ललितपुर–पुस ११ गते दिउस २ जना युवती इमाडोल गाविस–५ मा स्कुटीमा आए। उनीहरु सोहन थापाको घर नजिकै रोकिए र सरासर घरको दोस्रो तलामा गए।केही समयपछि उनीहरु हतार हतार घर बाहिर आउँदैगर्दा बाटैमा थापाकी छोरी सिमरनसँग भेट भयो। उनीहरुले सिमरनलाई आमालाई बोलाउन पठाए। आमालाई बोलाएर सिमरन फर्कदा ती युवती थिएनन्।
घरको कोठामा छिर्दा थापा परिवार झसङ्ग भयो। दराज फोडिएका थिए, सुनका १२ प्रकारका गहना नदेखिएपछि बाटोमा जम्का भेट भएका २ युवती चोर भएको खुल्यो। थापा परिवारले महानगरीय प्रहरी परिसर ललितपुरमा जाहेरी दिएपछि अनुसन्धान शुरु भयो।
सिमरनले बताएको हुलियाले सोही घरमा भाडामा बस्ने निमा तामाङ र सरिता थापामगर शंकास्पद देखिए। प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो। प्रहरीले सिमरनको बयानको आधारमा बाटोमा जम्काभेट भएका युवतीको स्केच बनाएर अनुसन्धान अगाडि बढायो।
थापाले दिएको हुलियासँग मिल्ने युवती निमाको कोठामा एक युवती आउने जाने गरेको सूचनाको आधारमा प्रहरीले तामाङको मिल्ने साथी सिमा भन्ने शर्मिला राईलाई बोलाउँदा उनको मुहार र स्केचको युवतीको मुहार मिलेपछि प्रहरीले पक्राउ गरेको थियो।
ललितपुर परिसरका अनुसार उनको फोटो देखाएर सनाखत गराउँदा सिमरनले आफुलाई आमा बोलाउन लगाउने युवती उही भएको पुष्टी गरेपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार शर्मिलाको डेरामा छापा मार्दा चोरी भएको गहना राईको डेराकोठा बाहिर फोहोर फाल्ने ठाउँमा फेला परेको थियो । ललितपुर प्रहरीले उनको साथवाट सुनको चुरा,सुनको बेरुवा औंठी,असर्फी, सुनको नेकलेस,सुनको झुम्का,रुबीको सेट,मुगा राखेको सुनको औंठी, सुनको बाघ मुखे कल्ली फेला पारेको जनाएको छ।
अनुसन्धानको क्रममा उनीहरुले ३ महिना अगाडिवाट चोरीको योजना बनाएको खुलेको थियो। घरबारे डेरामा बस्ने निमाले सूचना संकलन गरी शर्मिलालाई दिएको र सोही सूचनाको आधारमा घरमा अन्य ब्यक्ति नभएको मौका पारेर चोरी गर्ने योजना बनेको खुलेको छ।
स्कुटीमा जाँदा कसैले शंका नगर्ने र भाग्न पनि सजिलो हुने भएकाले उनीहरुले चोरी गर्न स्कुटरको प्रयोग गर्ने गरेको र अन्य घटनामा समेत उनीहरु संलग्न हुनसक्ने प्रहरीको अनुमान छ।