डाक्टर–पाइलट–काठमाडौं
०५ असोज २०७०
•
९ मिनेट पाठ
डाक्टर–पाइलट–काठमाडौं
डाक्टर–पाइलट । 'सरकारी जागिर..' बोलका गायक क्रान्ति आलेसम्मिलित ब्यान्डको नाम हो यो । ब्यान्ड नै नभए पनि काठमाडौं जिल्ला क्रिकेट टोलीको परिचय डाक्टर–पाइलटको टोली जस्तै छ । सिनियर पाइलट प्रफुल्ल वैद्य काठमाडौं टोलीका कप्तान हुन् । डाक्टर नीरज भट्टराई टोलीका प्रमुख खेलाडी।गत वर्ष काठमाडौं जिल्ला छनोट प्रतियोगितामा तीन पाइलट र तीन डाक्टर थिए । प्रफुल्लसहित अर्का दुई पाइलट मोनिर श्रेष्ठ र नाजिर शेख जिल्ला छनोटमै छानिए । क्लबस्तरीय प्रतियोगितामा खेल्ने डाक्टरको संख्या पनि तीन नै थियो । नीरजबाहेक धनबहादुर कार्की र निखिल आचार्यले खेले । नीरज र निखिल जिल्लामै छनोट भए ।

मोनिर र नाजिर क्लब स्तरसम्म रहे यसपल्ट । प्रफुल्ल र नीरजले यस वर्ष पनि निरन्तरता दिँदै जिल्ला छनोटमा खेलिरहेका छन् । व्यावसायिक हिसाबमा महŒवपूर्ण स्थान ओगटे पनि प्रफुल्ल र नीरज दुवैको लक्ष्य नेपाली राष्ट्रिय टोलीबाट खेल्नु छ । ४४ वर्ष लागिसकेकाले यती एयरलाइन्सका सिनियर पाइलट प्रफुल्लले राष्ट्रिय टोली आफ्नो पहँुचभन्दा धेरै टाढा भइसकेको बुझेका छन् ।

सन् १९९६ मा नेपाल पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मलेसिया जाँदै थियो, एसिसी ट्रफीका लागि । बन्द प्रशिक्षणमा प्रफुल्लको प्रभाव निकै राम्रो थियो । उनका टोलीका सदस्यहरूले पनि उनलाई नेपालको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय कप्तानका रूपमा हेर्न थालिसकेका थिए । तर, उनी 'क्याप्टेन कोर्स' गर्न अमेरिका जानुप¥यो । कोर्स गरेर आएपछि उनी 'क्याप्टेन' त भए, क्रिकेट नभई हवाइजहाज उडाउने ।

लुम्बिनी एयरवेज हुँदै उनी अहिले यतीमा छन् । यसबीचमा उनी राष्ट्रिय टोलीका कप्तान पनि बनेनन्, नीलो जर्सीमा उत्रन पनि सकेनन् । उनले सबैभन्दा ठूलो 'मिस' गरेको यही नै हो । 'अहिले पनि मैदान छिर्दा राष्ट्रिय टोलीबाट खेल्न नसकेको विषय खट्किरहन्छ,' प्रफुल्ल भन्छन् । राष्ट्रिय टोलीका धेरै खेलाडीका लागि उनी आदर्श व्यक्ति हुन् । जब राष्ट्रिय टोलीबाट खेल्न नसकेको प्रसङ्ग चल्छ, उनी यसैलाई चित्त बुझाउने बाटोमा लिन्छन् ।

प्रफुल्ल क्रिकेट खेल्न मैदान लागेपछि यतीका पाइलटको तालिकामा पूरै परिवर्तन हुन्छ । उनका विदाका दिन सुरु हुन्छ, आफूले खेलेको टोली कहाँसम्म पुग्छ, त्यो थाहा नहुने हुनाले उनको विदा ठेगान हुँदैन । रोस्टर (उडान तालिका मिलाउने) बाट फोन आउँछ, 'सर, भोलि फ्लाइट राखिदिऊ ?' प्रफुल्ल उत्तर फर्काउँछन्, 'भोलि र पर्सी अझै दुई खेल बाँकी छ । अनि ३–४ दिन ग्याप छ । त्यसमा फ्लाइट राखिदिनु । त्यसपछि राष्ट्रिय प्रतियोगिता छ । टिममा परे भनें खेल्नु छ । त्यसैले त्यसको निर्णय पछि गर्छु ।'

क्रिकेट स्पर्धा पर्दा सोहीअनुसार उडान तालिका मिलाइदिने हुनाले उनी रोस्टर बनाउनेलाई 'फ्रेन्डली' र सहयोगी ठान्छन् । लुम्बिनी एयरवेज र यतीमा हुँदा निजी क्षेत्रबाट कम्पनी टोली बनाउने पहल उनले नै गरे । तर, नेपाल क्रिकेट संघबाट सहयोग नपाउँदा दुवै टोलीले निरन्तरता पाउन सकेनन् । यद्यपि उनको खेलाडी यात्रा रोकिएको छैन । उनका समकालीनहरू अहिले क्रिकेट संघका पदाधिकारी नै भइसकेका छन् ।

२५ वर्षे चिकित्सक नीरजले क्रिकेट खेल्न जागिर नै छाडे । गत वर्ष मास्टर्स पढ्न पाकिस्तान वा अमेरिकाको वोस्टन कहाँ जाने भनेर योजना बनाइरहेका थिए । त्यसैमा एक्कासि राष्ट्रिय प्रतियोगिताको तालिका आयो । जोरपाटीस्थित शंकरापुर अस्पतालको जागिर नै छाडिदिए । घरी घरी छुट्टी लिन नमिल्ने । उनले जागिर नै छाडेर क्लब, जिल्ला हुँदै राष्ट्रिय प्रतियोगिता खेले । क्रिकेट सकिनैबित्तिकै अस्पतालले फेरि बोलायो । यसपल्ट फेरि खेल्नैपर्ने अनि फेरि नीरजले जागिर छाडे ।

'पहिला सोखका लागि खेलियो, पछि बानी नै पर्दै गयो,' नीरजकै भाषामा भन्ने हो भने 'मीठो बाध्यता' का लागि उनी नियमित क्रिकेट खेलिरहेका छन् । अहिले पनि मेडिकल अफिसरका रूपमा कुलेश्वर घर नजिकै काम गरिरहेका हुन्छन् । राती कार्य गर्नुपर्ने भएकाले उनले अहिले जागिर छाडनुपरेन ।

बुबा विजयराज प्रमुख जिल्ला अधिकारी भएर मोरङ सरुवा हुँदा उनले ४ महिना विराटनगर बसाइक्रममै क्रिकेट सिके । कलेजस्तरीय प्रतियोगिता हुँदै उनले पछिल्लो ६ वर्षदेखि काठमाडौं खेल मण्डलबाट खेलिरहेका छन् । गत वर्ष राष्ट्रिय प्रतियोगितामै राम्रो खेलेकाले उनलाई बन्द प्रशिक्षणसम्म पर्छु कि भन्ने आशा थियो । क्लबस्तरमा उनी म्यान अफ द सिरिजमै चुनिए । जिल्ला छनोटको शनिबार दोस्रो खेलमा उनले भक्तपुरविरुद्ध म्यान अफ द म्याच प्रदर्शन गरे पनि उनलाई खासै राम्रो गर्न नसकेको अनुभव भइरहेको छ ।

वर्षमा एकपल्ट हुने राष्ट्रिय प्रतियोगिताबाट नयाँ खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणसम्म पुग्न अप्ठेरो हुने भेउ पाएका छन् उनले । त्यही पनि एकपल्ट राष्ट्रिय टोलीबाट खेल्ने आशा राख्छन् नीरज । भारतको एक प्रान्तीय टोलीविरुद्ध स्थानीय टोलीबाट खेल्दा उनले राष्ट्रियताको अनुभूत गरिसकेका छन् । त्यसैले राष्ट्रिय टोलीबाट खेल्नुको अर्थप्रति उनी निकै महŒव अनुभव गर्छन् ।

खेलसँगै चिकित्सक पेशा अगाडि बढाउने चाहना उनको छ, त्यसमा सम्भावना न्युन भएको नीरजले बुझेका छन् । मौका मिलेसम्म खेलिरहने होइन भने पढाइ, डाक्टरी पेशा र साहित्य अगाडि बढाउने । उनी गजलकार पनि हुन् । उनले 'तलाश' र 'मेरो भन्नु केही छैन' भन्ने गजल संग्रह निकालेका छन् । 'धुँवाको धागो' कविता संग्रह अंग्रेजी र नेपालीमा एकैसाथ दसैंपछि निकाल्ने तयारीमा छन्। तीन वर्षअघि निस्केको पल्लव एल्बममा उनको गीत र संगीत छ । यी सबै नीरजका रहर हुन्। क्रिकेट खेल्न उनले जागिर नै छाडेका थिए । त्यसैले क्रिकेटका अगाडि यो सबै उनको दोस्रो प्राथमिकता मात्र हो।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस