काठमाडौं - यातायात व्यवस्था कार्यालयमा आएका सेवाग्रहीसँग रकम असुली गर्ने दलालहरु पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आकस्मिक 'अप्रेसन' गरी ९ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरु सवारी चालक अनुमतिपत्रको प्रकृया पूरा नगरी सहजरुपमा उपलव्ध गराइदिने, परीक्षामा अनुत्तीर्णलाई पास गराइदिने लगायतका प्रलोभन दिएर रकम असुलीमा संलग्न रहँदै आएको सूचनाका आधारमा पक्राउ गरिएको ललितपुर परिसरका एक अधिकारीले जानकारी दिए।
पक्राउ परेकाहरुको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयले ४ दिनअघि उपत्यका केन्द्रित एकीकृत सुरक्षा रणनीति लागू गर्दै दलालीमा संलग्नलाई समेत पक्राउ गर्ने अभियानलाई प्राथमिकतामा राखेको थियो। सोही अभियान अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आएका सेवाग्राहीसँग रकम असुली गरेको अभियोगमा ५ जना दलाललाई पक्राउ गरेको थियो।