काठमाडौं, असोज २७ (नागरिक)- एएफसी च्यालेन्ज कप २०१० को छनोटअन्तर्गत किर्गिस्तानविरुद्धको खेलमा दर्शकले मैदानमा बोटल र ढुंगा प्रहार गरेका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको छ।
एएफसीको अनुशासन समितिको सेप्टेम्बर २९ को बैठकबाट एन्फाविरुद्ध उक्त सजायको निर्णय गरेको एएफसीको आधिकारिक वेबसाइटले सोमबार जनाएको छ। मार्च २८ मा दशरथ रंगशालामा सम्पन्न सो छनोट खेलमा नेपाली दर्शकले प्यारापिटबाट मैदानमा पानीको बोटल र ढुंगा प्रहार गरेका थिए। एएफसीको अनुशासन नियमावलीअनुसार दर्शकले गरेका यस्ता हुल्याहा व्यवहारको जिम्मेवारी सम्बन्धित देशको राष्ट्रिय संघले लिनुपर्नेछ। 'खेलदौरान सबैखाले सुरक्षाप्रबन्ध मिलाउनु आयोजक संघको दायित्वभित्र पर्छ,' एएफसीको साइटमा उल्लेख गरिएको छ।
एन्फाले दशरथ रंगशालामा चालु एएफसी यु-१६ च्याम्पियन्सिप छनोटमा विशेष सुरक्षा व्यवस्था अपनाएको छ। यसअघि १९९९ मा हङकङमा सम्पन्न प्रिओलम्पिक छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाली दर्शकले मैदानमा गई उपद्रो गर्दा पनि एन्फाले जरिवाना तिरेको थियो। त्यस्तै २००० मा भियतनाममा एएफसी यु-१६ च्याम्पियनसिप खेल्न जाँदा पनि नेपालले अनुसासन कारवाही भोग्दै १० हजार डलर जरिवाना तिरेको थियो।
एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले संघलाई यस विषयमा कुनै जानकारी नभएको बताए। 'एन्फालाई यो विषयमा कुनै जानकारी आएको छैन। हामीलाई थाहा छैन,' उनले नागरिकसँग भने, 'सुरक्षाको जिम्मेवारी हाम्रो नै हो। हामीले हरेक प्रतियोगितामा विशेष सुरक्षाव्यवस्था अपनाउँदै आएका छौं। त्यतिखेर पनि हामीले दर्शकलाई विशेष अुनरोध गरेका थियौं र दर्शकले पनि हामीलाई साथ दिएका हुन्।'