इलाम — ‘धेरैतिर भाषण गर्दा गर्दा स्वरै भासिइसक्यो’ नेपाली कांग्रेसका हिमालय कर्माचार्य शनिवार भन्दैथिए, ‘नबोली पनि नहुने, बोल्दा पनि अप्ठ्यारो हुने ।’
सीमावर्ती जिर्मलेको सलकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गनेक्रममा कर्माचार्यले दुईपल्ट मनतातो पानी सुप्र्याउ“दै गला सफा गर्नुपर्यो। क्षेत्र नम्बर १ का १५ गाविसमध्ये १३ मा घरदैलो अभियान पूरा गरेका उनी तिहारमा केही दिन आराम गरेर भासिएको स्वर उकास्ने योजनामा छन्।
पहिलोपल्ट संसदीय निर्वाचनमा भिड्दै गरेका कर्माचार्य दैनिक चार वटासम्म चुनावी कार्यक्रम भ्याउ“दैछन् । एउटा कार्यक्रममा न्युनतम आधा घण्टादेखि डेढ घण्टासम्म भाषण गर्दा उनको स्वर भासिएको हो । ‘चुनावी सभामा उम्मेदवारको भाषण सुन्न दर्जनौंले पर्खिरहेका हुन्छन्, स्वर बसे पनि नबोली हु“दैन’ कर्माचार्यका सहयोगी रमेश गाउ“ले भन्छन्, ‘चुनावी प्रचार प्रसारमा उम्मेदवारको भाषण नैं मुख्य आकर्षण हुने भएकाले जसरी पनि बोल्नै पर्छ ।’
कर्माचार्यसँग चुनावी प्रतिस्पर्धा गरिरहेका एमाले अध्यक्ष झलनाथ खनालको स्वर झन् धेरै भासिएको छ । १७ दिनदेखि आफ्नो चुनावी क्षेत्रका मतदाताको घरदैलो चहारिरहेका एमाले उम्मेदवार खनालको स्वर सातादेखि भासिएको हो । ‘एकैदिनमा पा“च वटासम्म सभामा भाषण गर्दा अध्यक्ष कमरेडको स्वर दबेको हो’ उनका सहयोगी देवराज प्रधान भन्छन्, ‘मतदाता आकर्षित गर्न ठूलो स्वरमा भाषण गर्दा भासिएको स्वर ठीक पार्न समय लाग्ने रै’छ ।’
अघिल्ला तीन निर्वाचनमा त्यसैक्षेत्रबाट विजयी हासिल गरेका खनाल स्वर नभासियोस भनेर पहिल्यैदेखि सजग नभएका होइनन् । कार्यक्रम सकेपछि हरेक सा“झ मनतातो पानीले गला सफा गर्दै आयुर्वेदिक औषधि सेवन गरे पनि बोल्दा बोल्दा उनको स्वर दबेको हो । दशैंपछि ह्वात्तै बढेको चिसो, व्यस्त दिनचर्या, कार्यकर्तास“ग अविछिन्न बोलचालले स्वर भासिएका खनालले चुनावी भाषण भने छोडेका छैनन् । छोट्याएर पनि सबैतिर बोल्दैछन् ।
लेकाली गाविस बढी भएकाले प्रायः चिसो ठिही फुईंकिइरहने क्षेत्र नम्बर ३ का कांग्रेस उम्मेदवार केशव थापाको पनि स्वर भासिएर भाषण अस्पष्ट हुँदैछ । दुई सातादेखि चुनावी दौडधूपमा व्यस्त थापा बोझोदेखि अदुवाका टुक्रा चुस्दैछन् तर दबेको स्वर उक्सिएको छैन । ‘सिरेटो चल्ने गाउ“मा हिँड्दै ठाउ“–ठाउ“मा भाषण गर्नुपर्दा उम्मेदवारको स्वरै भासिइसकेको छ’ थापाको चुनावी अभियानमा सहभागी श्याम खड्गी भन्छन्, ‘कति ठाउ“ त बोल्नै गाह्रो भयो ।’
निर्वाचन आउन १७ दिन बा“की रह“दा थापाले एक नगरपालिकासहित १८ गाविसयुक्त आफ्नो चुनावीक्षेत्र लगभग घुमिसकेका छन् । कुनै कुनै गाविसमा छ वटासम्म कार्यक्रममा सहभागी भएका उनी भोलिदेखि तीन दिन चुनावी अभियानबाट अलग्गिँदैछन् । ‘तिहारका बेला घरमैं बसेर आराम गर्दै दबेको स्वर ठेगानमा ल्याउने कार्यक्रम छ’ पूर्वराज्यमन्त्रीसमेत भइसकेका थापाको योजनाबारे खड्गी थप्छन्, ‘तिहारपछि फेरि सभा र भाषणै थालिन्छ ।’
इलामको चुनावी प्रतिस्पर्धामा उत्रिएका १७ दलका ३९ उम्मेदवारमध्ये ठूला पार्टीका प्रायः नेताको स्वर बसेको छ । चुनावी दौडाहामा निस्किएका उम्मेदवारमध्य ६० बर्षमाथिका नौ, ४० देखि ६० वीचका २० र ४०बर्षमुनिका १० जना छन् । ‘भाषणमा चर्को बोलाई र अनियमित दिनचर्याले प्रायः पाका नेताको स्वर ठेगानमा छैन’ निकैवटा चुनावी सभामा उम्मेदवारको भाषण सुनेका का“ग्रेस कार्यकर्ता नरेश श्रेष्ठ भन्छन्, ‘युवा उम्मेदवारको स्वर ठीकै छ ।’
मसिनो स्वरमा अड्कलेर भाषण गर्दा संविधानसभा पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङको भने अझै स्वर भासिएको छैन । तिहारमा पनि चुलाचुली गाविसका मतदाताको घरदैलोमा देउसी भैलो खेल्दै भोट माग्ने योजनामा रहेका नेम्वाङ शनिवार सिद्धिथुम्कामा प्रष्टसँग भाषण गर्दैथिए । ‘स्वास्थ्यको ख्याल, तातोपानीको मात्र प्रयोग र सानो बोलीले उहा“को बोली जस्ताको त्यस्तै छ’ सहयोगी बुद्धि खनाल भन्छन्, ‘यस्तै हो भने चुनावसम्मै उहा“को स्वर भासिँदैन।’