इलाम - झण्डै ८० लाख रुपैयाँ बराबरको गाँजासहित तीन दिनअघि न्युजलपाइगुडीमा पक्राउ परेका नेपाली युवक दिलीप मोक्तान भारतीय जेल परेका छन्। लागूपदार्थ ओसारपसारमा संलग्न मुद्दामा भारतीय कस्टम्स विभागले २३ वर्षीय मोक्तानलाई हिजो सिलिगुडी अदालतमा उपस्थति गराई १४ दिनका लागि जेल चलान गरिएको हो। झापा घर भएका भनिएका मोक्तान ठूलो परिमाणको गाँजा बोकेर सिलिगुडीतर्फ जाँदैथिए।सुटकेशभित्र कार्टुन र प्याकेटमा झण्डै पाँच किलो गाँजा लुकाएर सिलिगुडीतर्फ जाँदै गरेका मोक्तान समातिएपछि उनी र उनको सञ्जालबारे विस्तृत अनुसन्धान गर्दै कस्टम्स विभागले विदेश मन्त्रालयमा रिपोर्ट पठाएको छ। मोक्तानलाई लागूपदार्थ ओसापसारमा प्रयोग गर्ने माफियाबारे काठमाडौंस्थित भारतीय दूतावासले अनुसन्धान गरिरहेको कस्टम्स विभागलाई उधृत गर्दै आजको 'दैनिक जागरण'ले समाचार छापेको छ।
लागूपदार्थ ओसारपसार भइरहेको घटनामा नेपाली युवक समातिएपछि भारतीय प्रहरीले सिलिगुडी आउजाउ गर्ने नेपालीलाई खानतलासी लिँदै जाच गर्नेक्रम जारी राखेको छ। भारतीय सुरक्षाकर्मीसँगको बयानमा मोक्तानले आफूलाई २० हजार रुपैयाँ दिने सर्तमा नेपालबाट सिलिगुडीसम्म गाँजा पुर्याउन र कोलकाताका लागि कुरियर गर्न अरुले नैं पठाएको बताएका छन्।
किनमेल, भेटघाट, उपचार, घुमफिर जस्ता अत्यावश्यक कामले दैनिक हजारौं नेपाली आवतजावत गर्ने पानीट्यांकी–सिलिगुडी नाकामा घटनापछि सुरक्षा कडा पार्दे नेपालीमाथि निगरानी बढाइएको छ। 'अब नेपाली र उनीहरुले बोक्ने मालसामानको कडा जाँच गरिने भएको छ' डेपुटी कमिष्नर ज्योतिकुमार बोबनाले भनेका छन्, 'खुलेआमरुपमा लागूपदार्थ ओसारपसार भइरहेको घटनाले भारतीय प्रहरीलाई चुनौती थपिएको छ।'