नयाँ उम्मेदवार आश्वासन बाँड्न अगाडि
२६ कार्तिक २०७०
•
७ मिनेट पाठ
नयाँ उम्मेदवार आश्वासन बाँड्न अगाडि
इलाम— 'पुरानो अनुहारले नयाँ पुस्ताको प्रतिनिधित्व नगर्ने' भन्दै पहिलोपल्ट चुनावी मैदानमा उत्रिएका युवा उम्मेदवार मतदातासमक्ष पूरा गर्नै मुस्किल पर्ने खालका ठूला आश्वासन बाँड्दै भोट फकाउँदैछन् । इलाममा ३९ उम्मेदवारमध्ये ३५ जना पहिलोपल्ट संसदीय निर्वाचनमा सामेल छन्।त्यसमा धेरै युवा छन् । पहिले जितेका नेतालाई 'विकासको मूल फुटाउने आश्वासन दिए पनि माखोसम्म नमारेको' आरोप लगाउँदै नयाँले चाहिं पुरानाले नगरेका र धेरै नौला काम गर्ने बचन दिँदैछन्।




'समयको माग पूरा गर्न नसक्ने र युवाको भावना बुझन् नसक्ने भएकाले यसपल्ट हामीलाई जिताउनुहोस' क्षेत्र नम्बर ३ का एमाओवादी उम्मेदवार धीरेन्द्र शर्मा भन्छन्, 'पहिले जिताएका नेताले तपाईंहरुलाई ढाँटे मात्र, हामी चाहिं त्यसो गर्दैनौं, बोलेको कुरा पूरा गछौं।' ३७ बर्षीय शर्माले आफूले जितेको खण्डमा समाजको वास्तविकता प्रतिविम्वित गर्ने संविधान बनाउनेदेखि वर्गीय विभेद अन्त्य गरी समानताको वातावरण सिर्जना गर्दै छुवाछुत अन्त्य गर्नेसम्मका आश्वासन बाँडिरहेका छन् ।

जितेपछि आफ्नो क्षेत्रमा ४२ वटा महत्वकांक्षी काम गर्ने प्रतिवद्धता–पत्र बोकेर मतदाताको घरदैलो चहारिरहेका उनी ती काम पुराना नेताले कहिल्यै पूरा नगर्ने दावी गर्दैछन्। सुकिलुम्बा विमानस्थलमा हवाईजहाज उडाउने, इलामलाई संघीय राज्यको राजधानी बनाउनेदेखि २० वटा बाटो गाभ्रेल गर्ने र नगदेवाली उत्पादन बढाउन एक गाविस एक प्राविधिक पुर्‍याउने शर्माका नारा छन् । 'यस्ता काम युवा नेताले मात्रै गर्न सक्छन्' शर्माको दावी छ, 'पुराना पुस्ताका नेताबाट सम्भव देखिँदैन ।'

तुलनात्मक रुपमा विकट क्षेत्र नम्बर २ लाई 'नमूना' बनाउने नारासहित प्रचार प्रसारमा व्यस्त कांग्रेस उम्मेदवार भेषराज आचार्यका आश्वासन झन् महत्वकांक्षी देखिन्छन् । प्रतिस्पर्धी एमालेका उम्मेदवार सुवास नेम्वाङले 'हात बाँधेर बसेको' आरोप लगाउँदै ४९ बर्षीय आचार्य 'आफूले जितेमात्रै विकासको फल चखाउने' भन्दैछन् । लारुम्बामा किरा"त विश्वविद्यालय निर्माणदेखि सुविधा सम्पन्न अस्पताल चलाउने र सबै बाटाघाटालाई 'अल वेदर' पार्ने मतदातावीच आचार्यको प्रतिवद्धता छ।

पहिले चुनाव जितेका नेम्वाङ संविधानसभा अध्यक्ष भए पनि 'संविधान पनि नबनाएको, विकास निर्माण पनि नगरेको' आरोप लगाउँदै आचार्य यसपल्ट आफूलाई जिताए ती काम तमाम गर्ने दावी गर्दैछन् । १५ गाविस रहेको त्यसक्षेत्रमा पहिलोपल्ट चुनाव लड्दै गरेका एमाओवादी उम्मेदवारहरु रमेशकुमार लिङ्देन र संघीय समाजवादीका विनोद नेम्वाङले पूरा गर्ने मुस्किल पर्ने खालका आश्वासन बाँडेर भोट फकाउँदैछन्। कसैले नगरेको काम हामी गछौं भन्दा कतिपय मतदाता आश्चर्यमा देखिन्छन्।

मजदुर र किसान धेरै रहेको क्षेत्र नम्बर १ मा कांग्रेसका हिमालय कर्माचार्यले पनि मतदातालाई थुप्रैखाले आश्वासन बा"ड्दैछन् । चार÷चार जना वामपन्थी प्रधानमन्त्री हुँदा नबनेको संविधान बनाउने, शान्ति र सुशासन कायम राख्नेदेखि सीमावर्ती दार्जिलिङमा जत्तिकै विकास गर्ने र निम्न वर्गीयको जीवनस्तर उकास्ने कर्माचार्यका योजना छन् । अर्बौं बजेट र चुस्त सुशासनले मात्र कार्यान्वयन हुने योजना पूरा गर्ने आश्वासन बाँड्दै मतदातको दैलो ढक्ढक्याउन पुग्दा धेरै मतदाताले पत्याउँदैनन् ।

एमाले अध्यक्ष झलनाथ खनालले उम्मेदवारी दिएको त्यसक्षेत्रमा उनको खेदो खन्दै आफूलाई 'विकासे नेता' सावित गर्न कर्माचार्यले मात्र होइन एमाओवादीका युवकुमार पौडेलले पनि उत्तिकै महत्वकांक्षी आश्वासन बा"डिरहेका छन् । 'किसान र मजदुर धेरै भएको यसक्षेत्रमा मैंले जितेपछि सबैको जीवनस्तर एकै पार्छु' पौडेल यतिसम्म भन्दैछन्, 'चियाक्षेत्रमा विद्यमान सबै समस्या अन्त्य हुनेछन् र मेरो क्षेत्र देशकैं नमूना पर्यटकीय केन्द्र बन्नेछ ।' पौडेल र कर्माचार्य दुबै पहिलोपल्ट चुनाव लड्दै गरेका हुन् । आफू जित्न विपक्षीको आलोचना मात्रै गर्ने होइन वैयक्तिक कुरा खोतल्नेसम्मका फोहोरी खेलमा नया" पुस्ताका उम्मेदवार कम छैनन् । २०४८ यता सम्पन्न चार निर्वाचनमा जिल्लाबाट विजय हासिल गर्नेमध्ये मुख्य गरी झलनाथ खनाल र सुवास नेम्वाङको आवश्यकताभन्दा बढी आलोचना गर्दै आफूलाई 'इमान्दार, विश्वसनीय र विकासशील' सावित गर्न महत्वकांक्षी आश्वासन बा"ड्ने अघोषित होडमा थुप्रै नया" उम्मेदवार सामेल छन् । 'राजनीतिमा कसैले यस्तो झूठ हुनुहु"दैन' नागरिक अगुवा धर्म गौतमको ठम्याई छ, 'अरुले नगरेका काम गछौं भनेर नया"ले पनि झन् ठूला सपना देखाउन मिल्दैन ।'
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस