काठमाडौं- उपत्यकाका विभिन्न स्थानमा एक सातामा २४ लाख बराबरको धनमाल चोरी र लुटपाट भएको छ। प्रहरीको तथ्यांकअनुसार माघ १० देखि १७ सम्ममा एकै दिन १५ लाखसम्मका धनमाल चोरिएका छन्।
शुक्रबारमात्रै बाफलको कोहिनुर हाउजिङमा १३ लाख ५० हजार बराबरको धनमाल चोरी भएको छ। हाउजिङको घर नम्बर ५९ मा शुक्रबार चोरी भयो। प्रहरीका अनुसार घरमा कोही नभएका बेला २ वटा ल्यापटप र सुनका विभिन्न गहना गरी करिब १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।
निजी सुरक्षागार्डको २४ सै घन्टा निगरानी हुने स्थानमा भएको चोरीलाई प्रहरीले शंकास्पद रुपमा लिएको छ। शुक्रबार नै मैतीदेवीको शास्त्री गल्लीको एक घरबाट ३ लाख ८० हजारको धनमाल चोरिएको छ। कोठाको ताल्चा फोडेर ३५ हजार रुपैयाँ, सुनका विभिन्न गहना र मोबाइल चोरी भयो।
बिहीबार ३५ वर्षीया विष्णु राना मगरको सुन लुटियो। गौशाला चोकमा उभिरहेको अवस्थामा अपरिचित २ जनाले उनलाई नम्बर खुल्न नसकेको ट्याक्सीमा राखेर बेहोस हुने बिषादी सुँघाएर सुनको सिक्री, रिङ तथा औंठी गरी करिब १ लाख ७८ हजार बराबरको धनमाल लुटपाट गरे। उनलाई रणोदिप चोकनजिक छाडेर लुटेरा समूह भागेको थियो।
बिहीबारै पुरानो नैकाप बस्ने संगम गौतमको घरमा लुटपाट भएको थियो। धारिलो हतियारसहित आएका ४ जना नकाबधारीले घरको छतको ढोकाको ताल्चा फोडेर घरका सदस्यलाई नियन्त्रणमा लिई लुटपाट गरेका थिए।
प्रहरीका अनुसार उनीहरुले २५ हजार रुपैयाँ, सुनचाँदी गहना, मोबाइल समेत गरी करिब २ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल लुटेका थिए।
सोमबार लाजिम्पाट खुर्सानीटारमा पारु लामाको कोठामा चोरी भएको थियो। चोरले सुनका विभिन्न गहना, मोबाइल, डिजिटल क्यामरा र नगद ९ हजार ५ सय गरी करिब २ लाख ३ हजार बराबरको धनमाल लगेको थियो। यसैगरी, सोही दिन डल्लुमा गोपाल थापा मगरको कोठाबाट ३५ हजार रुपैयाँ र सुनको गहना गरी ८५ हजार बराबरको धनमाल चोरिएको थियो।