनी फुर्किए ।

साहित्य, कलामात्र होइन देशको पनि चिन्ताले पिरोल्दो रहेछ उनलाई । उनी अहिलेका नेताहरुको चालामाला देखेर अचम्भित छन् । नेताको शैलीलाई उनी 'जरामा पानी हाल्नुको सट्टा पातमा पानी हालेको' दृष्टान्तसँग तुलना गर्छन् ।

विकासविद्हरु जस्तै उनले पनि सर्वप्रथम बाटोघाटो निर्माणमै जोड दिनुपर्ने सुझाव दिए । 'यातायात राम्रो भयो भने आर्थिक हैसियत ह्वात्तै माथि बढ्छ,' उनले थोरै स्वार्थ मिसाए, 'बाटो खुल्यो भने जुम्लाको स्याउ काठमाडौं, काठमाडौंको किताब जुम्ला तुरुन्तै पुग्नेछ ।'

केही समयअघि उनले भूकम्पसम्बन्धी एउटा गीत लेख्दा ७५ हजार रुपैयाँ पारिश्रमिक थापे । एउटा विश्वविद्यालयले उनलाई अर्को गीतको ५० हजार दियो । 'म त दंग परे,' यसो भनिरहँदा पनि उनी पुलकित थिए, 'बेलाबेला पुरस्कार पाइरहेकै छु, ठाउँठाउँबाट गीत मन परे भनेर फोन आइरहेकै छन् । टाढाटाढाबाट स्कुलका विद्यार्थी र शिक्षकहरुले यो गीतको भाव के हो भनेर सोध्छन् । रमाइलो लाग्छ । खुसी छु ।'

कार्यक्रमहरुमा उनको उपस्थिति पातलिएको छ । आठ–दश वर्षअघिसम्म उनका दिन–हप्ताहरु प्रमुख अतिथि बनेरै बित्थे । 'म यति उमेरसम्म पनि बाँचेको छु, कोही मलाई भेट्न चाहन्छन् भने घरमै आऊन्, म समय दिइहाल्छु नि, बाहिर चाहिँ अब हिँड्न सक्दिनँ । मैले महाकाव्य पनि सिध्याउनु छ,' बोली नटुंगिदै उनले कागजमा अन्तर्वार्ता तालिका नियाले ।

'अब अर्को पत्रकार आउने बेला भएछ, फेरि मैले आधा घन्टा विश्राम पनि गर्नुप¥यो,' उनको संकेत सजिलै बुझियो । फोटो खिचाउन उनलाई बगैंचामा निम्तो गरियो । उनी ठमठम तर सुस्त हिँडेर एउटा पूmलको बोटमुनि उभिए। फूललाई छोउँला भैं गरे । फेरि हातलाई झटपट पूmलबाट हटाए । र, जसरी पनि लेख्नु भन्दै लक्ष्मीप्रसाद देवकोटाको एउटा 'मुनामदन' हरफ गुनगुनाए, 'ईश्वरको हाँसो पाएका फूल, छोएर नमार ।'
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस