वैद्यले छेक्न सक्छन्, मतदाताको बाटो
१६ कार्तिक २०७०
•
६ मिनेट पाठ
वैद्यले छेक्न सक्छन्, मतदाताको बाटो
काठमाडौं — राष्ट्रिय सुरक्षा परिषद सचिवालयले संविधानसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचनको विपक्षमा रहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी नै मुख्य चुनौती रहेको विश्लेषण गरेको छ।सुरक्षाकर्मीसँग भिडेर निर्वाचन नै हुन नदिने भन्दा पनि मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध गर्ने रणनीतिमा वैद्य समूह केन्द्रित हुनसक्ने आँकलनसहित सचिवालयले शुक्रबार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई सुरक्षा प्रतिवेदन बुझाएको छ । राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष प्रधानमन्त्री अर्थात्, मन्त्रिपरिषद अध्यक्ष (रेग्मी) रहन्छन् ।

सचिवालयले जातीय÷क्षेत्रीय तथा सशस्त्र समूहका गतिविधिलाई समेत सुरक्षा चुनौतीको रुपमा विश्लेषण गरेको छ । चारवटै सुुरक्षा निकायको धारणा तथा विश्लेषणलाई संयोजन गरी सचिवालयले दैनिक, साप्ताहिक, मासिक र वार्षिक प्रतिवेदन बुझाउने गरेको स्रोत बताउँछ ।

सचिवालयको पछिल्लो प्रतिवेदन निर्वाचन सुरक्षा र निर्वाचनपछिको सम्भावित सुरक्षा चुनौतीमा केन्द्रित रहेको पनि स्रोतले बतायो । सुरक्षा परिषद सचिवालयमा नेपाली सेनाका उपरथी विजय मोक्तान, नेपाल प्रहरीका डिआइजी पूर्णसिंह खड्का, सशस्त्र प्रहरी बलका डिआइजी प्रकाश ओझा र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि छन् । प्रतिवेदनमा उपरथी मोक्तानले हस्ताक्षर गरेका छन् ।

प्रतिवेदनमा निर्वाचनको सुरक्षाका चुनौती, सुरक्षा परिचालन, निर्वाचनमा संलग्न दल र विपक्षमा रहेका शक्तिको गतिविधि र सुरक्षाका चुनौती समेटिएको जानकार स्रोत बताउँछ । त्यस्तै, प्रतिवेदनमा कात्तिक २५ देखि ५ गतेसम्म सुरक्षाका दृष्टिकोणले अति संवेदनशील समय रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको स्रोतले बतायो ।

नेकपा–माओवादीले २० देखि २४ कात्तिकसम्म बनाउने निर्वाचनविरोधी रणनीतिलाई निकटबाट नियाल्न सुरक्षा परिचालन चुस्त बनाउन पनि सचिवालयले सरकारलाई सुझाएको छ । प्रतिवेदनमा तोडफोड, आगजनी, बम विष्फोटलगायत निर्वाचनविरोधी गतिविधिमा संलग्नले जिम्मा लिनुको साटो पन्छिने घटनाक्रमले घटनाको अनुसन्धान गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको उल्लेख छ ।

त्यतिमात्र होइन, निर्वाचनमा संलग्न दलको अस्वस्थ प्रतिस्पर्धालाई निर्वाचनविरोधी शक्तिले उपयोग गर्न सक्ने सम्भावनालाई पनि प्रतिवेदनमा औंल्याइएको छ । बारा ३ का उम्मेदवार महमुद आलमको हत्या घटनालाई प्राथमिकताका साथ समेटिएको प्रतिवेदनमा तराईमा निर्वाचनमै संलग्न दलका प्रतिनिधिले समेत नतिजा आफ्नो पक्षमा ल्याउन आपराधिक समूह परिचालन गर्ने खतरा रहेको तर्फ सचेत गराइएको छ । र, त्यसैअनुरूप सुरक्षा रणनीति बनाउन पनि सचिवालयले सुझाएको छ ।

निर्वाचनमा संलग्न दलका प्रभावशाली उम्मेदवार, केन्द्रीय तहका नेता र क्षेत्रमा बलियो देखिएका उम्मेदवार लक्षित हिंसात्मक घटना बढ्न सक्ने, तर यस्ता घटनामा निर्वाचनविरोधी दलभन्दा पनि आपराधिक समूहको समेत संलग्नता हुन सक्ने भन्दै सचिवालयको प्रतिवेदनमा त्यसैअनुरुप सुरक्षा तयारी अघि बढाउनुपर्ने सुझाइएको छ ।

प्रतिवेदनमा वैद्य समूहले आह्वान गरेको आमहडतालको प्रभाव न्यूनीकरणका लागि सुरक्षाकर्मीलाई परिचालन गरी मतदाता आश्वस्त बनाउन आवश्यक रहेको सुझाव दिइएको छ ।

सुरक्षाकर्मीलाई उत्तेजनामा ल्याई अप्रिय घटना गराउने र त्यसलाई निर्वाचन सुरक्षाको विषयसँग जोडेर निर्वाचनविरोधी शक्तिले आफूअनुकूल उपयोग गर्न सक्ने भएकाले सुरक्षा संगठनको तर्फवाट सकेसम्म संंयमता अपनाउन पनि प्रतिवेदनले सुझाएको छ ।

पछिल्लो समय बढेको झडप र आगजनीको घटनाले निर्वाचनविरोधी पक्षको मनोबल बढाएको र मतदाताको मनोबल घटाएको विश्लेषण गर्दै नेकपा–माओवादी सरकारी सुरक्षाकर्मीसँग भिड्नेभन्दा पनि मतदातामा असुरक्षाको त्रास बढाउने रणनीतिमा सक्रिय रहेको सचिवालयको बुझाइ छ ।

स्रोतका अनुसार आफ्नो पकड बलियो रहेको क्षेत्रमा मतदातालाई मतदानमा संलग्न नगराउने र आफ्नो पकड कमजोर रहेको क्षेत्रमा मुख्य प्रतिस्पर्धी उम्मेदवारलाई भिडाएर निर्वाचनविरोधी माहोल बनाउन सक्ने वैद्य समूहको रणनीति भएको निष्कर्ष निकाल्दै त्यसप्रति चनाखो हुनुपर्ने सचिवालयको आँकलन छ ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस