काठमाडौं — अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कर्माछिरिङ शेर्पाको खेलकुदसँग साइनो धेरै पुरानो होइन । २०५५ सालमा एनपी सावद युवा तथा खेलकुदमन्त्री हुँदा उनी राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य भएका थिए । शरतसिंह भण्डारी मन्त्री हुँदा २०५५ सालमा शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा)को बागी पक्षमा उपाध्यक्ष भए । त्यसअघि उनको परिचय नेपाल विद्यार्थी संघको कार्यकर्ता र तरुण दलको केन्द्रीय सदस्यमा सीमित थियो ।गणेश थापाले एन्फामा नेतृत्व गरिरहेका थिए । राखेपको तत्कालीन नेतृत्वले गीता राणाको अध्यक्षतामा अर्को संघ गठन ग¥यो । यसका मुख्य खेलाडीमध्ये शेर्पा एक थिए । पछि शेर्पाकै पहलमा दुई एन्फा एक भयो ।
कुनैबेला कांग्रेस नेता प्रकाशमान सिंहको निजी सचिव रहेका शेर्पा खेलकुदमा कांग्रेस कार्यकर्ताको हैसियतमा छिरेका थिए । शेर्पाको परिचय अहिले राजनीतिकर्मीभन्दा पनि खेलकर्मीको रूपमा स्थापित छ । आफ्नै अगुवाइमा उनले हिमालयन शेर्पा क्लब स्थापना गरेर 'ए' डिभिजनसम्म पु¥याइसकेका छन् ।
उनले राजनीतिक करियरलाई भने पूर्णविराम लगाएका थिएनन् । उनी नेपाली कांग्रेसमा उत्तिकै सक्रिय छन् ।
जीवनराम श्रेष्ठ नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । काठमाडौं महानगरपालिका १६ नम्बर वडाका पूर्वअध्यक्ष श्रेष्ठ दुईपटक राजनीतिक नियुक्तिबाट राखेपका सदस्यसचिव भइसके । दोस्रोपटक २०६३ देखि तीन वर्ष परिषद हाँक्दा उनको परिचय पनि खेलकर्मीमा रुपान्तरित भयो । परिषद सदस्यसचिवपछि नेपाल स्की संघको अध्यक्ष हुँदै उनी नेपाल ओलम्पिक कमिटीको महासचिव भइसकेका छन् । राखेपमै रहँदा उनी एमालेको वैकल्पिक केन्द्रीय सदस्य भए ।
टंक आङबुहाङले एकीकृत माओवादी केन्द्रीय सदस्य भएकैले नेपाली खेलकुदमा सबभन्दा बढी सम्भावना भएको नेपाल क्रिकेट संघ हाक्ने मौका पाए । माओवादी अध्यक्ष पुष्पकमल दाहालनिकट उनलाई राखेपले दुई वर्षअघि तत्कालीन संघ पुनर्गठन गर्दै अध्यक्ष बनाएको थियो । उनी पहिलो पटक निर्वाचन गराएर आधिकारिक रूपमै अध्यक्ष बन्न भ्याइसकेका छन् ।
मीनकृष्ण महर्जन राखेपका पूर्व कोषाध्यक्ष हुन् । आफ्नो जमानाका उत्कृष्ट सितोरियो खेलाडीको खेलकुदसँग साइनो गाँसिएको सानै उमेरदेखि हो । १४ वर्षको उमेरमा २०४२ सालमा कराते खेल्न थालेदेखि उनी यो क्षेत्रमा निरन्तर छन् । एक दशकसम्म खेलाडीका रूपमा सक्रिय हुँदा महर्जनले ३५ किलोदेखि ६० किलोसम्ममा कराते तथा किकबक्सिङमा प्रतिस्पर्धा गरे । करातेमा चार राष्ट्रिय तथा दुई अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका महर्जन किकबक्सिङमा आफ्नो तौल समूहमा लगातार पाँच वर्ष राष्ट्रिय च्याम्पियन थिए ।
२०५२ मा खेलजीवनबाट संन्यास लिएपछि उनी चार वर्ष प्रशिक्षक भए । त्यसपछि नेपाल कराते महासंघमा गत वर्षसम्म वरिष्ठ उपाध्यक्ष रहेका उनी करातेका अन्तर्राष्ट्रिय रेफ्री पनि हुन् । उनी २०६६ सालमा राखेप कोषाध्यक्ष भएका थिए । गणेशमान सिंहको नाम सुनेको भरमा कांग्रेस मन पराएका उनलाई लहैलहैले २०४६ सालको जनआन्दोलनमा होमेको थियो । उनी तरुण दलको केन्द्रीय सदस्यसम्म भए ।
खेलकुदमा होमिँदा पनि राजनीतिलाई निरन्तरता दिइरहेकाले शेर्पा, श्रेष्ठ, आङबुहाङ र महर्जन आसन्न संविधानसभा निर्वाचनमा सम्भावित उम्मेदवारमा सिफारिस भएका छन् ।
श्रेष्ठलाई एमालेले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्षमा उठाउने सम्भावना बलियो छ । पार्टीले अन्तिम निर्णयका लागि ८ नम्बर क्षेत्रबाट सम्भावित तीन उमेदवारको नाम सिफारिस गर्दा त्यसमा श्रेष्ठ पनि छन् ।
यसैगरी, शेर्पा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ बाट समानुपातिकमा सिफारिस भएका छन् भने आङबुहाङलाई माओवादी ताप्लेजुङ जिल्ला कमिटीले प्रत्यक्षका लागि केन्द्रमा सिफारिस गरेको छ । महर्जन कांग्रेसको ललितपुर १ बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
काग्रेसले एन्फाका अन्य दुई उपाध्यक्ष किशोर राई र कुमारजंग थापालाई सुनसरीबाट प्रत्यक्षमा सिफारिस गरेको छ । यसैगरी नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ मनाङ तथा करातेका पुराना खेलाडी मोहन राई काठमाडौं १ बाट समानुपातिकमा कांग्रेसबाट सिफारिस भएका छन् ।
एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघले नेपाल बास्केटबल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सहमहासचिव लामा टेन्डी शेर्पा तथा नेपाल हक्की संघका अध्यक्ष एवं ओलम्पिक कमिटीका उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई समानुपातिकमा सिफारिस गरेको छ । शेर्पा विद्यार्थी जीवनमा अनेरास्ववियु पाँचौंका नेता थिए । पुष्पलाल श्रेष्ठ तथा साहाना प्रधानका छोरा श्रेष्ठ भने आफ्नो जमानामा हक्कीका राष्ट्रिय खेलाडी हुन् ।
एकीकृत माओवादी खेलकुद विभाग प्रमुख एवं पूर्व युवा तथा खेलकुदमन्त्री कमला रोक्काका अनुसार १६औं एसियाली खेलकुदमा नेपालका लागि एकमात्र पदक जित्ने बक्सिङ खेलाडी दीपक महर्जनलाई समानुपातिकमा सिफारिस गरिएको छ । 'खेलाडीकै हिसाबमा मात्र कसैको सिफारिस भएको छैन । पार्टीमा पनि प्रतिबद्ध र खेलक्षेत्रमा पनि जिम्मा लिएकाको नाम सिफारिस भएको छ । पार्टीले एक साताभित्र अन्तिम निर्णय लिन्छ,' रोक्काले भनिन् ।
रोक्काका अनुसार माओवादीका सम्बन्धित जिल्ला कमिटीले राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष इन्द्रबहादुर थिङलाई काभ्रेबाट, क्रिकेट संघका उपाध्यक्ष एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालालाई चितवनबाट, सुदूर पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष दीपक सावदलाई अछामबाट तथा अखिल नेपाल खेलकुद संघकी केन्द्रीय सदस्य पुष्पा घर्तीलाई सुर्खेतबाट प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।