काठमाडौं— बजेट नै नबढाई आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवा निःशुल्क गर्ने एवं गाउँगाउँ चिकित्सक पु¥याउनेलगायत सस्ता नारासहित प्रमुख दलले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। चिकित्सकहरुले प्रमुख दल एमाओवादी, कांग्रेस र एमालेका घोषणापत्रलाई 'हावादारी' टिप्पणी गरेका छन्।त्रिवि शिक्षण अस्पताल चिकित्साशास्त्र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. जगदीशप्रसाद अग्रवालले प्रमुख दलका घोषणापत्रलाई 'हावादारी' भनी टिप्पणी गरे ।
मुलुकका धेरै ठाउँमा आधारभूत स्वास्थ्य सेवासमेत नपुगेको अवस्थामा विशेषीकृत (ट्रसरी) सेवाको पहुँच बढाउने आश्वासन अपत्यारिलो रहेको उनको भनाइ छ ।
निजी मेडिकल स्कुलसँग मिलेर ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्ने सोच दलहरुमा नपाइएको प्रति उनले दुःख व्यक्त गरे । 'ठूला रोगको उपचार निःशुल्क गर्छु भने बढी भोट पाइएला भन्नेबाहेक व्यावहारिक तर्क कुनै घोषणापत्रमा छैन,' डा. अग्रवालले नागरिकसँग भने ।
आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवालाई निःशुल्क गर्दै जटिल रोगको उपचारमा राज्यको दायित्व बढाउने तीन प्रमुख दल एकीकृत माओवादी, कांग्रेस र एमालेको मतैक्य छ ।
आम नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत बढाउने, विपन्नको पहुँच बढाउनेमा पनि तीनै दलले साझा दृष्टिकोण सार्वजनिक गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले नमूना कार्यक्रमका रुपमा सञ्चालन गरिरहेको स्वास्थ्य बिमा लागू गर्न पनि तीनै दल तयार देखिएका छन् ।
एमाओवादीले स्वास्थ्य सेवालाई मौलिक अधिकारको मान्यता दिएर सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कर्णालीलगायत पिछडिएका क्षेत्रका बासिन्दा, दलित, सीमान्तीकृत र लोपोन्मुख जाति, १५ वर्षमुनिका बालबालिका, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गरिबीको रेखामुनिका नागरिक, जनयुद्ध र राजनीतिक आन्दोलनका घाइते र अपांगता भएका व्यक्तिलाई सबै प्रकारको स्वास्थ्य सेवा निःशुल्क प्रदान गराउने उसको नारा छ ।
'एक गाविस एक डाक्टर' माओवादी घोषणापत्रको अर्काे आकर्षण हो ।
'सबैलाई भरपर्दो, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा' नारासहित कांग्रेसले पनि जहाँसुकै बसेका भए पनि कुनै पनि नेपालीको निको हुन सक्ने रोगले मृत्यु नहोस् भन्ने स्वास्थ्य नीति लिने प्रण गरेको छ । घोषणापत्रमा उसले १५ बेडका जिल्ला अस्पताललाई जनसंख्या अनुपातमा २५ र ५० बेडसम्म बढाउने, अञ्चल र जिल्ला अस्पताललाई १ सय ५० देखि ३ सय बेडमा स्तरोन्नति गर्ने र प्रत्येक अञ्चल र विकास क्षेत्रमा छुट्टै महिला तथा बाल अस्पताल खोल्ने प्रतिबद्धता समावेश गरेको छ ।
महिला र बालबालिकासम्बन्धी विशिष्ट सेवा प्रदान गर्ने सरकारी तहमा एक÷एकवटा अस्पतालमात्रै छन् । कांग्रेसले सुदूरपश्चिम र पूर्वाञ्चलमा क्यान्सर रोग, मुटु तथा श्वासप्रश्वास रोग र मृगौला रोग उपचारका लागि अत्याधुनिक अस्पताल बनाउने अश्वासन बाँडेको छ ।
एमालेले प्रत्येक नागरिकको स्वास्थ्योपचारमा पहु"च पुग्नेगरी अस्पताल वा स्वास्थ्यचौकी व्यवस्था गर्ने, स्वास्थ्यमा विशेषीकृत सेवा सहज उपलब्ध गराउन मुटु, क्यान्सर, मृगौलाजस्ता जटिल रोगमा पर्याप्त अनुदान व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिलाख जीवित जन्म २ सय ८१ रहेकोमा यसलाई पाँच वर्षमा (मातृ मृत्युदर) शून्यमा झार्ने र मातृत्व संरक्षणको पूर्ण दायित्व राज्यले लिने एमालेको घोषणापत्रमा उल्लेख छ । विकट क्षेत्रमा एयर एम्बुलेन्स व्यवस्था गरी सुत्केरी आमाहरूको संरक्षण गर्ने उसको नारा छ ।
माओवादीले निजी क्षेत्रको सहभागितामा आधुनिक सुविधायुक्त विशिष्टीकृत सेवायुक्त अस्पताल स्थापना गरी विदेशीहरुलाई औषधोपचार पर्यटनका लागि आकर्षित गर्ने र नेपालीहरुलाई उपचारका निम्ति विदेश जान निरुत्साहित गर्ने नीति लिने जनाएको छ । कांग्रेसले त्रिवि शिक्षण अस्पतालमा अत्यावश्यक सुरक्षा प्रबन्धसहितको अत्याधुनिक अति विशिष्ट व्यक्ति उपचारकक्ष विकास गर्न सरकारी लगानी बढाइने र राष्ट्रप्रमुख तथा अति विशिष्ट व्यक्तिलाई सरकारी खर्चमा विदेशमा उपचार गर्न पठाउनुपर्ने परिपाटी अन्त्य गर्ने प्रतिबद्धता गरेको छ ।
जनसंख्या अनुपातमा स्वास्थ्यकर्मीको संख्या वृद्धिमा ध्यान दिने, यस्ता जनशक्ति उत्पादन गर्न वैकल्पिक एवं प्राकृतिक चिकित्सा प्रदान गर्ने, जनशक्ति संख्या बढाउन जोड दिने माओवादी घोषणापत्रमा छ । मानसिक स्वास्थ्य सेवालाई अन्य सेवासँगै एकीकृत रुपमा सञ्चालन गर्ने उसको योजना छ ।
प्रत्येक वडामा स्थानीय महिलालाई अनमी तालिम दिएर तलबी स्वयंसेविका र सबै वडामा तालिमप्राप्त अनमी, सबै प्राथमिक स्वास्थ्य सेवा केन्द्रलाई १५ शड्ढयाका अस्पतालमा परिणत गर्ने कांग्रेसको नारा छ । उसले निजी अस्पताल तथा चिकित्साकेन्द्रहरूको गुणस्तर मापदण्ड तोकी लागु गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
राज्य सुविधा परिचयपत्र प्राप्त परिवारका बालबालिकालाई बालसंरक्षण अनुदानको माध्यमबाट कुपोषणमुक्त गर्ने प्रतिबद्धता एमालेको छ ।
घोषणपत्रमा सुन्दा मिठा लाग्ने बुँदा राखिए पनि पूरा गर्ने आधार नरहेको अग्रवालले टिप्पणी गरे । उनले विश्वव्यापी रुपमा स्वास्थ्यमा कम्तीमा १० प्रतिशत बजेट दिने अवधारणा आए पनि कुनै पनि दलले बजेट वृद्धि गर्ने प्रतिबद्धता नगरेको उनले बताए । 'बजेट नबढाई यी सबै कुरा कसरी होला ?,' अग्रवालले सोधे ।