काठमाडौं– नेपाली कांग्रेसले मंगलबार सम्पन्न संविधानसभा निर्वाचनबाट मुलुकमा लोकतान्त्रिक संविधान बनाउन बाटो खुल्ने विश्वास व्यक्त गरेको छ। सभापति सुशील कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र एवं समावेशीतालाई संस्थागत गर्ने दाबी गरेका छन्। 'संविधानसभाबाट मुलुकमा बहुलवादसहितको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श स्थापित गर्ने संविधान निर्माण गर्न र शान्ति, स्थायित्व कायम गर्दै राष्ट्र निर्माण, जनचाहना र आकांक्षा पूरा गर्न कांग्रेस प्रतिबद्धता व्यक्त गर्दछ,' कोइरालाको विज्ञप्तिमा छ।
कोइरालाले संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याएकोमा सबैमा आभार व्यक्त गरेका छन्। '२०६४ मा सम्पन्न संविधानसभाले संविधान दिन नसकी राजनीतिक प्रक्रिया अवरुद्ध हुन पुगेको अवस्थामा गरिएको दोस्रो संविधानसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी भई अमूल्य मत दिएकोमा आममतदातालाई धन्यवाद ज्ञापन गर्दछु,' कोइरालाद्वारा जारी विज्ञप्तिमा छ।
लोकतन्त्रको आधारस्तम्भ नै निर्वाचन भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'यो निर्वाचनले मुलुकलाई राजनीतिक दिशा र गति दिनेछ भन्ने विश्वास हामीले लिएका छौं।'