काठमाडौं– कान्छिमाया कोजु र हरिकुमार रिमाल शनिबार आयोजित खुला दौड च्याम्पियन भएका छन्। नेपाल टेलिकम स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा आयोजित पुरुष १० किमि खुला दौड ३६ मिनेट २५ दशमलब २६ सेकेन्डमा पूरा गर्दै आर्मीका हरिकुमार पहिलो भए। दुई साताअघि काठमाडौंमा सम्पन्न ३९औं राष्ट्रिय एथलेटिक्समा हरिले ५ हजार मिटर दौडमा स्वर्ण जितेका थिए। दोस्रो हुने एपिएफका गोपीचन्द्र पार्कीले ३६ मिनेट २६ दशमलब ५७ सेकेन्डमा दौड पूरा गरे। ३६ मिनेट २८ दशमलब २४ सेकेन्ड लगाएका आर्मीका कल्याण बाँनिया तेस्रो भए। खुला दौडमा ३ सय ७५ जनाले भाग लिएका थिए।
दशरथ रंगशालाबाट सुरु दौड सुन्धारा, वीर अस्पताल, पानीपोखरी, बालुवाटार, घन्टाघर, सहिद गेट हुँदै पुनः रंगशालामा आएर सकिएको थियो।
एपिएफकी कान्छिमाया ५ किमि महिला खुला दौड २० मिनेट २७ दशमलब ४५ सेकेन्डमा पूरा गर्दै विजेता बनिन्।
दोस्रो भएकी एपिएफकै विन्द्रा श्रेष्ठले २१ मिनेट ४४ दशमलब ८८ सेकेन्ड लगाइन्। विजेश्वरी हाइस्कुलकी संगीता खड्का २१ मिनेट ५९ दशमलब ६८ सेकेन्डमा दौड पूरा गर्दा तेस्रो भइन्। यसमा ७५ जनाले प्रतिस्पर्धा गरेका थिए। महिला दौड रंगशालाबाट सुरु भई सुन्धारा, वीर अस्पताल, दरबारमार्ग, सहिद गेट हुँदै रंगशालामा आएर सकिएको थियो।
दुवैतर्फको विजेताले समान २५ हजार रुपैयाँ, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाउने छन्।
विजेतालाई टेलिकमले माघ २२ मा हुने वार्षिकोत्सव समारोहमा पुरस्कृत गर्ने भएको छ। शनिबार टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई, प्रबन्ध नायब निर्देशकद्वय जीवनरत्न शाक्य र राजेन्द्र नकर्मीले संयुक्त दौडको उद्घाटन गरे।