चर्चा विभूतिको फोरह्यान्डको
२४ माघ २०७०
•
६ मिनेट पाठ
चर्चा विभूतिको फोरह्यान्डको
विभूति कार्की १४ वर्ष ६ महिनामै राष्ट्रिय टेनिस प्रतियोगिता जितेर चर्चामा रहिन्। कम उमेरमा टेनिसको राष्ट्रिय प्रतियोगिता जित्ने महिला खेलाडी बन्नु उनी चर्चामा रहनुको कारण थियो। खेलकुद पृष्ठभूमिको उनको यो परिवारका लागि यो खासै ठूलो सफलता नहुन सक्छ।

सातदोबाटोस्थित टेनिस कोर्टमा नेपाल एपिएफ क्लबबाट खेल्दै विभूतिले कास्कीकी गंगा शर्मालाई ६–३, २–६, ६–१ ले पराजित गर्दै महिला एकलमा नयाँ विजेता बनेकी थिइन्। कम उमेरमा च्याम्पियन हुन पाउँदाको अनुभव निकै रोचक रहेको विभूति बताउँछिन्। 
असलेशा लिसानोभिच यसअघि कम उमेरमा महिला टेनिसकी राष्ट्रिय च्याम्पियन हुन्। २०६८ को छैटौं राष्ट्रिय खेलकुदमा असलेशा १५ वर्ष ११ महिनामा च्याम्पियन बनेकी थिइन्। तिनै असलेशासँग मिलेर विभूतिले महिलातर्फको डबल्स उपाधि जितिन्, जतिखेर विभूति १२ वर्षकी थिइन्। 
विभूतिकी बुबा सञ्जयध्वज फुटबल खेल्थे। उनले सन् १९८६ मा नेपाली यु–१६ बाट खेलेका थिए। आमा बिनिताले गण्डकी अञ्चलबाट भलिबलमा प्रतिनिधित्व गरेकी छन्। माबली हजुरआमा स्व. रेवा राणा टेबलटेनिसकी पूर्वराष्ट्रिय खेलाडी हुन्। विभूतिको दिदी साइशा र ८ वर्षे भाइ सत्या पनि टेनिस खेल्छन्। पारिवारिक खेलकुदीय वातावरणले पनि विभूतिलाई र्यािकेट समात्न सजिलो बनायो।
विभूति सेन्ट जेभियर्स स्कुलमा ९ मा पढ्छिन्। उनका बुबाका साथी भूअरुण मल्लले सेन्ट जेभियर्समा जुनियर टेनिसको कार्यक्रम ल्याए। 'मेरो साथीले ल्याएको कार्यक्रमले विभूतिको खेल्ने शैली धेरै राम्रो भएपछि हामीले अझ गहिरिएर छोरीलाई राम्रो प्रशिक्षक राखेर सिकाइरहेका छौं,' सञ्जयले भने। ४ वर्षअघि स्कुलमा आएको जुनियर टेनिस इनिसिएटिभ कार्यक्रममा उनले पूर्वच्याम्पियन प्रीति रिजालबाट खेल्न सिकिन्। त्यसको ५ महिनापछि विभूतिले जुनियर इभेन्टमा सहभागी हुँदै प्रतियोतिगाहरूमै सहभागिता जनाउन थालिन्। 
विभूतिलाई प्रशिक्षणका लागि बिहान र दिउँसो सातदोबाटो टेनिस कोर्टमा पुर्या उनु सञ्जयको दैनिकी हो। सञ्जयले नभ्याएको समयमा यो जिम्मा बिनिताको काँधमा आइपर्छ। बीचको समय विभूति स्कुलमा हुन्छिन्। बेलुकी घरको पढाइ। एक हिसाबले उनको दैनिकी दुई उत्कृष्ट टेनिस खेलाडीबीच बेसलाइनमा एकअर्काविरुद्ध गरेको प्रहार जस्तै छ। यताबाट उता, उताबाट यता। 
छोरीलाई पुर्यालउन जाने बहानामा सञ्जय आफै भेट्रान टेनिस खेलाडी बनिसकेका छन्।
विभूतिले सुरुमा नर्भस हुने भएर अभिभावकलाई टेनिस कोर्टमा आउनै दिँदैन थिइन्। 'सुरुमा केही उपाधि जितेपछि उसैले अभिभावक नभई खेल्नै मानिन्। अभिभावक नभई खेल्न गाह्रो हुने उनले बुझेको हुनुपर्छ,' सञ्जय भन्छन्। ४ वर्षअघि लिटिल एन्जल्स जुनियर टेनिस च्याम्पियसिपबाट कोर्टमा उत्रिएकी विभूतिले १८ उपाधि जितिसकेकी छन्। २०१२ मा उनले मनजयकर टेनिसको १२ वर्षमुनिको उपाधि जितिन्।
खुलातर्फ प्रथम लुम्बिनी राष्ट्रिय प्रतियोगिता नै पहिलो हो, जसले उनलाई कीर्तिमानी खेलाडीमा उभ्यायो। विभूतिले भनिन्, 'म राष्ट्रिय च्याम्पियन भएपछि परिवारमा निकै रमाइलो भयो। प्रशिक्षकले राम्रो गर्र्यौं , अझ उपाधि जित्नुपर्छ भन्नुभयो। स्कुलमा धेरैले बधाई दिए। सबै साथी खुसी भएका छन्।' अध्ययनका लागि असलेशा विदेश लागेकीले उनी नहुँदा पनि उपाधि जित्न सजिलो भएको विभूति स्वीकार्छिन्। 'अहिले मैले राम्रो खेलेको छु, असलेशा भएको भए पनि जित्थें होला।'
एपिएफमा आबद्ध भएपछि उनले पहिलो पटकमै उपाधि जितेकी हुन्। विभूतिको अबको लक्ष्य एसियन गेम्स छ, जुन यसै वर्ष दक्षिण कोरियाको इन्चेनमा हुँदैछ। अन्तर्राष्ट्रियमा उनले २०११ देखि उमेर समूहको आइटिएफ यु–१४ मा निरन्तर खेल्दै आएकी छन्। २०१२ मा दुईपल्ट इन्डियन सर्किटमा खेलिन्। २०१३ मा दिल्ली र बैंककमा गएर दुईपटक एसियन टेनिस महासंघको हाइपर्फमेन्स ट्रेनिङ लिइसकिन्। 
श्रीराम मगर र शरद लामाको प्रशिक्षणमा विभूतिले आफ्नो खेल निखारिरहेकी छन्। 'उमेरको हिसाबले उनको स्तर अहिलेसम्म निकै राम्रो छ। जुनियरमा उनको खेल अन्तर्राष्ट्रियस्तरको छ,' ३ वर्षदेखि विभूतिलाई प्रशिक्षण दिँदै आएका श्रीरामले भने, 'सिनियरमा विकास हुन अझै समय लाग्छ। जीउ त्यस्तो भए पनि उसले निकै मेहनत गर्छ। जीउमात्र मसिनो हो, ब्याकह्यान्ड, फोरह्यान्ड हामीले भन्दा कडा हान्छिन्।'
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस