भोट झार्नलाई 'नार्इं' भन्दैनन् नेता
१४ कार्तिक २०७०
•
५ मिनेट पाठ
भोट झार्नलाई 'नार्इं' भन्दैनन् नेता
गोदक (इलाम)— 'म बुढाको भत्ता रोकिएको थुप्रो भो काका, दशैंमा पनि पाइन", छिटो दिनुपर्‍यो' स्थानीय ८१ बर्षे वृद्धले हात समातेर रुञ्चे मुहार पार्दा एमाले उम्मेदवार झलनाथ खनाल धाप मार्दै मुस्कुराए, 'ए भइ हाल्छ नि भतिज, रोकिएको भत्ता अब तुरुन्त पाउनुहुन्छ ।' आफूभन्दा पाका व्यक्तिले 'काका' साइनो लाउ"दा मुस्कुराएका खनाल पनि के कम, भोट झार्नलाई 'भतिज' ठोकिहाले।घरदैलो कार्यक्रममा यहाँ आइपुग्दा एमाले अध्यक्षसमेत रहेका ६४ बर्षे खनाललाई अर्का ७५ बर्षे इन्द्रबहादुर अछामीले फूलको माला पहिर्‍याए। गलामा माला थाप्न अग्लो कदका खनाल झुकेका मात्र के थिए, अछामी भक्कानिइहाले । 'म बुढाले साह्रै दुःख पाएको छु, हजुरले हेर्दिनुपर्‍यो' अछामीले आँखा रसिला पारेपछि खनालले थम्थम्याए, 'चिन्ता नगरौं, म छँदैछु नि।'

चुनावी अभियानमा गाउँ पसेका तीन दर्जन भन्दा धेरै नेताले खनालजस्तै गाउँलेका कुरालाई 'नाईं' भनेका छैनन् । भत्ता रोकिएको र दुःख पाएको मात्र होइन जागिर माग्ने, स्कुल चाहने, कुलो खोज्ने, बिजुली सोध्ने सबैलाई 'हस्', 'भइहाल्छ नि', 'गर्दिहाल्छु' खालका आश्वासन दिँदैछन् । भोट बिग्रिने भयले पूरा गर्न नसक्ने माग पनि नेताका लागि 'नाईं' बनेका छैनन् ।

माइपूर्वका १५ गाविस समेटिएको क्षेत्र नम्बर १ मा पर्ने यसक्षेत्रमा खनालले सबैजसो गाउँ फन्को मारिसके । 'जहाँ पुगे पनि यो गर्दिनुपर्‍यो र उ गर्दिनुपर्‍यो भन्नेहरुले पछयाउन छोड्दैनन्' खनालसँगै हिँडिरहेका काजीमान कागते भन्छन्, 'नेताले जे पनि कुरा पूरा गर्दिन्छन् भन्ने भरोसा राख्दै नानाभाँती समस्या तेस्र्याएर आशामुखी हुने गाउँलेहरु बढिरहेका छन् ।'

२०४८ यताका चार चुनावमा गाउ"लेले उठाएका जस्तासुकै समस्या निमिट्यान्न पार्ने आश्वासन दिए पनि एकाधमात्र पूरा गरेका नेतालाई अहिले आफ्नै बोली शत्रु हु"दैछ । 'भोट झार्न लोग्ने स्वास्नीका झगडा अन्त्य गर्दिनेदेखि चुहिने घर टाल्दिनेसम्मका बचन दिने नेतालाई त्यो पूरा नगर्दा आफ्नै क्षेत्र अप्रिय हुँदैछ' स्थानीय प्रकाश थापा भन्छन्, 'नेताले नाईं भन्न पनि सक्नुपर्छ ।'

'अघिल्ला चुनावताका गरेका प्रतिवद्धता पूरा नगर्दा त्यो क्षेत्रका मतदाता सामु नेतालाई उभिन मुस्किल पर्दैछ' नागरिक अगुवा धर्म गौतम भन्छन्, 'विकास जति नेताले मात्रै गर्छन् भन्ने मानसिकता हावी हु"दा जनता बढी आशामुखी भएका हुन् ।' त्यही भएर भोट माग्दैखेरि पूरा गर्न नसक्ने मागलाई 'नाईं' भनेर राजनीतिलाई 'झुटको खेती'बाट माथि उकास्नुपर्ने उनको तर्क छ ।

५९ हजार आठ सय १४ मतदाता रहेको यसक्षेत्रमा खनालले तीनपल्ट विजय हासिल गरिसकेका छन् । उनको चुनावी दौडाहालाई साथ दिन हिंडिरहेका कार्यकर्ताले अहिलेसम्म गरेका उपलव्धिमूलक कामको फेहरिस्त नैं बोकेका छन् । त्यसमा झण्डै डेढ अर्ब रुपैया"को लागतमा सम्पन्न दर्जनौं कामको विवरण छ । तैपनि, खनालसमक्ष सुनाइने व्यक्तिगत समस्याको चाङ अग्लो छ ।

'विकास भनेको जीवनचक्र जस्तै सदा भइरहने र कहिल्यै नसकिने कुरा हो' बौद्धिक अगुवा नृसिंहकुमार खत्री ठान्छन्, 'तर, भोट फकाउञ्जेल जे पनि गर्दिन्छु भन्ने र पछि बेवास्ता गर्ने प्रवृत्तिले नेताको चरित्रस"गै राजनीति पनि धमिलिएको हो ।' जसले जेसुकै अपेक्षा गर्दा पनि 'हस् हजुर' भन्ने प्रवृत्तिले बिग्रेको आफ्नो र राजनीतिको छबि सुधार्न नेताले 'नाईं' पनि भन्नुपर्ने खा"चो औंल्याउ"छन् खत्री ।
अर्को समाचार
भोट झार्नलाई 'नार्इं' भन्दैनन् नेता
१४ कार्तिक २०७०
•
५ मिनेट पाठ
भोट झार्नलाई 'नार्इं' भन्दैनन् नेता
गोदक— 'म बुढाको भत्ता रोकिएको थुप्रो भो काका, दशैंमा पनि पाइनँ, छिटो दिनुप¥यो' स्थानीय ८१ बर्षे वृद्धले हात समातेर रुञ्चे मुहार पार्दा एमाले उम्मेदवार झलनाथ खनाल धाप मार्दै मुस्कुराए, 'ए भइ हाल्छ नि भतिज, रोकिएको भत्ता अब तुरुन्त पाउनुहुन्छ ।' आफूभन्दा पाका व्यक्तिले 'काका' साइनो लाउँदा मुस्कुराएका खनाल पनि के कम, भोट झार्नलाई 'भतिज' ठोकिहाले।

घरदैलो कार्यक्रममा यहाँ आइपुग्दा एमाले अध्यक्षसमेत रहेका ६४ बर्षे खनाललाई अर्का ७५ बर्षे इन्द्रबहादुर अछामीले फूलको माला पहिर्‍याए। गलामा माला थाप्न अग्लो कदका खनाल झुकेका मात्र के थिए, अछामी भक्कानिइहाले। 'म बुढाले साह्रै दुःख पाएको छु, हजुरले हेर्दिनुपर्‍यो' अछामीले आँखा रसिला पारेपछि खनालले थम्थम्याए, 'चिन्ता नगरौं, म छँदैछु नि।'

चुनावी अभियानमा गाउँ पसेका तीन दर्जन भन्दा धेरै नेताले खनालजस्तै गाउँलेका कुरालाई 'नाईं' भनेका छैनन् । भत्ता रोकिएको र दुःख पाएको मात्र होइन जागिर माग्ने, स्कुल चाहने, कुलो खोज्ने, बिजुली सोध्ने सबैलाई 'हस्', 'भइहाल्छ नि', 'गर्दिहाल्छु' खालका आश्वासन दिँदैछन्। भोट बिग्रिने भयले पूरा गर्न नसक्ने माग पनि नेताका लागि 'नाईं' बनेका छैनन् ।

माइपूर्वका १५ गाविस समेटिएको क्षेत्र नम्बर १ मा पर्ने यसक्षेत्रमा खनालले सबैजसो गाउँ फन्को मारिसके । 'जहा" पुगे पनि यो गर्दिनुपर्यो र उ गर्दिनुपर्यो भन्नेहरुले पछयाउन छोड्दैनन्' खनालसँगै हिँडिरहेका काजीमान कागते भन्छन्, 'नेताले जे पनि कुरा पूरा गर्दिन्छन् भन्ने भरोसा राख्दै नानाभाँती समस्या तेस्र्याएर आशामुखी हुने गाउँलेहरु बढिरहेका छन् ।'

२०४८ यताका चार चुनावमा गाउँलेले उठाएका जस्तासुकै समस्या निमिट्यान्न पार्ने आश्वासन दिए पनि एकाधमात्र पूरा गरेका नेतालाई अहिले आफ्नै बोली शत्रु हुँदैछ । 'भोट झार्न लोग्ने स्वास्नीका झगडा अन्त्य गर्दिनेदेखि चुहिने घर टाल्दिनेसम्मका बचन दिने नेतालाई त्यो पूरा नगर्दा आफ्नै क्षेत्र अप्रिय हुँदैछ' स्थानीय प्रकाश थापा भन्छन्, 'नेताले नाईं भन्न पनि सक्नुपर्छ ।'

'अघिल्ला चुनावताका गरेका प्रतिवद्धता पूरा नगर्दा त्यो क्षेत्रका मतदाता सामु नेतालाई उभिन मुस्किल पर्दैछ' नागरिक अगुवा धर्म गौतम भन्छन्, 'विकास जति नेताले मात्रै गर्छन् भन्ने मानसिकता हावी हु"दा जनता बढी आशामुखी भएका हुन् ।' त्यही भएर भोट माग्दैखेरि पूरा गर्न नसक्ने मागलाई 'नाईं' भनेर राजनीतिलाई 'झुटको खेती'बाट माथि उकास्नुपर्ने उनको तर्क छ ।

५९ हजार आठ सय १४ मतदाता रहेको यसक्षेत्रमा खनालले तीनपल्ट विजय हासिल गरिसकेका छन् । उनको चुनावी दौडाहालाई साथ दिन हिंडिरहेका कार्यकर्ताले अहिलेसम्म गरेका उपलव्धिमूलक कामको फेहरिस्त नैं बोकेका छन् । त्यसमा झण्डै डेढ अर्ब रुपैया"को लागतमा सम्पन्न दर्जनौं कामको विवरण छ । तैपनि, खनालसमक्ष सुनाइने व्यक्तिगत समस्याको चाङ अग्लो छ ।

'विकास भनेको जीवनचक्र जस्तै सदा भइरहने र कहिल्यै नसकिने कुरा हो' बौद्धिक अगुवा नृसिंहकुमार खत्री ठान्छन्, 'तर, भोट फकाउञ्जेल जे पनि गर्दिन्छु भन्ने र पछि बेवास्ता गर्ने प्रवृत्तिले नेताको चरित्रस"गै राजनीति पनि धमिलिएको हो ।' जसले जेसुकै अपेक्षा गर्दा पनि 'हस् हजुर' भन्ने प्रवृत्तिले बिग्रेको आफ्नो र राजनीतिको छबि सुधार्न नेताले 'नाईं' पनि भन्नुपर्ने खा"चो औंल्याउ"छन् खत्री ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस