काठमाडौं-लागूऔषध कारोबारमा छ वर्ष जेलसजाय काटेर बाहिरिएका उदयपुरका सूर्यबहादुर थापा पुस ३० मा फेरि उही अभियोगमा पक्राउ परे।
पहिले ७५ हजार एम्पुल डाइजेपाम र बु्रपिनर्फिन (नियन्त्रित लागूऔषध) सहित समातिएर सजाय काटेका उनलाई लागूऔषध नियन्त्रण ब्युरो टोलीले सामाखुसीचोकबाट नियन्त्रणमा लिँदा यसपटक पनि साथमा १८ सय बु्रपिनर्फिन र उत्तिकै संख्यामा डाइजेपाम भेटियो।
ब्युरोको रेकर्डअनुसार भारत रक्सौलबाट कारोबारमा सक्रिय उनी २०६४ जेठ २४ मा पक्राउ परेका थिए। अनुसन्धानमा खुल्यो– उनी त काठमाडौं उपत्यका र पोखराका थोकबिक्रेता नै रहेछन्। मुख्य कारोबारीको अभियोग लगाउँदै उनीविरुद्ध मुद्दा चलाइएपछि काठमाडौं जिल्ला अदालतले ६ वर्ष कैद र ८ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको थियो। सजाय भुक्तान गरेर जेलबाट निस्केको केही महिनामै उनी फेरि उही कारोबार गरिरहेको अवस्थामा पक्राउ परे।
लागूऔषध कारोबारमा जेल पर्दै, छुट्दै, फेरि उही कारोबारमा संलग्न सक्रिय अर्का कारोबारी हुन्– वीरेन्द्रकुमार क्षेत्री। रुपेश, शेखर, राजा, राजु, निर्मलजस्ता उपनाम राखेर उनी १२ वर्षदेखि नियन्त्रित लागूऔषध तस्करीमा सक्रिय छन्।
२०६२ साउनमा पहिलोपटक पक्राउ परेका क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतले २ वर्ष कैद र एक लाख जरिवाना तोक्यो। २०६४ मा सजाय कटाएर जेलमुक्त भएका उनी २०७० भदौ ५ मा फेरि पक्राउ परे।
पछि, खुल्यो– यसबीच उनले आफ्नो कारोबारको सन्जाल ठूलै बनाइसकेका रहेछन्।
त्यसका लागि उनले जेलबाट छुटेको एक वर्ष पूरै केन्द्रीय, डिल्लीबजार र नख्खु कारागारमा सजाय काटिरहेका लागूऔषध कारोबारीसँग भेटेर सन्जाल बढाएको अनुसन्धानमा भेटियो। कतिसम्म कारोबार फैलाएछन् भने पक्राउ पर्नुअघि नेपालमा नियन्त्रित लागूऔषध कारोबारको ६५ प्रतिशत त उनी एक्लैले ओगटिसकेका रहेछन्।
नियन्त्रित लागूऔषध कारोबारमा जतिपटक पक्राउ परे पनि नसुधि्रने अर्का कारोबारीको त परिवारै यही धन्दामा संलग्न छ। उनी हुन्– काभ्रेका गम्भीरलाल श्रेष्ठ। जडीबुटी बस्दै आएका श्रेष्ठका छोरीहरु उर्मिला र सीता उनकै समूहका सक्रिय सदस्य हुन्।
कारोबारमा कहलिएका यी बाबुछोरीलाई ब्युरोले १५ वर्षयता पटकपटक पक्राउ गरिसकेको छ। जेलसजाय काटेर निस्किएलगत्तै उनीहरु पनि पुरानै धन्दामा फर्किहाल्छन्।
गम्भीरलाल अहिलेसम्म आधा दर्जनभन्दा बढीपटक पक्राउ परिसकेका छन्। १८–१८ हजार एम्पुल डाइजेपाम र बुप्रिनर्फिनसहित जेठ ३० गते पक्राउ परेका छोरीहरु पनि जेलबाट छुटेको तीन महिनामै एक हजार ४ सय एम्पुल बुप्रिनर्फिन र डाइजेपामसहित फेरि पक्राउ परेका थिए। अदालतले मागेको ३० हजार धरौटी बुझाएर साउन १६ गते मुक्त भएका उनीहरु कात्तिकमा फेरि समातिएका थिए।
नियन्त्रित लागूऔषधसँगै हेरोइन कारोबारमा समेत सक्रिय अर्का कारोबारी हुन्– पर्साका रामबालक मुखिया। सन् २००३ मा भारतमै हेरोइनसहित पक्राउ परेर जेल पुगेका उनी २०६५ मा नेपालमा पक्राउ परे। २०६८ सम्म जेलमा रहेका उनी भदौ २१ मा २ सय ग्राम खैरो हेरोइनसहित काठमाडौंमा समातिएका थिए।
लागूऔषध नियन्त्रण ऐनमा 'मनोपदिक' औषधिको खरिदबिक्रीमा संलग्नलाई दुई वर्षदेखि १० वर्षसम्म कैद वा २ लाखदेखि २० लाखसम्म जरिवाना हुने व्यवस्था छ। हेरोइन र चरेसमा हुने कानुनी सजाय र जरिवाना यसभन्दा बलियो छ।
अनुसन्धानका लागि अन्य अपराधमा २४ दिनको मात्रै समय तोकिए पनि लागूऔषध अनुसन्धानमा भने ३ महिना समय तोकिए पनि पटके कारोबारी बढ्ने क्रम रोकिएको छैन।
किन सुध्रँदैनन् कारोबारी?
सञ्जालबाट बाहिरिएर नयाँ क्षेत्रमा जाँदा बद्नामीका कारण आउने समस्यादेखि उनीहरु डराउँछन्। अर्काेतिर, थोरै लगानीमा धेरै आम्दानी हुने पुरानो क्षेत्रमा फर्कन उनीहरुलाई सजिलो हुन्छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार कानुनी र व्यावहारिक जटिलताका कारण अधिकांश कारोबारी जेलबाट छुटेर पुरानै धन्दामा फर्कन्छन्।
कारोबारी नसुध्रनुमा कानुनी दण्डप्रणाली र कारागार व्यवस्थापनको कमजोरीलाई समेत थप कारण मान्छन्, लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी रणबहादुर चन्द।
'कारागारमा रहेकालाई उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन, समाजसँग घुलमिल गराई अपराधप्रति घृणा जगाउने किसिमको मनोपरामर्श दिइँदैन,' चन्दले नागरिकसँग भने, 'वैकल्पिक पेसाबारे बुझाई आत्मबल बढाउने किसिमको सुधारोन्मुख दण्डप्रणाली नहुनुले पनि अपराधी पुरानै बाटोमा फर्कन्छन्।'
जेलमा रहेकाको नियमित निगरानी राख्ने, पुरानो सञ्जालबाट सर्म्पकविच्छेद गराउने, गतिविधि विश्लेषण गरेर आवश्यक परामर्श दिनेजस्ता व्यवस्थापकीय पक्षमा ध्यान दिइए पनि संगठित रुपमा हुने लागूऔषध कारोबारमा लागेकाहरु सुध्रनसक्ने उनको विश्लेषण छ।
'थोरै लगानीमा मनग्गे आम्दानी हुने, ठूलो नेटवर्कमा फसेकाहरु हत्तपत्त सुधि्रन सक्दैनन्,' चन्द भन्छन्, 'ठूला कारोबारी जेल पुगे पनि बाहिरको उसको सञ्जाल सक्रिय नै रहन्छ र सजाय कटाएर आएपछि सहजै सञ्जालसँग जोडिन्छ।'
हेरोइन, चरेसजस्ता प्रतिबन्धित लागूऔषध कारोबारीविरुद्धको कानुनी कारबाही दहि्रलो भए पनि नियन्त्रित (चिकित्सकको सिफारिसबिना प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि) लागूऔषध कारोबारीविरुद्धको कानुनी प्रावधानमा खुकुलोपनले पनि कारोबारी हतोत्साही हुन नसकेको चन्दले नागरिकसँग बताए।